२०८३ मङ्सिर ६ गते आईतबार

नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ६
bagdora_airport

काठमाडौं। भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ। भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत रहेको भारतीय स्रोतले जनाएको छ।

‘त्यस्तो कुनै प्रस्ताव छैन,’ भारतीय स्रोतले आइतबार स्पष्ट पार्दै सैन्य विमान सञ्चालनका लागि नेपालसँग अनुमति मागिएको भन्ने समाचारको खण्डन गरेको हो। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२ देखि २३ सम्म हुने भारत भ्रमणअघि दुई देशबीच हवाई सम्पर्क विस्तारका विषयमा छलफल हुने समाचार सार्वजनिक भएका थिए।

ती समाचारमा भारतले पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलबाट आवतजावत गर्ने नागरिक उडानका लागि नेपालको आकाशमार्ग प्रयोग गर्न चाहेको उल्लेख थियो। तर, सैन्य विमानसम्बन्धी प्रस्ताव गरिएको भन्ने दाबीलाई भारतले अस्वीकार गरेको हो।

प्रधानमन्त्री शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शाह प्रधानमन्त्री बनेपछि भारतको पहिलो भ्रमण तथा प्रधानमन्त्रीका रूपमा पहिलो द्विपक्षीय विदेश भ्रमण हो। उनी सन् २०२६ मार्चमा प्रधानमन्त्री बनेका थिए।

भारतीय विदेश मन्त्रालयका अनुसार शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् भने सोमबार प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा नेपाल–भारत सम्बन्धको समग्र समीक्षा तथा क्षेत्रीय र विश्वव्यापी चासोका विषयमा विचार आदानप्रदान हुने बताइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार शाह नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली जानेछन्। उनीसँग अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारसहित ३४ सदस्यीय प्रतिनिधिमण्डल रहनेछ।

परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुई देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने र त्यसपछि संयुक्त पत्रकार सम्मेलन गरिने जानकारी दिएका थिए। भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन्।

भ्रमणका क्रममा ऊर्जा र सम्पर्क सञ्जालसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन तथा आगामी परियोजनाको शिलान्यास गर्ने तयारी छ । व्यापार, पारवहन, लगानी, ऊर्जा, कनेक्टिभिटी र पूर्वाधार विकासलाई छलफलको प्राथमिकतामा राखिएको छ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने विषय पनि छलफलमा रहने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा नेपाल–भारत व्यापार मञ्चसमेत आयोजना हुनेछ। उक्त मञ्चमार्फत नेपालमा भारतीय लगानी आकर्षित गर्ने र दुवै देशका व्यवसायीबीच साझेदारीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ।

भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्ध र जनस्तरको निकटतामा आधारित मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरेको छ। पछिल्लो समय व्यापार, विकास साझेदारी, ऊर्जा, जलस्रोत तथा भौतिक र डिजिटल सम्पर्क सञ्जालका क्षेत्रमा दुई देशबीचको सहकार्य विस्तार हुँदै गएको मन्त्रालयको भनाइ छ। एएनआई

प्रकाशित: २०८३ मङ्सिर ६ गते आईतबार ०२:२८
प्रतिक्रिया

थप समाचार

३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम...

स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ: उद्योगमन्त्री साह

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको समृद्धिका लागि आयात बढाउनेभन्दा स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन्। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण...

आईएमएफबाट प्राप्त १०७ मिलियन ऋण मन्त्रिपरिषद्‌द्वारा स्वीकार, प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृति

काठमाडौँ: सरकारले भोटेकोशी बाढी प्रभावितका लागि चीन सरकारबाट प्राप्त हुने २०० मिलियन (२० करोड रुपैयाँ) अनुदान र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट र्‍यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत...

प्रधानमन्त्रीको भारत भ्रमणमा ३४ सदस्यीय सरकारी टोली, निजी क्षेत्रबाट ५२ जना

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह आगामी मंसिर ६ गते छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदैछन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने भारत...

प्रधानमन्त्रीको भारत भ्रमण: ‘नेपाली आकाशको सैन्य प्रयोजन र उड्ड्यनबीच स्पष्ट भिन्नता राख्नुपर्छ’

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन्। २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा सम्पन्न निर्वाचनबाट...
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना