काठमाडौँ: बुधबार सुनको मूल्यमा गिरावट आएको छ। यसदिन अघिल्लो दिनको तुलनामा सुनको मूल्य ६ हजार ३०० रुपैयाँले घटेको हो।

मंगलबार प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य बुधबार २ लाख ६० हजार ९०० मा खुम्चिएको हो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन तोलामा ३ हजार ४९० रुपैयाँमा खरिदबिक्री भएको चाँदीको कारोबार आज प्रतितोला ३ हजार ३८० मा हुँदैछ।