हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट बगायो

काठमाडौं– भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट बगाएको पाइएको छ। उक्त बुलेट बाढीमा बग्दै बग्दै अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको छ । बुलेट लिक भएको आँकलन समेत गरिएको छ। अहिले उक्त क्षेत्रमा ग्यासको गन्ध आइहेको छ। स्थानीहरू गन्धका कारण त्रसित छन्।