परराष्ट्रले भन्यो- हमास आक्रमणमा ९ नेपाली घाइते

काठमाडौं-  इजरायलमा हमासको आक्रमणमा परी ९ नेपाली घाइते भएको परराष्ट्र  मन्त्रालयले जानकारी दिएको छ। तीमध्ये दुईको अवस्था गम्भीर छ। शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो। घाइते नेपालीको विवरण खुलाइएको छैन। मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाइएको छ।