२०८३ मङ्सिर ६ गते आईतबार

मङ्सिर १० देखि आईपीओ निष्काशन गर्दै कान्तिपुर फर्मासुटिकल्स ल्याब

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ३०
IPO

काठमाडौँः पशु औषधि तथा पशु आहार पूरक उत्पादन गर्दै आएको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आगामी मंसिर १० गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा कुल ८ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। जसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ८ लाख कित्ता र श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९० हजार कित्ता सेयर छुट्याइएको छ।

आयोजना प्रभाविततर्फ काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। यस समूहका लागि आवेदन दिने प्रारम्भिक म्याद मंसिर २४ गतेसम्म तोकिएको छ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको ९० हजार कित्ता सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यस समूहका आवेदकले मंसिर १५ गतेसम्म आवेदन दिनुपर्नेछ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत कात्तिक १९ गते आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डबाट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १७ लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको छ। यसअनुसार कम्पनीले आईपीओमार्फत १७ करोड रुपैयाँ बराबरको पूँजी जुटाउनेछ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड पशु स्वास्थ्यसँग सम्बन्धित औषधि तथा पशु आहार पूरक उत्पादन गर्ने नेपाली कम्पनी हो। कम्पनीले भेटेरिनरी औषधि र पशु आहार पूरक उत्पादन क्षेत्रमा काम गर्दै आएको छ।

नेपालमा पशुपालन तथा कृषि व्यवसायसँग जोडिएको यस क्षेत्रमा कम्पनीको उपस्थिति रहेको छ। आईपीओ निष्कासनसँगै कम्पनीले सर्वसाधारणबाट पूँजी जुटाउने प्रक्रिया अघि बढाएको छ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्कासन गरेपछि बाँकी सेयरको निष्कासन प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित: २०८३ कार्तिक ३० गते सोमबार ०२:०४
प्रतिक्रिया

थप समाचार

स्टार्टअपदेखि पूर्वाधारसम्म निजी लगानी विस्तार गर्दै धितोपत्र बोर्ड

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले निजी पूँजी बजारलाई विस्तार गर्दै स्टार्टअप, साना तथा मझौला उद्यम र पूर्वाधार क्षेत्रमा लगानी आकर्षित गर्ने उद्देश्यले नयाँ नियमावलीको मस्यौदा सार्वजनिक...

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्से सीईओको प्रतिबद्धता

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजीबजार सुधार तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा...

सेयर बजार बन्द हुँदा लगानीकर्ताले गर्न सक्ने ७ काम

काठमाडौँः सेयर बजारमा लगानी गर्नेहरूका लागि बजार खुल्ने दिन मात्रै महत्त्वपूर्ण हुँदैन। बजार बन्द रहेको समयमा पनि लगानीकर्ताले आफ्नो पोर्टफोलियो व्यवस्थापन, कम्पनीको वित्तीय अवस्था अध्ययन...

हिम पर्वत हाइड्रोले सिटिजन्स बैंकको ऋण तिर्न ५९ करोडको आईपीओ ल्याउदै

कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/०८३मा १७ करोड रुपैयाँ खुदनाफा कमाएको छ।

तिहारपछिको पहिलो कारोबार दिन नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौँः तिहार बिदापछि खुलेको सेयर बजारमा लगानीकर्ताको उत्साह कमजोर देखिएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको...
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना