२०८३ मङ्सिर ६ गते आईतबार

बागडोग्रा र रक्सौल हवाई ट्राफिकको भारतीय प्रस्तावलाई एउटै दृष्टिकोणले हेर्न सकिँदैन

 |  डा विपिन अधिकारी
Sanket

डा विपिन अधिकारी

काठमाडौँ, मङ्सिर १
bagdogra_airport

२५ घण्टाको भारत बसाइमा प्रधानमन्त्री बालने शाहले के–के गर्नुहुने हो भन्ने विषयमा अझै पनि स्पष्टता देखिँदैन। सरप्राइज का रूपमा ल्याइएको कुनै पनि सहयोग, ऋण वा सम्झौताका बारेमा तुरुन्तै धारणा बनाउनु वा निर्णय लिनु आवश्यक छैन।

सरकारले त्यस्ता प्रस्तावहरूको चाहिँदो अध्ययन र मूल्यांकन गर्न आवश्यक परे जति पनि समय लिन सक्छ।

कूटनीति कसैलाई खुसी पार्ने अभ्यास होइन, राष्ट्रिय हितको रक्षा गर्ने गम्भीर जिम्मेवारी हो। आज हतारमा गरिएको एउटा निर्णयको मूल्य मुलुकले पुस्तौँसम्म चुकाउनुपर्ने अवस्था आउन सक्छ।

त्यसैले अहिलेसम्म वार्तामा नल्याइएका संवेदनशील विषयहरू अहिले नै सम्बोधन गर्नुपर्ने कुनै बाध्यता छैन। राष्ट्रिय हित र भूराजनीतिक संवेदनशीलतामा असाधारण सावधानी अपनाइनुपर्छ।

नेपाल–भारत हवाई मार्गसम्बन्धी वार्ता अहिलेसम्म किन चेपुवामा परेको रहेछ, अब बुझिँदै छ। झुटो हो कि साँचो, भारतले बागडोग्राका लागि नेपाली आकाश प्रयोग गर्ने अनुमति का साथै रक्सौल नजिकको नेपाली हवाई क्षेत्रमा हवाई ट्राफिक नियन्त्रणको जिम्मेवारीसमेत मागेको समाचार प्रकाशित भएको छ।

बागडोग्रा विमानस्थल भारतीय वायुसेनाको नियन्त्रणमा रहेको नागरिक तथा सैनिक दुवै प्रयोजनका लागि प्रयोग हुने विमानस्थल हो।

बागडोग्राजस्तो सैनिक महत्त्व भएको विमानस्थललाई नेपाली आकाशको पहुँच दिँदा त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष सैन्य उपयोगको सम्भावना, हवाई निगरानी र दीर्घकालीन सुरक्षा प्रभावको मूल्यांकन गर्नैपर्छ।

भारतकै विमानस्थल प्राधिकरणले त्यहाँको एप्रोच र एरोड्रोम हवाई ट्राफिक नियन्त्रण भारतीय वायुसेनाबाट हुने पुष्टि गरेको छ। नेपालले आफ्नो भूमि र आकाश कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नीति अपनाउँदै आएको छ।

अहिलेसम्म सार्वजनिक भएका विवरणबाट नेपालले व्यापक सैन्य तथा भूराजनीतिक जोखिम मूल्यांकन गरिसकेको छ भन्ने पुष्टि हुँदैन। रक्सौल नजिकको नेपाली हवाई क्षेत्र नेपालको प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रवेशबिन्दु सिमरासँग सम्बन्धित भएकाले यसको प्राविधिक र रणनीतिक महत्त्व छुट्टै छ।

यस्तो जिम्मेवारी हस्तान्तरणले सार्वभौमिकता स्वतः हस्तान्तरण गर्दैन, तर त्यसको कार्यक्षेत्र र अधिकारका आधारमा नेपालको सञ्चालनगत नियन्त्रणमा असर पर्न सक्छ।

यसैले रक्सौलका अन्तर्राष्ट्रिय उडानका लागि नेपाली आकाश मागिएको हो कि सिमरा क्षेत्रको हवाई ट्राफिक नियन्त्रणसम्बन्धी अधिकार मागिएको हो? भन्ने विषय सरकारले स्पष्ट पार्न आवश्यक छ।

भैरहवाका लागि हवाई प्रवेशमार्ग प्राप्त गर्नु नेपालको महत्त्वपूर्ण आर्थिक आवश्यकता हो। तर, त्यसको बदलामा भारतलाई बागडोग्रातर्फ नेपाली आकाशको पहुँच र रक्सौल नजिक हवाई ट्राफिक व्यवस्थापनको जिम्मेवारी दिने प्रस्तावलाई एउटै दृष्टिकोणले हेर्न सकिँदैन।

प्रकाशित: २०८३ मङ्सिर १ गते मङ्गलबार ०८:४५
प्रतिक्रिया

थप समाचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय

‘दिगो विकासको क्रममा पूँजी बजार’

बजार अब ब्याजदर, तरलता वा करको अंकगणितले मात्र चल्दैन।

‘अबको जलविद्युत् जमिनमुनि’

सतहको संरचनाभन्दा जमिनमुनि संरचना बनाउँदा तीन गुणा बढी महँगो पर्नसक्छ, तर यसले दीर्घकालीन सुरक्षाको ग्यारेन्टी गर्छ । अब हामीले सस्तो होइन, सुरक्षित र टिकाउ विकासलाई प्राथमिकता दिनुपर्छ ।...

समाज जोड्न जन्मिएको राजनीति, समाज विभाजन गर्ने औजार बन्दै

इतिहास सधैँ आदर्शको बाटोमा मात्र हिँडेन। समाज जति जटिल हुँदै गयो, राजनीतिमा सत्ता, सम्पत्ति, वर्ग, जाति, धर्म, भूगोल र पहिचानका स्वार्थहरू पनि प्रवेश गर्दै गए। राजनीतिक शक्ति सार्वजनिक जिम्मेवारीभन्दा...
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना