कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा साँझ ५ बजे सुरू हुने खेलका लागि टस जितेर चितवनका कप्तान रवि बोपराले सुदूरपश्चिमलाई फिल्डिङको निम्तो दिएका छन्।

सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो। चितवन  इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई  पराजित दोस्रो क्वालिफारयमा पुगेको हो।

आज जित्ने टोली फाइनल पुग्नेछ। फाइनलमा लुम्बिनीसँग खेल्नेछ। फाइनल खेल मंसिर ५ गते हुनेछ।