२०८३ असोज १८ गते आईतबार

निर्यात बढाउन विशेष कार्यक्रम ल्याउँदै सरकार

 |  रेम बिक
Sanket

रेम बिक

काठमाडौँ, मङ्सिर १५
export_nepal

काठमाडौँ: नेपालमा उत्पादित वस्तु तथा सेवाको निर्यात बढाउने गरी सरकारले ‘निर्यात प्रोत्साहन कार्यक्रम’को तयारी गरेको छ। बजेटले उद्योग पूर्वाधार निर्माणको लागि भन्दै छुट्याएको अधिकांश हिस्सा स्वदेशी वस्तु तथा सेवा निर्यातलाई प्रवर्द्धन गर्ने गरी सरकारले बजेट विनियोजन गरेको छ।

निर्यात प्रोत्साहन कार्यक्रम’का लागि हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागलाई कार्यविधि निर्माणको लागि निर्देशन दिइसकेको छ। विभागले निर्यातलाई बढाउन कस्ता पूर्वाधारमा लगानी गर्न सकिन्छ? भन्ने विषय केन्द्रित रहेर हाल कार्यविधिको पहिलो मस्यौदा (ड्राफ्ट)मा काम गरिरहेको छ।

‘हामी प्रारम्भीक चरण (इनिसियल फेज)मा छौँ। कार्यविधि बनिसकेपछि निर्यात बढाउन उल्लेख्य काम गर्न सक्नेछौँ,’ उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालले नेपाल क्लिक्ससँग भने, ‘विदेशी लगानीलाई नेपालमा आकर्षित गर्ने र यहाँ उत्पादित वस्तु र सेवाको निर्यातदरलाई बढाउने नै यो कार्यक्रमको लक्ष्य हुनेछ।’

औद्योगिक पूर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयले बजेटमा विनियोजन गरेको एक अर्ब ५५ करोड रुपैयाँमध्ये ९० करोड रुपैयाँ यही कार्यक्रमको लागि भनेर छुट्याएको विभागले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो चौमासिकको तथ्यांकले नेपालबाट निर्यात बढेको देखिएपछि विभाग यो कार्यक्रमलाई लिएर अझै बढी हौसिएको छ।

‘पछिल्लो समय नेपालमा निर्यातको दर बढेको छ। त्यसो त आयातको दर पनि बढेकै छ। तैपनि हामी यो कार्यक्रमलाई लिएर अझैं सकारात्मक छौँ,’ उद्योग विभाग अन्तर्गत योजना, अनुगमन तथा मूल्यांकन शाखाका निर्देशक सुनिलकुमार यादवले भने, ‘त्यसैले नै पूर्वाधारको लागि आएको रकममध्ये ठूलो हिस्सा निर्यात प्रोत्साहन कार्यक्रमको लागि छुट्याइएको हो।’

यो कार्यविधिको ड्राफ्ट फाइनल भएसँगै मन्त्रालयले कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उनले बताए।

भन्सार विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा ७७.५१ प्रतिशतले वस्तु तथा सेवाको निर्यात बढेको छ। साउनदेखि कात्तिकसम्म आइपुग्दा ९३ अर्ब ४९ करोड रुपैयाँभन्दा बढिको वस्तु नेपालले निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले ५२ अर्ब ७७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो।

नेपालले भारत, अमेरिका, जर्मनी, बेलायत, चीन, टर्की, फ्रान्स, बंगलादेश, जापान, इटलीलगायत देशहरूमा बढी निर्यात गर्दै आएको छ। बिजुली, गलैंचा, धागो, फलाम र स्टीलका सामान, अलैंची, टेक्स्टाइल, जुस, पश्मिना सल, मसुरो दाल, जडिबुटी लगायत वस्तु तथा सेवाहरू नेपालले बढी निर्यात गर्ने गरेको छ।

प्रकाशित: २०८२ मङ्सिर १५ गते सोमबार ०५:५४
प्रतिक्रिया

थप समाचार

यसै वर्ष आर्थिक सुधारका २७ नयाँ कानुन ल्याउन सरकारको तयारी

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालू आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी...

नेप्से सुधारदेखि आईपीओ प्रणाली पुनरावलोकनसम्म, अर्थ समितिका ५ निर्देशन

काठमाडौँः नेपाली पुँजी बजारमा देखिँदै आएका कानुनी अस्पष्टता, प्रविधिगत कमजोरी र अस्वस्थ कारोबार नियन्त्रणका लागि प्रतिनिधिसभाको अर्थ समितिले सरकार तथा नियामक निकायलाई कडा निर्देशन दिएको...

भारतद्वारा जुट आयातमा एन्टी डम्पिङ शुल्क परिमार्जन

काठमाडौँ: भारत सरकारले नेपाल र बंगलादेशबाट जुट आयातमा एन्टी डम्पिङ शुल्क परिमार्जन गरेको छ। जसमा उत्पादन र उत्पादकको आधारमा विशिष्ट उत्पादकहरूका लागि शून्य शुल्क र बाँकीका लागि उच्च दर तोकिएको...

सेयर किन्न सजिलो, बेच्न झन्झट ! नयाँ नियमले बढायो झमेला

१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका ‘आधारभूत सेयरधनी’ले आफूले धारण गरेको सेयरको ५ प्रतिशतभन्दा बढी बिक्री गर्नुपरेमा कम्तीमा १५ दिन अगावै सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने व्यवस्था...

व्यवसायमा बाधा पुर्‍याउने कुन कानुन संशोधन गर्नुपर्छ? निजी क्षेत्रसँग सरकारले माग्यो सुझाव

काठमाडौँ: सरकारले उद्योग–व्यवसायमा बाधा पुर्‍याइरहेका कानुनी व्यवस्था पहिचान गरी सुधारका लागि निजी क्षेत्रसँग सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी क्षेत्रका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना