काठमाडौं। लिखु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाले गत आर्थिक वर्ष २०८२/०८३ मा १६ करोड ८० लाख कारोबार गरि १ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ। संस्थाले गत आर्थिक वर्ष राज्यलाई ९ लाख ७ हजार रुपैयाँ राजश्वमा योगदान दिएको छ।
संस्थाले कारोबारलाई बढाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने र आगामी दिनहरुमा अत्याधुनिक प्रविधिको प्रयोगमा जोड दिदै नयाँ प्रविधिको लागि लागत कम गरी उपयोग गर्ने सेयर सदस्यको लागि विशेष योजना ल्याई काम गर्ने संस्थाका अध्यक्ष श्यामप्रसाद पौडेलले बताए।
साधारणसभा बुढानिलकण्ठ नगरपालिका वडान नं १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। संस्थाले गरेका सकारात्मक कामको वडाध्यक्ष भट्टराई प्रशंसा गरी स्थानीय तहले पुर्ण सहयोग गर्नेसमेत बतएका छन्।
संस्थाका कार्यकारी प्रमुख कल्याण पौडेलले सभामा प्रस्तुत सबै प्रतिवेदन उपस्थित सदस्यबाट पारित भएको जानकारी दिए।
