२०८३ मङ्सिर ६ गते आईतबार

टमाटरखेतीबाट फेरिँदै टोड्केका किसानको जीवनशैली, वार्षिक करोडौँको कारोबार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १
tamatar

इलाम: इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ। गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन्। यहाँबाट वार्षिक रु एक करोड २० लाखभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ।

स्थानीय किसान प्रदीप राईले १० वर्षदेखि व्यावसायिक रूपमा टमाटरखेती गर्दै आएका छन्। निरन्तरको मेहनत र अनुभवले उहाँलाई यस क्षेत्रको अगुवा टमाटर किसानका रूपमा स्थापित गरेको छ। गत वर्ष चार हजार ५०० बोट टमाटर लगाएका उनले बिक्रीबाट रु तीन लाख ५० हजार आम्दानी गरेका थिए। उत्पादनको सुरुआतमा प्रतिकेजी रु ५० र सिजनको अन्त्यतिर रु ९० सम्ममा टमाटर बिक्री गरे।

यस वर्ष उनले खेती विस्तार गरी १५ रोपनी जमिनमा सात हजार ५०० बोट टमाटर लगाएका छन्। अहिले अगुवा बोटमा उत्पादन सुरु भइसकेको छ। यस वर्ष करिब १० हजार केजी टमाटर उत्पादन हुने उनको अनुमान छ। हाल प्रतिकेजी रु ५० का दरले टमाटर बिक्री भइरहेको छ। गत वर्षकै हाराहारीमा मूल्य कायम रहे रु सात लाखभन्दा बढी आम्दानी हुने उनले अपेक्षा गरेका छन्।

टमाटरखेतीबाटै घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउँदै आएकी अर्की किसान मनिषा राईले गत वर्ष रु चार लाख आम्दानी गरेकी थिइन्। उनले यस वर्ष पनि तीन हजार बोट टमाटर लगाएकी छिन्। पूर्वकार्यपालिका सदस्यसमेत रहेकी राईका अनुसार टोड्केका अधिकांश किसानको घरव्यवहार टमाटरखेतीबाट प्राप्त आम्दानीमा निर्भर हुने गरेको छ।

त्यस्तै, किसान विनोद राईले यस वर्ष पाँच हजार बोट टमाटर लगाएका छन्। यसअघि दुईदेखि तीन हजार बोटसम्म खेती गर्दै आएका उनले टमाटरबाट राम्रो आम्दानी हुन थालेपछि खेती विस्तार गरेका हुन्। बजार मूल्य राम्रो पाए आम्दानी पनि बढ्ने उनको अपेक्षा छ।

टोड्के टोलका ८० घरपरिवार नै व्यावसायिक टमाटरखेतीमा संलग्न रहेको वडाध्यक्ष प्रदीप साङपाङले बताए। उनका अनुसार यहाँबाट वार्षिक रु एक करोड २० लाखभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ। टोड्केलाई टमाटरको पकेट क्षेत्रका रूपमा विकास गर्ने सोच रहेको उनले बताए।

टमाटरखेतीबाट अन्य अन्नबालीको तुलनामा राम्रो आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन्। टमाटरको खेती वर्षमा करिब छ महिना मात्र हुने भएकाले बाँकी समयमा मकैखेती गर्ने गरिएको स्थानीय किसान बताउँछन्। यसरी फरकफरक बाली लगाउँदा बाली चक्र कायम रहने र जमिनको गुणस्तर जोगाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ।

टोड्केमा टमाटरको मुख्य उत्पादन असोजदेखि पुससम्म हुने गर्दछ। रोपेको करिब ७० दिनमा फल दिन थाल्ने टमाटरको एउटा बोटबाट छ केजीसम्म उत्पादन हुने किसानको अनुभव छ।

यहाँ उत्पादित टमाटर स्थानीय चिसोपानी पञ्चमी बजारका साथै व्यापारीमार्फत झापाको दमकसम्म बिक्रीका लागि पुग्ने गरेको छ। निर्माणाधीन बिपी मार्गको स्तरोन्नतिसँगै यातायात सुविधा सहज भएकाले बजारसम्म उत्पादन पुर्याउन सजिलो भएको स्थानीय किसान मनुकुमार राईले बताए। व्यापारीले बगानबाटै टमाटर खरिद गरेर लैजाने गरेकाले उत्पादन बिक्री नहुने चिन्ता नरहेको उनको भनाइ छ।

प्रकाशित: २०८३ मङ्सिर १ गते मङ्गलबार ०१:१८
प्रतिक्रिया

थप समाचार

रजहरमा प्राकृतिक चिकित्सा विज्ञानको पढाइ सुरु गर्ने तयारी

नवलपुर। नेपालमा पहिलो पटक प्राकृतिक चिकित्सा विज्ञानको पढाइ सुरु गर्ने गरी नवलपुरको रजहरमा तयारी तीब्र पारिएको छ। पोखरा विश्वविद्यालयबाट सम्बन्ध लिएर देवचुली–१६, रजहरस्थित सामुदायिक प्राकृतिक...

भीमफेदीमा क्षमताभन्दा बढी सिट राखिएका ११ ईभीलाई कारवाही

हेटौंडा। सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मकवानपुर प्रहरीले क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका विद्युतीय (ईभी) गाडीमाथि कारबाही अघि बढाएको छ। हिजो...

मासु जाँच ऐन कार्यान्वयन सुरु, उपत्यकामा छाप लगाइएको मासु मात्र बिक्री

काठमाडौं। पशु सेवा विभागले काठमाडौँ उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ। विभागले दिएको जानकारी अनुसार ऐन लागु भएको पहिलो दिन आज मंगलबार २० हजार कुखुरा,...

प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने...

धनगढीबाट काठमाडौँ आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, ३३ जना घाइते [सूची]

काठमाडौँ: धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। सोमबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११...
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना