२०८३ असोज १८ गते आईतबार

ट्रायल पास २५ लाखले लाइसेन्स पाउन बाँकी, तयार भयो/भएन? यसरी थाहा पाउनुस् फेसबुकबाटै

 |  रेम बिक
Sanket

रेम बिक

काठमाडौँ, मङ्सिर १४
licensee

काठमाडौँ: जेनजी आन्दोलनपछि क्षतिग्रस्त यातायात व्यवस्था विभागअन्तर््गत कार्यालयहरू अधिकांश नियमित रूपमा सञ्चालनमा आए पनि पूर्णरूपमा सेवा प्रवाह गर्न अझैं दुई महिना लाग्ने भएको छ। जेनजी आन्दोलनको क्रममा जलेर पूर्णरूपमा ध्वस्त भएको विभागको कार्यालय र अन्य यातायात कार्यालयसँगै सूचना प्रविधिको कामको ‘फाइनल अपडेट’ दुई महिनाभित्र भैसक्ने विभागले जनाएको हो।

‘जलेका संरचना पुनर्निर्माण र रेट्रोफिटको काम अन्तिम चरणमा पुर्‍याएका छौँ। हाल टेन्टबाटै भए पनि अत्यावश्यक सेवा प्रवाह गरिरहेका छौँ,’ विभागका आईटी निर्देशक केशव खतिवडाले नेपाल क्लिक्ससँग भने, ‘भवनसँगै सूचना प्रविधिको सिस्टम र डाटा सेन्टर पनि पूर्णरूपमा क्षति भएकोमा हाल त्यसको पनि काम भैरहेको छ।’

हाललाई चौरमा टेन्ट लगाएर आंशिक सेवा प्रवाह भैरहेको छ। सूचना प्रविधिको सवालमा पनि ‘टेम्पररी सोलुसन’को काम भैरहेको विभागले जनाएको छ।

विभाग अन्तर्गत नेपालभर ४१ वटा यातायात कार्यालयहरू छन्। ३९ वटा कार्यालयहरूमार्फत् सेवाग्राहीहरूले नियमित सेवा लिइरहेका छन्। दुईवटा कार्यालयहरू भने पूर्णरूपमा ध्वस्त भएका कारण निर्माणाधीन छन्।

‘लाइसेन्स वितरण, ट्रायल, परीक्षा, नवीकरण जस्ता अत्यावश्यक सेवाहरू सञ्चालनमा आएका सबै कार्यालयहरूले सेवाग्राहीहरूलाई सहजीकरण गरिरहेका छन्,’ खतिवडाले भने।

२५ लाख लाइसेन्स वितरण गर्न बाँकी
विभागका अनुसार ट्रायल पास गरेका २५ लाख बढीको लाइसेन्स प्रिन्ट गरेर वितरण गर्न बाँकी रहेको छ। जेनजी आन्दोलनअघि दैनिक २५ सय लाइसेन्स प्रिन्ट गरेर वितरण गर्दै आएको विभागले प्रिन्टर जलेसँगै सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराउन सकेको थिएन।

विदेश जाने नेपाली र अत्यावश्यक क्षेत्रमा कार्यरत व्यक्तिलाई प्राथमिकतामा राखेर लाइसेन्स वितरणको काम भैरहेको विभागको भनाइ छ। लाइसेन्स प्राप्त नहुँदा धेरै सर्वसाधारणहरू मर्कामा परेका छन्।

‘हाल लाइसेन्स प्रिन्टको सन्दर्भमा हामीले सञ्चार मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेका छौँ,’ खतिवडाले भने, ‘केन्द्रले पहिलो र दोस्रो चरणमा छापेका लाइसेन्स हामीलाई उपलब्ध गराइसकेको छ।’ यसअघि विभागले ‘चिप बेस’ लाइसेन्स प्रिन्ट गर्दै आएकोमा सुरक्षण मुद्रण केन्द्रले प्रिन्ट गर्ने लाइसेन्स भने ‘क्यूआर बेस’मा रहेको जनाएको छ।

कात्तिक १७ गते विभाग र केन्द्रबीच भएको सम्झौताअनुसार ६ महिनाभित्र केन्द्रले विभागलाई १२ लाख प्रति लाइसेन्स प्रिन्ट गरेर दिइसक्नुपर्छ। दुई चरणमा छापिएका लाइसेन्स विभागलाई बुझाइसकेको केन्द्रले तेस्रो चरणका लाइसेन्स पनि छापिसकेको जनाएको छ। तेस्रो चरणका लाइसेन्स भने उपलब्ध गराउन बाँकी छ।

सुरक्षण मुद्रण केन्द्रले प्रति लाइसेन्स १९५.१७ रूपैयाँ (करबाहेक)मा शूल्क लिइरहेको छ। लाइसेन्स प्रिन्टवापत करिब साढे २३ करोड रूपैयाँ विभागले केन्द्रलाई बुझाउनेछ।

विभागले प्रिन्ट भएर आएका लाइसेन्स वितरण गरिसकेको जनाएको छ।

फेसबुकबाटै छापिएका लाइसेन्सको जानकारी
विभागले फेसबुक पेजमार्फत् तयार भएर आएका लाइसेन्सको विवरण सार्वजनिक गर्दै आएको छ। ‘हेलो यातायात व्यवस्था विभाग’ नामक फेसबुकमार्फत वितरणयोग्य तयारी लाइसेन्सको विवरण विभागले अपडेट गर्दै आएको छ। साथै उसले विभागको सूचनापाटीमा समेत वितरण योग्य लाइसेन्सको विवरण टाँस गर्दै आएको जनाएको छ।

नेपालमा हाल ५७ लाखभन्दा बढी व्यक्तिहरूले सवारी लाइसेन्स प्राप्त गरिसकेका छन्। यीमध्ये २५ लाख भन्दा बढीले अझैं पनि लाइसेन्स कार्ड प्राप्त गर्न सकेका छैनन्। जेनजी आन्दोलन अगाडि नै यो समस्या रहेकोमा विभागसँगै अन्य यातायात कार्यालयहरू पनि जलेर ध्वस्त हुँदा सर्वसाधारणहरूलाई लाइसेन्स कार्ड प्राप्त गर्न अझैं समस्या परेको छ।

प्रकाशित: २०८२ मङ्सिर १४ गते आईतबार ०५:५५
प्रतिक्रिया

थप समाचार

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

काठमाडौँ: रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको...

भोटेकोशी बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा

काठमाडौँ: भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले संकलन थालेको छ। बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा...

४ लाख ३० हजार डाउन पेमेन्टमा नयाँ टियागो इभी, एक्सचेन्ज भ्यालुएसनको पनि सुविधा

काठमाडौँ: टाटा मोटर्सको टियागो ईभी नेपाली बजारमा विशेष सुविधासहित उपलब्ध भएको छ। नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभी लक्षित ‘जोयफुल विक’ अभियान सञ्चालन गरिरहेको हो। सेप्टेम्बर...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना