२०८३ मङ्सिर ६ गते आईतबार

तलबभन्दा साढे ४ गुणा बढी भत्ता, गभर्नरदेखि सञ्चालकसम्म कसले कति पाए सुविधा?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २
nrb2

काठमाडौँः नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरूको एक वर्षको तलबभन्दा अतिरिक्त भत्ता र सुविधामा झन्डै साढे चार गुणा बढी खर्च भएको छ। आर्थिक वर्ष २०८२/८३ मा उच्च पदाधिकारीहरूको तलबमा ४८ लाख ९६ हजार रुपैयाँ खर्च हुँदा अन्य भत्ता तथा सुविधामा २ करोड १५ लाख ९७ हजार रुपैयाँ खर्च भएको राष्ट्र बैंकको विवरणले देखाएको छ।

बोर्ड बैठक भत्तासमेत जोड्दा उक्त अवधिमा गभर्नर, डेपुटी गभर्नर, अर्थसचिव तथा सञ्चालकहरूको तलब–सुविधामा कुल २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ खर्च भएको छ।

विवरणअनुसार गभर्नर विश्वनाथ पौडेलले तलबबापत १६ लाख ३२ हजार रुपैयाँ प्राप्त गरेका छन्। उनको बोर्ड बैठक भत्ता ५ लाख ६७ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधा २४ लाख ४९ हजार ९५६ रुपैयाँ रहेको छ।

डेपुटी गभर्नरमध्ये किरण पण्डितले अन्य भत्ता तथा सुविधाबापत सबैभन्दा बढी ४६ लाख ८ हजार ४१५ रुपैयाँ प्राप्त गरेका छन्। उनले तलबबापत १३ लाख ६५ हजार ५८० रुपैयाँ र बोर्ड बैठक भत्ताबापत २ लाख २५ हजार रुपैयाँसमेत बुझेका छन्।

डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले ४२ लाख ३५ हजार ७११ रुपैयाँ तथा बमबहादुर मिश्रले ३८ लाख ९७ हजार ५११ रुपैयाँ अन्य भत्ता तथा सुविधा प्राप्त गरेका छन्।

सञ्चालकहरूको हकमा पनि नियमित तलबभन्दा बैठक भत्ता र अन्य सुविधा उल्लेख्य देखिएको छ। सञ्चालक चिन्तामणि शिवाकोटीले १८ लाख ९७ हजार ९६९ रुपैयाँ, डा. शंकरप्रसाद आचार्यले १८ लाख २४ हजार ८१३ रुपैयाँ तथा डा. रविन्द्रप्रसाद पाण्डेले २३ लाख ३५ हजार २०१ रुपैयाँ अन्य भत्ता तथा सुविधा प्राप्त गरेका छन्।

राष्ट्र बैंकको विवरणअनुसार कुल खर्चमध्ये ४८ लाख ९६ हजार १०० रुपैयाँ तलब, ३४ लाख २० हजार रुपैयाँ बोर्ड बैठक भत्ता र २ करोड १५ लाख ९७ हजार ६९७ रुपैयाँ अन्य भत्ता तथा सुविधामा खर्च भएको छ।

तलबको तुलनामा अन्य सुविधा उल्लेख्य देखिएपछि राष्ट्र बैंकका उच्च पदाधिकारीहरूको पारिश्रमिक संरचना, सुविधा निर्धारणको आधार तथा सार्वजनिक खर्चको पारदर्शिताबारे प्रश्न उठ्ने देखिन्छ।

प्रकाशित: २०८३ मङ्सिर २ गते बुधबार ११:३८
प्रतिक्रिया

थप समाचार

तीन महिनामा बैंकको कर्जा ३.१ प्रतिशत बढेर पुग्यो १८४ अर्ब

निजी क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशत अर्थात् १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले वृद्धि भई ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

बजारमा ५ रुपैयाँका करिब साढे ७९ करोड थान नोट, हजारका कति?

एक वर्षमा ४६ अर्बभन्दा बढीका नयाँ नोट बजारमा

राष्ट्र बैंकको नाफा ८३ अर्ब नाघ्यो, सरकारलाई  ४२ अर्ब

स्वदेशी मुद्राको ब्याज आम्दानी भने नकारात्मक

रश्मी पन्तसहित प्रभु बैंकका २ कर्मचारी बर्खास्त, २ जनाको पद घटुवा

काठमाडौँ: प्रभु बैंकले कर्जा प्रवाह र रेमिट्यान्स कारोबारसँग सम्बन्धित विषयमा अनुशासनात्मक कारबाही गर्दै चार कर्मचारीमाथि कारबाही गरेको छ। बैंकले चिफ बिजनेस अफिसर रश्मी पन्तसहित दुई कर्मचारीलाई...

फिचको निष्कर्षः खराब कर्जाले बैंकको सम्पत्तिको गुणस्तर निरन्तर खस्कँदो

फिचले नेपालको सार्वभौम साख मूल्यांकन गर्ने क्रममा बैंकिङ क्षेत्रको बढ्दो खराब कर्जालाई रेटिङ सुधारमा बाधक बन्न सक्ने महत्वपूर्ण पक्षका रूपमा उज्जागर गरेको छ।
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना