२०८३ मङ्सिर ६ गते आईतबार

अस्ट्रेलियामा आप्रवासन नीति थप कडा बनाउने प्रस्ताव, अभिभावक भिसा बन्द गरिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
photo-1_a549ad38

क्यान्बेरा: अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ।

दलकी नेतृ तथा सिनेटर पाउलिन ह्यान्सनले बुधबार सार्वजनिक गरेको नयाँ आप्रवासन नीतिअनुसार अस्ट्रेलियामा बसोबास गर्ने आप्रवासीका बाबुआमा तथा हजुरबुबा–हजुरआमालाई स्थायी रूपमा अस्ट्रेलिया आउन दिने हालको भिसा कार्यक्रम अन्त्य गरिनेछ।

यो प्रस्ताव लागू भए अस्ट्रेलियामा रहेका नेपालीसहित विभिन्न आप्रवासी समुदायका परिवार प्रभावित हुन सक्नेछन्। विशेषगरी आफ्ना वृद्ध बाबुआमालाई अस्ट्रेलिया ल्याएर आफूसँगै राख्न चाहने परिवारलाई यसले प्रत्यक्ष असर पार्न सक्छ।

अभिभावक भिसा बन्द गर्ने प्रस्ताव

वान नेसनले हालको स्थायी अभिभावक भिसा कार्यक्रम खारेज गरी त्यसको सट्टा परिवारले आर्थिक जिम्मेवारी लिने गरी अधिकतम १२ महिनासम्मको अस्थायी भिसाको व्यवस्था गर्न सकिने प्रस्ताव गरेको छ।

ह्यान्सनका अनुसार अभिभावकलाई अस्ट्रेलिया ल्याउने जिम्मेवारी सरकारको नभई सम्बन्धित परिवारको हुनुपर्नेछ।

हाल अभिभावक भिसाका लागि करिब एक लाख ५० हजार आवेदन प्रतीक्षामा रहेको बताइएको छ। प्रस्ताव लागू भए प्रतीक्षामा रहेका आवेदनको शुल्क फिर्ता गर्ने र अन्य वैधानिक भिसा विकल्प नभए अस्ट्रेलियामा रहेका केही आवेदकले समेत देश छाड्नुपर्ने अवस्था आउन सक्ने वान नेसनको प्रस्ताव छ।

शरणार्थीको संख्या ९० प्रतिशत घटाउने

वान नेसनले अस्ट्रेलियामा प्रत्येक वर्ष स्वीकार गरिने शरणार्थीको संख्या २० हजारबाट घटाएर दुई हजारमा सीमित गर्ने प्रस्ताव पनि सार्वजनिक गरेको छ।

यो प्रस्ताव लागू भए हालको वार्षिक शरणार्थी कोटामा ९० प्रतिशत कटौती हुनेछ। दलले आफ्नो नयाँ आप्रवासन नीतिबाट आगामी १० वर्षमा सरकारी बजेटमा करिब १०० अर्ब अस्ट्रेलियन डलर बचत हुने दाबी गरेको छ।

सरकार र आप्रवासी समुदायबाट आलोचना

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अभिभावक भिसा अन्त्य गर्ने प्रस्तावले यहाँका बहुसांस्कृतिक समुदायका धेरै परिवारलाई गम्भीर असर पार्ने बताएकी छन्।

गृहमन्त्री टोनी बर्कले पनि अभिभावकलाई अस्ट्रेलिया ल्याउन नपाउने अवस्थाले स्वास्थ्य सेवा र वृद्ध हेरचाह क्षेत्रमा दक्ष कामदार आकर्षित गर्न कठिन हुने बताएका छन्।

अस्ट्रेलियाको वर्तमान सरकारले वार्षिक २० हजार शरणार्थी स्वीकार गर्ने नीति कायम राख्ने जनाएको छ भने विपक्षी गठबन्धनले त्यसलाई घटाएर १० हजारमा सीमित गर्ने प्रस्ताव गरेको छ।

वान नेसनको यो घोषणा राजनीतिक प्रस्ताव मात्र हो। हालसम्म यो सरकारी नीति वा लागू भइसकेको कानुन होइन। त्यसैले अभिभावक भिसा तत्काल बन्द भएको भन्नेगरी बुझ्न नहुने सरकारी अधिकारीहरुको भनाइ छ।

तर प्रस्ताव कार्यान्वयन भए अस्ट्रेलियामा रहेका नेपाली तथा अन्य आप्रवासी परिवारले आफ्ना वृद्ध बाबुआमालाई स्थायी रूपमा अस्ट्रेलिया ल्याउने योजनामा ठूलो परिवर्तन गर्नुपर्ने अनुमान गरिएको छ।

प्रकाशित: २०८३ मङ्सिर ३ गते बिहिबार १२:०९
प्रतिक्रिया

थप समाचार

भारतमा स्वच्छ ऊर्जा विस्तार गर्न अमेजनले साढे ६ खर्ब भारु खर्चिने

काठमाडौँ: अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर (करिब ६ खर्ब ५४ अर्ब भारतीय रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ। यस...

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

क्यानबेरा। जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ। सन् २०२४ मा ५५औँ स्थानमा रहेको अस्ट्रेलिया...

सुडानमा इन्धनको हाहाकार: उद्योग बन्द, महँगीले जनजीवन प्रभावित

इन्धनको निरन्तर अभावले अफ्रिकी मुलुक सुडानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ। इन्धन आपूर्ति अनियमित हुँदा उद्योग, कृषि तथा व्यापार क्षेत्रको उत्पादन र व्यावसायिक गतिविधि प्रभावित...

एन्भिडिआका सीईओ जेन्सन वाङ प्रकरणले सिङ्गापुरलाई समस्यामा पार्दै छ?

दशकौँदेखि सिङ्गापुरले अमेरिकी र चिनियाँ बजारमा खुला, व्यापार र अर्थतन्त्रमैत्री पहुँच सहजै उपलब्ध गराउने राष्ट्रका रूपमा आफ्नो प्रतिष्ठा सावधानीपूर्वक कायम राख्दै आएको छ।

कच्चा तेलको भाउ घटेर ब्यारेलको ९५ डलर

ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ९५.८४ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ।
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना