२०८३ मङ्सिर ६ गते आईतबार

जापानदेखि जर्मनीसम्म पुग्छ ताप्लेजुङको हातेकागज

 |  दिलकुमार लिम्बू
Sanket

दिलकुमार लिम्बू

काठमाडौँ, कार्तिक ३०
photo-1_87cd22ac

ताप्लेजुङ: ताप्लेजुङमा परम्परागत प्रविधिबाट उत्पादन हुँदै आएको नेपाली हातेकागज स्वदेशसँगै जापान, चीन र जर्मनीसम्म निर्यात हुँदै आएको छ। स्थानीय स्रोतसाधन र सीपमा आधारित यस उद्योगको उत्पादनले बजार पाए पनि कच्चापदार्थको अभावका कारण उत्पादन विस्तारमा भने चुनौती देखिएको छ।

फुङ्लिङ नगरपालिका–६ स्थित छिरिङ नेपाली हातेकागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय उद्योगमै कागज उत्पादनमा व्यस्त भेटिन्छन्। पुर्ख्यौली पेसाका रूपमा उनले हातेकागज उत्पादनलाई निरन्तरता दिँदै आएका छन्। उनका बुबाआमाले कागज बनाउने काम गर्थे। उनी पनि बाल्यकालदेखि नै उनीहरूलाई सघाउँदै यो सीपमा अभ्यस्त भएका हुन्।

भोजपुरमा पुर्ख्यौली घर भएका शेर्पाले २०४९ सालमा तेह्रथुमको वसन्तपुरबाट हातेकागज उद्योग सञ्चालन सुरु गरेका थिए। त्यसपछि ताप्लेजुङको याम्फुदिन र खेवाङ क्षेत्रमा उद्योग सञ्चालन गरे। २०६१ सालमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङनजिकै छिरिङ हातेकागज उद्योग दर्ता गरी सञ्चालन गर्दै आएका छन्।

उनको उद्योगमा अहिले १० जनाले रोजगारी पाएका छन्। उद्योग सञ्चालन खर्च कटाएर वार्षिक करिब १२ लाख रुपैयाँ आम्दानी हुने गरेको शेर्पाले बताए। उद्योगबाट भएको आम्दानीले छोराछोरीको पढाइ खर्च जुटाउनुका साथै बचतबाट सदरमुकाममा जग्गासमेत खरिद गरेका छन्। अहिले उनी घर निर्माणको तयारीमा छन्।

उद्योगमा उत्पादित कागजको करिब ९० प्रतिशत बजार काठमाडौं हुँदै विदेशका विभिन्न मुलुकसम्म फैलिएको छ। जापान, चीन र जर्मनीलगायत देशमा कागज निर्यात हुने गरेको शेर्पाले बताए। जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयलाई पनि उनले वार्षिक करिब ४ लाख रुपैयाँ बराबरको कागज बिक्री गर्दै आएका छन्।

‘कागज जति उत्पादन गरे पनि बिक्रीका लागि समस्या छैन,’ शेर्पाले भने, ‘बरु कागज उत्पादन गर्न आवश्यक कच्चापदार्थको अभाव हुने गरेको छ।’ उद्योगमा १०, २०, ३० र ४० ग्राम तौलका कागज उत्पादन हुन्छन्। ठूला उद्योगले २० ग्रामको कागज प्रतिपन्ना २० रुपैयाँ र ४० ग्रामको प्रतिपन्ना ४० रुपैयाँमा खरिद गर्ने गरेको शेर्पाले जानकारी दिए।

मौसमअनुसार उद्योगको उत्पादन क्षमतामा पनि फरक पर्छ। गर्मी मौसममा दैनिक एक हजार ६ सय थानसम्म कागज उत्पादन हुने गरेकामा जाडोमा भने उत्पादन घटेर आठ सय थानसम्म पुग्ने गरेको छ। गर्मीमा जालीमा राखिएको लेदो तीन घण्टाभित्र सुक्ने भए पनि जाडोमा पाँच घण्टासम्म लाग्ने भएकाले उत्पादन प्रभावित हुने गरेको शेर्पाले बताए।

हातेकागज उद्योगले स्थानीय महिलालाई रोजगारीको अवसरसमेत दिएको छ। तेह्रथुमकी माया मगर नेपाली हातेकागज उद्योगमा काम गर्न थालेको २८ वर्ष भइसकेको छ। विभिन्न उद्योगमा काम गरेकी उनी ताप्लेजुङमा हातेकागज उद्योग स्थापना भएपछि यही क्षेत्रमा निरन्तर कार्यरत छिन्।

मगरका अनुसार विगतको तुलनामा अहिले हातेकागज उत्पादनको काम केही सहज भएको छ। पहिले अधिकांश काम हातैले गर्नुपर्ने भए पनि अहिले केही प्रक्रियामा मेसिन प्रयोग हुन थालेको उनले बताइन्।

त्यस्तै, फक्ताङलुङ गाउँपालिका–६ की लक्ष्मी लिम्बू पनि नौ वर्षदेखि छिरिङ हातेकागज उद्योगमा कार्यरत छिन्। गाउँबाट रोजगारीको खोजीमा सदरमुकाम आएकी उनले उद्योगमा काम गरेर आफ्ना छोराछोरीलाई उच्च शिक्षा पढाउँदै आएकी छन्।

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार जिल्लामा १९ वटा नेपाली हातेकागज उद्योग दर्ता छन्। तर तीमध्ये केही उद्योग मात्र सञ्चालनमा छन्। बजारको माग हुँदाहुँदै पनि कच्चापदार्थको उपलब्धता, उत्पादन प्रक्रिया र उद्योग सञ्चालनको निरन्तरताजस्ता विषयले जिल्लाको हातेकागज उद्योगको व्यावसायिक विस्तारलाई प्रभावित गरिरहेको छ। –नेपाल न्युज बैंक

प्रकाशित: २०८३ कार्तिक ३० गते सोमबार ०३:४१
प्रतिक्रिया

थप समाचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...

भारतमा ६१५ मेगावाट बिजुली बेच्न विद्युत प्राधिकरणलाई अनुमति

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ६१५.३४ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत्...

वंशजको नागरिकता निरन्तरता भए नेपालमा एनआरएनए लगानी १० गुणासम्म बढ्छ: डा.काफ्ले

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका संस्थापक तथा पूर्वअध्यक्ष डा.मित्र काफ्लेले विदेशमा रहेका वंशजका नेपाली नागरिकलाई पुरानै नागरिकताको निरन्तरता दिए नेपालमा लगानी उल्लेख्य...

३०० को सामान किनेका राम श्रेष्ठले जिते १० लाख, १ लाख जित्ने १५ मा तपाईँ पर्नुभयो कि? [सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमका पछिल्लो १५ दिनका विजेता  घोषणा भएको छ। कात्तिक १६ देखि ३० गतेसम्मको कारोबारका आधारमा यस पटक भक्तपुरका राम श्रेष्ठले १०...

सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाह, बैंकतर्फ नबिल

पछिल्लो १५ वर्षमा शाह परिवारका सदस्यले ९ पटक सर्वाधिक व्यक्तिगत आयकर दाखिला गर्ने करदाताको सम्मान पाएका छन्।
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना