२०८३ मङ्सिर ६ गते आईतबार

एन्भिडिआका सीईओ जेन्सन वाङ प्रकरणले सिङ्गापुरलाई समस्यामा पार्दै छ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २८
images (16)

बीबीसी। विश्वको ठूलो प्रविधि कम्पनी एन्भिडिआका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन वाङ र एक जना सन्दिग्ध चिनियाँ जासुसबीचको सम्बन्धले विश्वव्यापी चिप केन्द्रको सफल पहिचान कायम गरेको सिङ्गापुरमाथि अवैध कारोबार हुने कथित स्थानको रूपमा ध्यान तानेको छ।

बिहीबार ती महिलासँग प्रेम सम्बन्ध रहेको स्वीकार गर्दै वाङले उक्त अग्रणी अमेरिकी चिप कम्पनीबाट राजीनामा दिएका थिए।

उनको सम्बन्ध एलिस वाङसँग थियो जसले सिङ्गापुरको डेटा सेन्टर कम्पनी मेगास्पिड चलाउँथिन्। उक्त कम्पनी एन्भिडिआले उत्पादन गर्ने चिपको मुख्य खरिदकर्ता थियो।

दशकौँदेखि सिङ्गापुरले अमेरिकी र चिनियाँ बजारमा खुला, व्यापार र अर्थतन्त्रमैत्री पहुँच सहजै उपलब्ध गराउने राष्ट्रका रूपमा आफ्नो प्रतिष्ठा सावधानीपूर्वक कायम राख्दै आएको छ।

आर्टिफिसिल इन्टेलिजेन्स (एआई) मा देखिएको व्यापक विस्तारसँगै हालैका वर्षहरूमा सिङ्गापुर उच्च गुणस्तरको सेमिकन्डक्टर चिपको व्यापारको प्रमुख केन्द्र बनेको छ।

सिङ्गापुरबाट एन्भिडिआले आफूले गर्ने कूल आम्दानीको पाँच भागको एक भाग आम्दानी अघिल्लो वर्ष गरेको थियो।

विश्वकै दोस्रो ठूलो बिलिङ केन्द्र सिङ्गापुर बनेको भएपनि आम्दानीको एक प्रतिशतभन्दा कम रकमले मात्रै त्यहाँ प्रवेश पाएका थियो। उक्त टापु राष्ट्रलाई कैयौँ एशियाली कम्पनीहरूले खरिदका लागि अर्डर गर्ने र अन्यत्र पठाउने केन्द्रका रूपमा प्रयोग गर्दै आएका छन्।

पछिल्लो प्रकरणले उठाएका प्रश्न

सन् २०२२ मा अमेरिकाले चीनमा अत्याधुनिक अमेरिकी सेमिकन्डक्टरहरूको आपूर्ति वा चिनियाँ कम्पनीलाई त्यसमा रोक लगाएसँगै अमेरिकी अधिकारीहरूले सिङ्गापुर जस्ता अन्य देशहरूलाई चिनियाँ कम्पनीहरूले चिपमाथि पहुँच हासिल गर्ने माध्यम बनाउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए। मेगास्पिड त्यसको एउटा उदाहरण हो।

उक्त कम्पनी दक्षिण पूर्वी एशियामा एन्भिडिआका चिपहरूको सबैभन्दा ठूलो खरिदकर्ता थियो र उसमाथि पर्दापछाडिबाट मलेशिया, इन्डोनेशिया र थाइल्यान्डमा रहेका आफ्ना डेटा सेन्टरहरूमार्फत चिनियाँ कम्पनीहरूलाई ती चिपमाथि पहुँच दिएको शंका गरिएको थियो।

सिङ्गापुरले विदेशमा रहेका कम्पनीहरूमा अत्याधुनिक एआई चिप्सहरू स्थानान्तरण गर्न प्रतिबन्ध लगाउँदैन तर त्यस्तो कदमले आपूर्तिमाथिको अमेरिकी नियन्त्रणलाई भने उलंघन गर्नसक्छ।

सिङ्गापुरले आफूले एकपक्षीय रूपमा अन्य देशहरूले लागु गरेका आपूर्ति नियन्त्रणहरूलाईु कार्यान्वयन नगर्ने भन्दै आफ्नो क्षेत्राधिकारमा रहेका सबै कम्पनीहरूले त्यस्तो नियमनलाई सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ।

यस्तो व्यवस्थाको कार्यान्वयनमा पनि उसले केही सफलता हासिल गरेको थियो। चिनियाँ एआई कम्पनी डिपसीकले एन्भिडिआका चिपहरू सिङ्गापुर र अन्यत्रका तेस्रो पक्षबाट खरिद गरेको भन्ने अमेरिकी चासोपछि उसले चार कम्पनी र पाँच व्यक्तिहरूमाथि जालसाजीसहितका अभियोगमा मुद्दा दायर गरेको छ।

उनीहरूले मेगास्पिडमाथि पनि छानबिन गर्ने प्रयास गरेका थिए। तर, कैयौँ अप्ठ्याराहरू सामना गर्नुपरेको उनीहरूले बताएका थिए।

बिहीबार सार्वजनिक गरिएको एउटा विज्ञप्तिमा सरकारले सन् २०२५ यता आफूहरूले मेगास्पिड र अन्य फर्महरूले खरिद गरेर सिङ्गापुरबाट विक्री गरिएका डेटा सर्भरहरूबारे गलत घोषणा गरे नगरेकोबारे जाँच गरिरहेको जनाएको थियो।

कम्पनीहरूले ती सामाग्रीहरू छिमेकी मलेशियामा पुग्ने गरेका बताए पनि सिङ्गापुरका अधिकारीहरूले ती उपकरणका अन्तिम गन्तव्य अन्यत्र रहेको हुनसक्ने आशङ्का गरेका छन्।

सिङ्गापुरले आफूले कैयौँ पटक छानबिनमा परेको एउटा अमेरिकामा मुख्यालय रहेको एउटा कम्पनीबारे अमेरिकी अधिकारीहरूसँग सूचना माग गरेको पनि जनाएको छ। सुपरमाइक्रो नामक उक्त कम्पनीले मेगास्पिडलाई कम्प्यूटर सर्भरहरू आपूर्ति गर्ने गरेको बीबीसीले थाहा पाएको छ।

तर बारम्बारको अनुरोधका बाबजुद सिङ्गापुरले हालसम्म सीमित जानकारी वा सहयोग मात्रै प्राप्त गरेको उसले विज्ञप्तिमा भनेको छ। बीबीसीले यसबारे अमेरिकी विदेश मन्त्रालयको प्रतिक्रिया माग गरेको छ।

सिङ्गापुरका अधिकारीहरूले आफूहरूले एलिस वाङमाथि पनि छानबिन गरेको उल्लेख गरेका छन्। जासुसीमा संलग्न भएको आरोपमा नभएर मेगास्पिडमा आशंका गरिएको किर्ते गतिविधिमा कुनै सम्भावित भूमिकाका लागि जाँच गरिएको अधिकारीहरूले उल्लेख गरेका छन्।

अन्त्यमा उनीहरूले त्यस्तो कसुरको अपर्याप्त प्रमाणु फेला परेको र कैयौँ महिना रोक्का गरिएको राहदानी फुकुवा गरेर उनलाई यसै वर्षको फेब्रुअरीमा सिङ्गापुर छाड्न दिइएको जनाएका छन्।

अनुसन्धान थालेको करिब दुई वर्ष यता सिङ्गापुरले मेगास्पिड वा यो घटनासँग जोडिएको कुनै पनि कम्पनी वा व्यक्तिविरुद्ध कुनै अभियोग दर्ता गराएको छैन।

सिङ्गापुर र अमेरिकाले मेगास्पिडमाथि अझै अनुसन्धान गरिरहेका छन्।

सन् २०२४ मा अमेरिकी अधिकारीहरूले मेगास्पिडको स्वामित्वमा रहेको मलेशियास्थित डेटा सेन्टरको भ्रमण गरेका थिए र उनीहरूले त्यहाँ बाकसमा एन्भिडिआका उपकरणहरू देखेका थिए। त्यसबेला मेगास्पिडले अन्यत्रबाट उच्च क्षमताका चिप्स आपूर्ति गरिरहेको चिन्ता व्यक्त गरिएका न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा उल्लेख छ।

अघिल्लो वर्ष मेगास्पिडले एन्भिडिआले गणना गरेको भन्दा ५० हजार थान बढी चिप्स आपूर्ति गरेको जस्तो देखिएको ब्लुम्बर्गमा प्रकाशित विवरणमा उल्लेख छ। एन्भिडिआले थप गोदामहरूको भ्रमण गरेपछि आफ्नो तथ्यांक सच्याएको थियो।

मेगास्पिडले आफूले सदैव कानुनी हिसाबले काम गरेको र विगतमा अधिकारीहरूले गरेका अनुगमनमा गैरकानुनी गतिविधिका कुनै पनि प्रमाण फेला नपरेको उल्लेख गरेको छ।

बिहीवार उक्त कम्पनीले आफूले सरकारको उपयुक्त जाँचको स्वागत गर्नेु भन्दै अमेरिकी सरकारसँग ुरचनात्मक र पारदर्शी ढङ्गले काम गर्न तयार रहेको पनि जनाएको छ।

चीनले आफ्ना कम्पनी र निकायहरूले गैरकानुनी ढङ्गले उच्च गुणस्तरका अमेरिकी चिपहरू हासिल गरेको आरोप लामो समयदेखि अस्वीकार गर्दै आएको छ।

राजिनामा दिदाँ जेन्सन वाङको अनुहारमा चिन्ता देखिएको थियो। वाङले बिहीबार एउटा बोर्ड बैठकपछि राजिनामा दिएका छन्।
मेगास्पिड र एलिस वाङ कसरी सिङ्गापुर आए भन्ने विषयले उक्त देशको खुलापनका कारण निम्तिएका अन्य कमजोरीहरूलाई उजागर गर्छ।

हालैका वर्षहरूमा सिङ्गापुर चिनियाँ कम्पनीहरूका लागि एउटा मुख्य गन्तव्य हो र टिकटक अनि मानुस जस्ता प्रविधि फर्महरूको विश्वव्यापी मुख्यालय सिङ्गापुरमा नै छ। सहज व्यवसाय गर्ने परिस्थिति बाहेक सिङ्गापुरको जनसङ्ख्या जातीय हिसाबले सर्वाधिक चिनियाँ रहेको छ र अधिकांशले चीनलाई सकारात्मक रूपमा लिन्छन्।

कुनै पनि चिनियाँ फर्मलाई सिङ्गापुरले मूलभूमि नजिकैको आधारस्थल प्रदान गर्छ। र त्यो तटस्थ ठेगानाुलाई विश्वभरका उपभोक्ता र लगानीकर्ताले स्वीकार गरेका न्यूयोर्क विश्वविद्यालयका एड्जङ्क्ट प्राध्यापक विन्स्टन मा बताउँछन्।

तर, आलोचकहरूले यसले ुसिङ्गापुर वासिङ भन्ने प्रवृत्तिलाई बढावा दिएको ठान्छन्। त्यसको अर्थ चिनियाँ कम्पनीहरूले उक्त राज्यको स्वच्छ छविलाई आफ्नो वास्तविक उत्पत्ति ओझेलमा पार्न, आशंका कम गर्न र शंकास्पद गतिविधिलाई ढाक्नसमेत प्रयोग गर्ने गरेको ठानिन्छ।

वासिङ्टनमा आधारित सुरक्षा विश्लेषण समूह सीफोरएडीएसले बीबीसीलाई आफूहरूले एलिस वाङले स्थापना गरेको मेगास्पिडलाई एउटा त्यस्तै संस्थाका रूपमा लिएको उल्लेख गरेको छ।

चीन, हङकङ र सिङ्गापुरका कर्पोरेट अभिलेखहरूको बीबीसीले गरेको अध्ययनले सन् २०१९ मा वाङले एउटा गेमिङ कम्पनी र त्यसको सहायक कम्पनीहरू चिनियाँ गेमिङ फर्म सेभेनरोडलाई बिक्री गरेको देखाउँछ।

सन् २०२३ को मार्चमा सेभेनरोडको एउटा सहायक कम्पनीले वाङलाई आफ्नो कार्यकारी निर्देशकमा नियुक्त गर्छ। त्यसको भोलिपल्टै उक्त कम्पनीको नाम मेगास्पिडमा परिणत भएको देख्न सकिन्छ।

एकजना सिङ्गापुरका पुरुषलाई कम्पनी हस्तान्तरण गर्नुअघि ८ महिनासम्म उनले नै उक्त संस्थाको नेतृत्व गरेकी थिइन्।

त्यो अवधिमा मेगास्पिडमा ुसंवेदनशील कर्पोरेट पुनर्संरचना र क्षेत्रीय विस्तारु गरिएको र उनको कर्पोरेट सम्बन्धले मेगास्पिडको सिङ्गापुरको पहिचान वास्तविक रहेको वा त्यो व्यवहारिक रूपमा चिनियाँ नियन्त्रणमा नै रहेको भन्नेबारे प्रश्न खडा गरेको सीफोरएडीएसले जनाएको छ।

सीफोरएडीएसको विश्लेषण अनुसार मेगास्पिडमा जिम्मेवारी हस्तान्तरण गरिसकेपछि पनि उनले नै ुव्यवहारिक रूपमा नियन्त्रण गरिरहेकी थिइन्।

मेगास्पिडका माध्यमबाट अर्को कम्पनीसँगको उनको सम्बन्ध र लिन्ङ्क्डइन पोष्टमा राखिएको विवरणमा उनले कन्फ्रेन्सहरूमा मेगास्पिडको अध्यक्षका रूपमा चिनाएको पाइएको छ।

मेगास्पिडले कम्पनी र एलिस वाङको चीन र चीन सरकारसँगको सम्बन्धबारे बीबीसीका प्रश्नको जवाफ दिएको छैन।

अघिल्लो वर्ष ताइपेइमा जेन्सन वाङसँग देखिएकी एलिस ह्वाङले मेगास्पिड सन् २०२३ मा कैयौँ महिना नेतृत्व गरेकी थिइन। अघिल्लो वर्ष ताइपेइमा जेन्सन वाङसँग देखिएकी एलिस ह्वाङले मेगास्पिड सन् २०२३ मा कैयौँ महिना नेतृत्व गरेकी थिइन्। यी सबैले सिङ्गापुरले सामना गरिरहेको दुबिधालाई बल दिएको छ।

सबैभन्दा लामो समयसम्म अमेरिका र चीन दुवैसँग उत्कृष्ट सम्बन्ध कायम गरेर सिङ्गापुरले दुवै देशबाट लाभ उठाएको थियो, नानयाङ टेक्नोलोजिकल विश्वविद्यालयका राजनीति तथा अन्तर्राष्ट्रिय अध्ययनका प्राध्यापक डिलन लोह भन्छन्।

सिङ्गापुरले लामो समयदेखि यी दुई महाशक्तिबीच आफूलाई एक तटस्थ पक्षका रूपमा प्रस्तुत गरेको थियो। सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले आफ्नो देश न चीनपक्षीय न अमेरिकापक्षीय भएको भन्दै आफ्नो देश सिङ्गापुरपक्षीय रहेको बताउँदै आएका छन्।

चिपसम्बन्धी अमेरिका चीन विवाद चर्किँदै जाँदा यो सन्तुलन कायम राख्ने प्रयास ूअहिले झन् कठिन र कहिलेकाहीँ थप जोखिमपूर्णू बन्दै गएको लोह ठान्छन्।

मेगास्पिड प्रकरणपछि सिङ्गापुरले दुई शक्तिबीच कायम राख्दै आएको यो नाजुक सन्तुलन झन् चुनौतीपूर्ण बन्ने विश्लेषकहरू बताउँछन्।

कार्नेगी चाइनामा आबद्ध एक जना सिङ्गापुरका राजनीतिशास्त्री चोङ जा इआन बेइजिङले सिङ्गापुरलाई अमेरिकी प्रतिबन्धसँग जोडिएका विषयमा किन छानबिन गरिरहेको भनेर सोध्न सक्ने बताउँछन्। उनका अनुसार उसले अमेरिकी स्वार्थलाई साथ दिन थालेको हो वा होइन भन्ने प्रश्न पनि सामना गर्नुपर्ने हुन्छ।

अर्कोतर्फ वासिङ्टनले चाहिँ सिङ्गापुरको पछिल्लो अभिव्यक्तिलाई अमेरिकातर्फ आरोप पन्छाएको अर्थमा लिनसक्छ जसका कारण ह्वाइट हाउसबाट प्रतिकूल प्रतिक्रिया सामना गर्नुपर्ने हुनसक्छ।

सिङ्गापुरले कसैको पनि पक्ष नलिने नीतिगत अडान राख्दै आएको छ। तर कसैको पनि पक्ष नलिएर, उनीहरूले एकतर्फको एजेण्डामा सहयोगीको भूमिका खेलेको ठानिने जोखिम पनि हुन्छ।

सिङ्गापुरको एस राजारतनम स्कूल अफ इन्टरन्याश्नल स्टडिजका सहप्राध्यापक र चीन विज्ञ बेन्जमिन हो यो अमेरिका र चीनबीचको रस्साकस्सीमा सिङ्गापुर फसेको पहिलो वा अन्तिम घटना नभएको बताउँछन्।

उनले भने, खुला अर्थतन्त्रले चुकाउनुपर्ने मूल्य यो हो। सम्बन्ध बिग्रँदा तपाईँ बीचमा पर्नुहुन्छ।

प्रकाशित: २०८३ कार्तिक २८ गते शनिवार ०७:१५
प्रतिक्रिया

थप समाचार

अस्ट्रेलियामा आप्रवासन नीति थप कडा बनाउने प्रस्ताव, अभिभावक भिसा बन्द गरिने

क्यान्बेरा: अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा गरेको...

भारतमा स्वच्छ ऊर्जा विस्तार गर्न अमेजनले साढे ६ खर्ब भारु खर्चिने

काठमाडौँ: अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर (करिब ६ खर्ब ५४ अर्ब भारतीय रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ। यस...

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

क्यानबेरा। जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ। सन् २०२४ मा ५५औँ स्थानमा रहेको अस्ट्रेलिया...

सुडानमा इन्धनको हाहाकार: उद्योग बन्द, महँगीले जनजीवन प्रभावित

इन्धनको निरन्तर अभावले अफ्रिकी मुलुक सुडानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ। इन्धन आपूर्ति अनियमित हुँदा उद्योग, कृषि तथा व्यापार क्षेत्रको उत्पादन र व्यावसायिक गतिविधि प्रभावित...

कच्चा तेलको भाउ घटेर ब्यारेलको ९५ डलर

ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ९५.८४ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ।
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना