२०८३ असोज १८ गते आईतबार

राष्ट्र बैंकले सुरु गर्‍यो भर्चुअल मुद्रा माइनिङको तयारी, विभाग स्थापना गरेर थाल्यो अध्ययन

 |  रेम बिक
Sanket

रेम बिक

काठमाडौँ, मङ्सिर १७
digital_currency

काठमाडौँ: नेपाल राष्ट्र बैंकले भर्चुअल मुद्रा माइनिङको तयारी थालेको छ। हाल नेपालमा डिजिटल बैंकिङको अवधारणालाई मात्र प्रवर्द्धन  गरिरहेको राष्ट्र बैंकले अब भर्चुअल मुद्रालाई पनि चलनचल्तीमा ल्याउनेगरी अध्ययन थालेको हो।

नेपालको प्रणालीमा डिजिटल देखिने सबै रकम भौतिक रूपमा नै उत्पादन हुँदै आएको छ। भौतिक नगद बैंकमा जम्मा गरेपछि मात्रै त्यो रकम प्रणालीले डिजिटल स्वरूपमा देखाउँछ। यता, विद्युतीय भुक्तानी प्रणाली सुदृढ हुँदै गएको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको विद्यमान शाखा विस्तार नीति पुनरावलोकन गर्ने तयारी गरेको छ।

‘अहिले भौतिक मुद्राको कारोबार हुँदै आएको छ। तर, भर्चुअल मुद्रा भनेको भर्चुअल्ली नै उत्पादन हुने कुरा हो,’ राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले भने, ‘केन्द्रीय बैंकले यसको अध्ययन गरी काम अगाडि बढाउनको लागि विभाग नै स्थापना गरेको छ।’

राष्ट्र बैंकको आधिकारिक सर्भरबाट डिजिटल माइनिङ भएको मुद्रा बैंक तथा वित्तीय संस्थाहरूले पनि डिजिटल रूपमा सञ्चालन गर्न र सर्वसाधारणले पनि उपभोग गर्न सक्नेछन्। भर्चुअल मुद्राको प्रयोग हुन सके राष्ट्र बैंकसँगै अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई नगद मौज्दातका लागि ‘भल्ट’ को आवश्यकता नपर्ने पौडेलले बताए।

हाल बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक शाखामा भल्ट राख्दै आएका छन्। भल्ट राख्दा उनीहरूले त्यसबापत बीमा गर्नुपर्ने प्रवधान छ। बीमाबापत बैंक तथा वित्तीय संस्थाहरूले ठूलो रकम ‘प्रिमियम’बापत बीमा कम्पनीहरूलाई तिर्दै आएका छन्।

राष्ट्र बैंकले ५ देखि ७ वर्षको लागि एकैचोटी पैसा छपाइ गर्दै आएको छ। राष्ट्र बैंकका अनुसार हाल अर्थतन्त्रको हिसाब गर्दा ७ खर्ब रूपैयाँ भन्दा बढि नोट बजारमा चलनचल्तीमा छ। ‘भर्चुअल मुद्रा माइनिङको सम्बन्धमा पहिलो चरणको तयारी सुरु भए पनि हामीले नेपाली बजारमा एकैचोटी नोटलाई इन्कार गर्न सक्ने स्थिति छैन,’ पौडेलले भने, ‘त्यसैले समानान्तर रूपमा भौतिक र भर्चुअल मुद्रा चलनचल्तीमा आउनेछन्।’

राष्ट्र बैंकले भर्चुअल मुद्रालाई चलनचल्तीमा ल्याउन सके मुद्रा छपाइको लागि हुने खर्च पनि कटौती हुने बताएको छ। ‘सुरुवाती चरणमा भर्चुअल मुद्राको लागि आवश्यक पूर्वाधार व्यवस्थापनमा अलिक ठूलो खर्च चाहिँ हुन्छ। तर, कालान्तरमा भर्चुअल मुद्राको उपयोग बढ्दै जाँदा भौतिक मुद्रा छपाइमा हुने खर्चमा पनि कमी आउँछ,’ प्रवक्ता पौडेलले भने।

राष्ट्र बैंकले छपाइ गर्ने सिक्का र नोटका लागि सम्बन्धित मुद्राको ‘मूल्य’ भन्दा पनि बढी खर्च हुने गरेको छ। सिक्का छपाइ गर्दा विशेषगरी राष्ट्र बैंकले घाटा व्यहोर्दै आएको छ। पछिल्लो पटक मात्रै राष्ट्र बैंकले चीनको बेइजिङस्थित चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई एक हजार दरको ४३ हजार थान नोट छाप्न दिएको छ। उक्त नोट छाप्न राष्ट्र बैंकले २ अर्ब ४३ करोड रूपैैयाँ खर्च गर्दैछ।

भर्चुअल मुद्राको उत्पादन सम्बन्धमा हाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले अध्ययन थालेको छ। पहिलो चरणमा विभागले यस्तो मुद्रा प्रचलनमा ल्याएका विभिन्न देशका विज्ञहरूसँग राय लिइरहेको जानकारी दिएको छ। त्यस्तै नीतिगत रूपमा पनि भर्चुअल मुद्राको उत्पादनसम्बन्धमा स्पष्ट हुनुपर्ने भएकोले त्यसमा पनि काम भैरहेको राष्ट्र बैंकले जनाएको छ।

‘विशेषगरी यस्तो मुद्रा प्रचलनमा ल्याउन ‘सेक्युरिटी फिचर’ र ‘सर्भर’मा काम गर्नुपर्ने हुन्छ,’ प्रवक्ता पौडेलले भने, ‘त्यस्तै भर्चुअल मुद्राको सुरक्षण र सीमा के कस्तो हुने भन्ने विषयमा पनि स्पष्ट हुन जरुरी हुन्छ।’

नेपाली बैंक नोटको छपाइ चीन र पोल्याण्डमा हुँदै आएको छ। यसअघि नेपालमै नोट छाप्दै आएको राष्ट्र बैंकको टक्सार विभागले अहिले असर्फी, स्मारिका सिक्का र पदकहरू मात्रै बनाउँछ। राष्ट्र बैंकले मुद्रा छपाउँदा त्यसका लागि आवश्यक धरौटी राख्नुपर्ने प्रावधान छ। सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र, सिक्का र सरकारको ऋणपत्र धरौटीको रूपमा राखेर मात्र मुद्रा राष्ट्र बैंकले छाप्न पाउँछ।

सरकारी तबरबाटै पहिलोपटक भर्चुअल मुद्रालाई प्रचलनमा ल्याउने मुलुक सिंगापुर र फ्रान्स हुन्। हाल अन्य मुलुकका केन्द्रीय बैंकहरूले पनि यस्तो मुद्रालाई भौतिक मुद्रासँग समानान्तर रूपमा प्रचलनमा ल्याउन थालेका छन्। अष्ट्रेलिया, थाइल्याण्ड, ब्राजिल, रुस, दक्षिण कोरियासँगै नेपालको छिमेकी मुलुक भारतले पनि भर्चुअल मुद्रालाई केन्द्रीय बैंकमार्फत ‘माइनिङ’ गर्न सुरु गरिसकेका छन्।

क्रिप्टोको विकल्प हुनेछ भर्चुअल मुद्रा
विश्वबजारमा चल्तीमा रहेको क्रिप्टो करेन्सी नेपालमा अवैध छ। यद्यपि, नेपालबाट यस्तो करेन्सीको कारोबार हुँदै आएको छ। पछिल्लो पटक मात्रै प्रहरीले नेपालबाट ७४ लाख ५२ हजार बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै प्रहरीले दुई युवालाई पक्राऊ गरेको छ। अन्तर्राष्ट्रिय बजारमा क्रिप्टोको मूल्य एक लाख डलरसम्म पुगेको छ।

भर्चुअल मुद्रा क्रिप्टोको विकल्प हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। यद्यपि विभिन्न खालका क्रिप्टो करेन्सीहरू निजी क्षेत्रको उत्पादन भएकोले त्यसमा सरकारी नियन्त्रण हुदैन। राष्ट्र बैंकले उत्पादन गर्ने भर्चुअल मुद्रा भने शतप्रतिशत सरकारी नियन्त्रणमा हुनेछ।

त्यस्तै अन्तर्राष्ट्रिय बजारमा क्रिप्टोको दर अनियन्त्रित रूपमा घट्ने र बढ्ने हुन्छ। तर राष्ट्र बैंकले उत्पादन गर्ने भर्चुअल मुद्राको दर भने स्थिर हुनेछ। नेपालमा मुद्राको प्रकाशन, उत्पादन, वितरण र नियमनमा राष्ट्र बैंकको एकाधिकार छ।

चालू आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वित्तीय पहुँच विस्तार गर्न ‘नियो बैंक’ स्थापनाका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने योजना राष्ट्र बैंकको छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिमा नियो बैंक स्थापना गर्ने उल्लेख छ।

प्रकाशित: २०८२ मङ्सिर १७ गते बुधबार ११:२०
प्रतिक्रिया

थप समाचार

एक रूपैयाँका ४० करोड थान सिक्का छाप्दै राष्ट्र बैंक

काठमाडौँः नेपाल राष्ट्र बैंकले एक रुपैयाँ दरका ४० करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सिक्काको डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि राष्ट्र बैंकले प्रक्रिया अघि...

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट...

शुक्रबार १८ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँः बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन...

एक दर्जन बैंकले सेयरधनीलाई दसैंअघि लाभांश दिने

केही वाणिज्य बैंक र विकास बैंकले लाभांश घोषणा गरिसकेका छन्। केही बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभाको मिति समेत तय गरेका छन्। लाभांश घोषणा गर्ने बैंकहरूको संख्या बढ्दै जाँदा सेयरधनीले...

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ: सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहिवार अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यसअनुसार...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना