२०८३ मङ्सिर ६ गते आईतबार

बजारमा ५ रुपैयाँका करिब साढे ७९ करोड थान नोट, हजारका कति?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
note

काठमाडौँः नेपाली बजारमा संख्याका हिसाबले सबैभन्दा धेरै ५ रुपैयाँका नोट चलनचल्तीमा छन्। तर बजारमा रहेको कुल नगद रकमको झन्डै ७० प्रतिशत हिस्सा भने १ हजार रुपैयाँ दरका नोटले ओगटेको छ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापनसम्बन्धी तथ्यांकअनुसार २०८३ असार मसान्तसम्म ३ अर्ब ५६ करोड २ लाख ५१ हजार ३५२ थान बैंकनोट चलनचल्तीमा छन्। यी नोटको कुल मूल्य ८ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँ बराबर छ।

चलनचल्तीमा रहेका नोटमध्ये ५ रुपैयाँ दरका नोट सबैभन्दा धेरै ७९ करोड ४६ लाख ८० हजार २८४ थान छन्। कुल नोट संख्याको २२.३२ प्रतिशत हिस्सा पाँच रुपैयाँका नोटले ओगटेका छन्।

त्यस्तै, १० रुपैयाँ दरका ५९ करोड ५४ लाख ६८ हजार ८६ थान नोट चलनचल्तीमा छन्। कुल संख्याको १६.७३ प्रतिशत हिस्सा १० रुपैयाँका नोटले ओगटेका छन्।

संख्याका हिसाबले तेस्रो स्थानमा १ हजार रुपैयाँ दरका नोट छन्। बजारमा ५५ करोड ४६ लाख ५४ हजार ६१४ थान हजारका नोट चलनचल्तीमा छन्। कुल नोट संख्याको १५.५८ प्रतिशत हिस्सा हजारका नोटले ओगटेका छन्।

नगद मूल्यको ९२ प्रतिशत हिस्सा ठूला नोटमा

नोटको संख्या र कुल रकमलाई तुलना गर्दा बजारमा ठूला दरका नोटको प्रभाव देखिन्छ। चलनचल्तीमा रहेको कुल ८ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँमध्ये १ हजार दरका नोटको मूल्य ५ खर्ब ५४ अर्ब ६५ करोड रुपैयाँ छ। यो कुल नगद मूल्यको ६८.६७ प्रतिशत हो।

त्यस्तै, ५०० रुपैयाँ दरका नोटको मूल्य १ खर्ब ८८ अर्ब १६ करोड रुपैयाँ छ। कुल नगद मूल्यको २३.३० प्रतिशत हिस्सा पाँच सयका नोटले ओगटेका छन्।

हजार र पाँच सय दरका नोट मात्रै जोड्दा चलनचल्तीमा रहेको कुल नगद मूल्यको ९१.९७ प्रतिशत हिस्सा हुन्छ। अर्थात् बजारमा नोटको संख्या धेरै साना दरका भए पनि कुल रकमको अधिकांश हिस्सा ठूला दरका नोटमा केन्द्रित छ।

बाँकी रकममा १०० रुपैयाँ दरका नोटको हिस्सा ४.१७ प्रतिशत, ५० रुपैयाँ दरका नोटको १.६२ प्रतिशत, २० रुपैयाँ दरका नोटको ०.९५ प्रतिशत र १० रुपैयाँ दरका नोटको ०.७४ प्रतिशत छ।

एक वर्षमा ४६ अर्बभन्दा बढीका नयाँ नोट बजारमा

बजारमा नगदको माग व्यवस्थापन गर्न राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷८३ मा ४६ अर्ब १० करोड १५ लाख रुपैयाँ बराबरका नयाँ नोट चलनचल्तीमा पठाएको छ। विभिन्न दरका ८ करोड ४२ लाख ५० हजार थान नयाँ नोट निष्कासन गरिएको राष्ट्र बैंकले जनाएको छ।

नयाँ नोट निष्कासनमा रकमका हिसाबले ५०० रुपैयाँ दरका नोट अग्रस्थानमा छन्। ५०० दरका १ हजार २१० बाकस अर्थात् ३० अर्ब २५ करोड रुपैयाँ बराबरका नोट बजारमा पठाइएको छ।

त्यस्तै, १ हजार दरका २१४ बाकस अर्थात् १० अर्ब ७० करोड रुपैयाँ बराबरका नोट बजारमा पठाइएको छ।

तर, बाकस संख्याका हिसाबले ५ रुपैयाँ दरका नोट सबैभन्दा बढी पठाइएको छ। ५ रुपैयाँ दरका १ हजार २४२ बाकस अर्थात् ३१ करोड ५ लाख रुपैयाँ बराबरका नोट बजारमा पठाइएको हो।

ढुकुटीमा ८८ अर्बका नयाँ नोट मौज्दात

नोट बजारमा पठाउने क्रमसँगै राष्ट्र बैंकले नयाँ नोटको मौज्दात पनि कायम राखेको छ। २०८३ असार मसान्तमा राष्ट्र बैंकको ढुकुटीमा ८८ अर्ब १४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात छन्।

यसअघि २०८२ असार मसान्तमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख रुपैयाँ थियो। २०८१ असार मसान्तमा भने १ खर्ब ४५ अर्ब ७ करोड रुपैयाँ बराबरका नयाँ नोट मौज्दात थिए।

बजारमा नयाँ नोट पठाउने मात्रै होइन, चलनचल्तीका लागि अयोग्य बनेका नोट हटाउने प्रक्रिया पनि राष्ट्र बैंकले निरन्तर गर्दै आएको छ।

आर्थिक वर्ष २०८२/८३ मा मात्रै १६ करोड २ लाख ६१ हजार ३२४ थान नोट धुल्याइएको छ। यी नोटको मूल्य २० अर्ब ७ करोड ४ लाख रुपैयाँभन्दा बढी छ।

संख्याका हिसाबले १० रुपैयाँ दरका नोट सबैभन्दा धेरै धुल्याइएको छ। रकमका हिसाबले भने ५०० रुपैयाँ दरका नोट सबैभन्दा धेरै धुल्याइएको छ।

राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयन गर्दै चाडपर्वमा समेत नयाँ नोटको सट्टा सुकिलो नोट व्यवस्थापन गर्ने नीति अपनाएको छ। नोटको गुणस्तर, सुरक्षा र आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नोटकोष व्यवस्थापन निर्देशिका, २०८२ जारी गरी नोटकोषहरूको निरीक्षण तथा अनुगमनसमेत गर्दै आएको छ।

प्रकाशित: २०८३ मङ्सिर ३ गते बिहिबार ०१:५४
प्रतिक्रिया

थप समाचार

तीन महिनामा बैंकको कर्जा ३.१ प्रतिशत बढेर पुग्यो १८४ अर्ब

निजी क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशत अर्थात् १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले वृद्धि भई ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको नाफा ८३ अर्ब नाघ्यो, सरकारलाई  ४२ अर्ब

स्वदेशी मुद्राको ब्याज आम्दानी भने नकारात्मक

रश्मी पन्तसहित प्रभु बैंकका २ कर्मचारी बर्खास्त, २ जनाको पद घटुवा

काठमाडौँ: प्रभु बैंकले कर्जा प्रवाह र रेमिट्यान्स कारोबारसँग सम्बन्धित विषयमा अनुशासनात्मक कारबाही गर्दै चार कर्मचारीमाथि कारबाही गरेको छ। बैंकले चिफ बिजनेस अफिसर रश्मी पन्तसहित दुई कर्मचारीलाई...

तलबभन्दा साढे ४ गुणा बढी भत्ता, गभर्नरदेखि सञ्चालकसम्म कसले कति पाए सुविधा?

गत आवमा राष्ट्र बैंकका उच्च पदाधिकारीको तलबमा ४८ लाख ९६ हजार खर्च हुँदा अन्य भत्ता तथा सुविधामा २ करोड १५ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ।

फिचको निष्कर्षः खराब कर्जाले बैंकको सम्पत्तिको गुणस्तर निरन्तर खस्कँदो

फिचले नेपालको सार्वभौम साख मूल्यांकन गर्ने क्रममा बैंकिङ क्षेत्रको बढ्दो खराब कर्जालाई रेटिङ सुधारमा बाधक बन्न सक्ने महत्वपूर्ण पक्षका रूपमा उज्जागर गरेको छ।
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना