काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि उचालेको हो।
पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्यो।
सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारी र जर्ज मुन्सेले अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
दुवै ब्याटरले आक्रामक ब्याटिङ गर्दै लुम्बिनीका बलरलाई दबाबमा राखेका थिए।

