२०८३ मङ्सिर ६ गते आईतबार

सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाह, बैंकतर्फ नबिल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १
raj bahadur shah

काठमाडौँः सरकारले राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। व्यक्तिगत आयकरतर्फ जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह लगातार तेस्रो वर्ष सबैभन्दा बढी कर दाखिला गर्ने व्यक्तिका रूपमा सम्मानित भएका छन्।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शाहलाई सम्मान गरेका हुन्। पछिल्लो १५ वर्षमा शाह परिवारका सदस्यले ९ पटक सर्वाधिक व्यक्तिगत आयकर दाखिला गर्ने करदाताको सम्मान पाएका छन्। यसमध्ये राजबहादुर २०७७, २०७९, २०८०, २०८२ र २०८३ सालमा धेरै कर तिरेवापत सम्मानित भएका छन् ।

साथै उनका बुवा विजयबहादुर शाहले तीन पटक र उनकी दिदीले एक पटक सम्मान पाएकी छन्।

यस वर्ष बैंकिङ क्षेत्रबाट नबिल बैंक लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ। गत वर्ष उक्त विधामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सम्मानित भएको थियो। कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एण्ड फिड्स प्रालिले सम्मान पाएको छ।

सरकारले यस वर्षदेखि उत्कृष्ट करदाता सम्मानका विधा १६ बाट बढाएर १९ पु¥याएको छ। निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ। एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनलले सम्मान पाएको छ।

वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि र सूचना प्रविधिसम्बन्धी सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेका छन्। स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेडले पुनः सम्मान प्राप्त गरेको छ भने पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड सम्मानित भएको छ।

वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि उत्कृष्ट करदाताका रूपमा छनोट भएको छ। वार्षिक ५० करोड रुपैयाँभन्दा बढी र एक अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालिले सम्मान पाएको छ। त्यस्तै, वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने समूहबाट इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड सम्मानित भएको छ।

ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायतर्फ आईएमई लिमिटेड सम्मानित भएका छन्। विशेष उद्योगतर्फ बरुण बेभरेज नेपाल प्रालिले सम्मान प्राप्त गरेको छ।

बीमा क्षेत्रअन्तर्गत जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन्। लघुवित्त क्षेत्रबाट छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सम्मान पाएको छ।

यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) विवरण तथा सोबमोजिमको कर समयमै दाखिला गर्ने करदातामध्ये हिमालयन डिस्टिलरी लिमिटेड सम्मानित भएको छ। कम्पनीले २०७७ साउनदेखि २०८३ असार मसान्तसम्मको कर अवधिमा नियमित रूपमा भ्याट विवरण बुझाएको र कर दाखिला गरेको आधारमा सम्मान प्राप्त गरेको हो।

सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ लाई आधार मानेर २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। करदातालाई कर तिर्न प्रोत्साहित गर्ने तथा नियमित रूपमा कर दायित्व पूरा गर्ने व्यक्ति र संस्थाको योगदानको कदर गर्ने उद्देश्यले हरेक वर्ष राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदातालाई सम्मान गरिँदै आएको छ।

यी हुन् यस वर्षका १९ विधाका उत्कृष्ट करदाता

१. निकायहरूमध्ये सर्वाधिक आयकरः सूर्य नेपाल प्रालि
२. एकलौटी फर्मतर्फः थर्ड आई इन्टरनेसनल
३. वस्तु निर्याततर्फः डाबर नेपाल प्रालि
४. सूचना प्रविधि सेवा निर्याततर्फः इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल
५. कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फः ओसीबी फुड्स एण्ड फिड्स प्रालि
६. बैंकिङ क्षेत्रतर्फः नबिल बैंक लिमिटेड
७. स्वास्थ्य तथा शैक्षिक संस्थातर्फः नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड
८. पर्यटन व्यवसायतर्फः सोल्टी होटल लिमिटेड
९. वस्तु व्यापारतर्फः सीजी इम्पेक्स प्रालि
१०. ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म कारोबार गर्नेमाः फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि
११. ऊर्जामूलक उद्योगतर्फः भोटेकोशी पावर कम्पनी प्रालि
१२. रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फः आईएमई लिमिटेड
१३. व्यक्तिगत आयकरतर्फः राजबहादुर शाह
१४. नियमित भ्याट दाखिलातर्फः हिमालयन डिस्टिलरी लिमिटेड
१५. ५० करोड रुपैयाँसम्म कारोबार गर्नेमाः इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड
१६. विशेष उद्योगतर्फः बरुण बेभरेज नेपाल प्रालि
१७. जीवन बीमातर्फः लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड
१८. निर्जीवन बीमातर्फः सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड
१९. लघुवित्त क्षेत्रतर्फः छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

 

प्रकाशित: २०८३ मङ्सिर १ गते मङ्गलबार १०:५७
प्रतिक्रिया

थप समाचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...

भारतमा ६१५ मेगावाट बिजुली बेच्न विद्युत प्राधिकरणलाई अनुमति

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ६१५.३४ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत्...

वंशजको नागरिकता निरन्तरता भए नेपालमा एनआरएनए लगानी १० गुणासम्म बढ्छ: डा.काफ्ले

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका संस्थापक तथा पूर्वअध्यक्ष डा.मित्र काफ्लेले विदेशमा रहेका वंशजका नेपाली नागरिकलाई पुरानै नागरिकताको निरन्तरता दिए नेपालमा लगानी उल्लेख्य...

३०० को सामान किनेका राम श्रेष्ठले जिते १० लाख, १ लाख जित्ने १५ मा तपाईँ पर्नुभयो कि? [सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमका पछिल्लो १५ दिनका विजेता  घोषणा भएको छ। कात्तिक १६ देखि ३० गतेसम्मको कारोबारका आधारमा यस पटक भक्तपुरका राम श्रेष्ठले १०...

जापानदेखि जर्मनीसम्म पुग्छ ताप्लेजुङको हातेकागज

ताप्लेजुङ: ताप्लेजुङमा परम्परागत प्रविधिबाट उत्पादन हुँदै आएको नेपाली हातेकागज स्वदेशसँगै जापान, चीन र जर्मनीसम्म निर्यात हुँदै आएको छ। स्थानीय स्रोतसाधन र सीपमा आधारित यस उद्योगको उत्पादनले...
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना