२०८३ मङ्सिर ६ गते आईतबार

प्रतिकूल वर्षाको मारमा पर्साका किसान, तरकारी खेतीमा पुगेन सरकारको प्रविधि र बाली बीमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ५
tarkari

वीरगञ्ज। पर्साको ठोरी गाउँपालिका किसानहरुलाई बेमौसमी पानिले ठुलो मारमा पारेको छ। समयमा प्राविधिक जानकारीको अभाव र बाली बीमाको पुहच नपुग्दा किसानले लाखौको नोक्सानी उठाउनु परेको हो।

ठोरी गाउँपालिका–बुद्धनगरका किसानहरु तराकारी खेतीबाट लाखौ आम्दानी गर्दै आएपनि यसबर्षको पानिले ठुलो घाटा उठाउन बाध्य बनाएको छ।

ठोरी बुद्धनगरका किसान हरिप्रसाद घिमिरे एक दशकदेखि तरकारी खेतीबाट बार्षिक लाखौ रुपैया आम्दानी गर्दै आएका थिए। यस वर्ष उनी चार कठ्ठामा काँक्रो, दुई कठ्ठामा काउली, ५ कठ्ठामा मुला,साग र ८ कठ्ठामा टमाटर लगायतका तरकारी लगाएका थिए।

तर बेमौसमी पानिले काँक्रो खेतमै सुखेको उनले बताए। बिगतका बर्षमा लगानी कटाएर वार्षिक ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन्।

भारतीय सिमावर्ती किसानहरुसंग कडा मुल्य प्रतिस्पर्धाको बावजुद स्थानीय बजारमा उत्पादित तरकारीको राम्रो खपत हुने गरेको उनी बताउँछन, ‘माँग अनुसार वीरगञ्ज र सीमावर्ती भारतीय बजारसम्म पनि तरकारी पठाउने गरेका छौ।’

उच्च शिक्षा हासिल गरेका घिमिरेलाई खेतीपातीमा उनकी पत्नी सुमित्रा कोइराला पनि उत्तिकै साथ सक्रियता रहने गरेको छ। श्रीमानसँगै खेतबारीमा उनी पनि साथ दिदै आएकी छिन।

बालीमा क्षति हुँदा लगानी डुब्ने जोखिम बढेको छ। प्रदेश वा स्थानिय सरकारको प्राविधिक सहयोग र बाली बिमाको उचित व्यवस्था नभएकाले पनि ठुलो क्षतिको भरपाई बेहर्नु पर्ने उनको चिन्ता छ।

उनले भने, ‘गाउँपालिकामा कृषि प्राविधिक भए पनि हामिले किटनासक छर्ने ट्यांकी र केहि बिउबिजको मात्र सहयोग एक दशकको बीचमा पाएका छौ।’

‘तराकारीखेती सम्बन्धी सुझाव, सल्लाह र रोग नियन्त्रणका लागि खेतमै पुगेर आवश्यक सुझाव अहिलेसम्म पाएका छैनौ’ घिमिरेले भने, ‘खेतीमा लाखौको क्षति हुँदापनि खेतमै आएर निरीक्षण गर्ने र समाधान सुझाउने प्राविधिकको अभाव मात्रै छैन,कुनै सरकारबाट कुनै अनुदान दिने पनि गरिएको छैन ,प्रदेश सरकारले लाखौको बजेट छुट्याए पनि नेता–कार्यकर्तासम्म त्यो बजेट पुग्न सकेको छैन’, उनको गुनासो छ।

बुद्धनगरकै ३७ वर्षीय अरुण अधिकारी पनि ८ बर्षदेखि आलुको खेतीबाट मनग्य कमाउने गरेका छन। उनी व्यावसायिक रुपमा २ बिग्गामा आलुको खेती बार्षिक रुपमा गर्दै आएका छन। यसबाहेक उनी काउली, गोलभेडा, लौका र काँक्रो खेतमा उत्पादन गरी व्यवसायीक रुपमै तराकारी खेती गर्ने गरेका छन।

गत वर्ष ५० क्विन्टल गोलभेडा बिक्री गरेका अधिकारी यस वर्ष भने ५किलो पनि बेच्न नपाएको दुखेसो सुनाए। बेमौसमी पानीका कारण टमाटर बाली पुरै नष्ट भएको उनी बताउँछन्।

खेतको मेहनत र लगानी प्राकृतिक प्रकोपका कारण खेर जाँदा किसानलाई आर्थिक संकट पर्ने गरेको उनको भनाइ छ।

‘यस्तो बेला किसानले करकारी सुझाव र सहयोग पाउनु पर्ने हो ,तिनैमा कुनै पनि सरकारी निकायको अग्रसर्ता देखिएको छैन,’ उनले भने।

तरकारी खेतीबाट २ देखि ५लाख सम्म बार्षिकरुमा ठोरी बुद्धनगरका ४३ बर्षिय हरिप्रसाद घिमिरे र ३६ बर्षिय रंजित कुमार आम्दानी गर्ने गरेको बताउछन। एक दशक अगाडी सउदीबाट फर्केका रंजित तरकारी खेती र कुखुरा पालनबाटै राम्रो आमदानी गर्न सकिने अनुभव सुनाउँछन।

सबै किसानको समस्या उत्पादन र बजार भन्दा पनि सरकारी निश्क्रियता र कृषिबजेट उचितरुपमा किसानसम्म पुग्न नसकेको गुनासो छ। कृषिलाई उधोगीकरण गर्न प्रणालीलाई व्यवस्थित बनाउनका साथै अनुदान खेतसम्म पुग्न नसकेकोे धारण छ।

स्थानीय बजारमा उत्पादित तरकारीले मांग धान्न नसक्दा दैनिक १० हजार रुपैयाँ भन्दा बढी मूल्यको तरकारी वीरगञ्जबाट ठोरीको बजारमा मात्र आयात हुने गरेको स्थानीय किसान बताउँछन। यसले ठोरीमै तरकारी उत्पादन विस्तारको सम्भावना देखाए पनि किसानले त्यसअनुसार प्रोत्साहन पाउन सकेका छैनन्।

ठोरीमा तरकारी खेतीको सम्भावना भएपनि बाली बीमा, प्राविधिक सेवा, गुणस्तरीय बीउ र आवश्यक उपकरण उपलब्ध गराउन सके अहिले खेती गरिरहेका किसानलाई राहत पुग्नुका साथै थप युवाहरुलाई विदेशिनु भन्दा पनि कृषिमा आकर्षित गर्न सकिने स्थानिय बताउँछन््।

प्रकाशित: २०८३ मङ्सिर ५ गते शनिवार ०६:१६
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा दिल्ली जाने यी हुन् ५२ उद्योगी, को कुन क्षेत्रका ? [सूची]

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह आगामी मंसिर ६ गते छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदैछन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने...

स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ: उद्योगमन्त्री साह

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको समृद्धिका लागि आयात बढाउनेभन्दा स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन्। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण...

दूधको मूल्य बढाउन सहमति

काठमाडौं। दूधको मूल्य बढाउन डेरी क्षेत्रका सरोकारवालाहरूबीच सहमति जुटेको छ। करिब चार वर्षदेखि दूधको मूल्य वृद्धि नभएको भन्दै किसान, दुग्ध उत्पादक सहकारी तथा उद्योगीहरूले मूल्य बढाउनुपर्नेमा...

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...

हिम पर्वत हाइड्रोले सिटिजन्स बैंकको ऋण तिर्न ५९ करोडको आईपीओ ल्याउदै

कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/०८३मा १७ करोड रुपैयाँ खुदनाफा कमाएको छ।
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना