२०८३ असोज १८ गते आईतबार

रसायनिक मल कारखाना कागजमै सीमित, आयातित मलले धान्दैन माग

 |  रेम बिक
Sanket

रेम बिक

काठमाडौँ, मङ्सिर १८
mall

काठमाडौँ:  सरकारले पटक–पटक नेपालमै रसायनिक मल कारखाना खोल्ने घोषणा गरे पनि त्यससम्बन्धी आधारभूत प्रारम्भिक काम समेत अघि बढ्न सकेको छैन। २०४१ सालमा जापानी सहयोग नियोग (जाइका) ले गरेको अध्ययनदेखि सरकारका विभिन्न नीति तथा कार्यक्रम र बजेटमा यो विषय समावेश हुँदै आएको छ।  २०७८ सालमा सरकारले ३ वर्षभित्र मल कारखाना खोल्ने घोषणा गरेको थियो। तर त्यो घोषणामै सीमित रह्यो।

मल कारखाना खोल्ने वक्तव्यबाजी लामो समयदेखि चल्दै आए पनि वर्षैपिच्छे किसानले धान रोप्ने वेला मल नपाउने समस्या ज्यूँका त्यू छ।

पछिल्लो आर्थिक वर्षको बजेटमा लगानी बोर्डमार्फत परियोजना अघि बढाइने उल्लेख गरिएको छ। तर हालसम्म कुनै मूर्त प्रगति देखिकएको छैन। मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन लगानी बोर्डले गरिरहेको छ। तर कारखाना स्थापनाका लागि ठूलो लगानी चाहिने भएकाले बजेटका विषयमा छलफल समेत हुनसकेको छैन।

‘मन्त्रालयमा हालसम्म यो विषयमा कुनै बजेट छुट्याउने विषयमा छलफल भएको छैन। यद्यपि लगानी बोर्डमार्फत पहिलो चरणको अध्ययन भएको विषय भने जानकारीमा छ,’ अर्थ मन्त्रालयका कृषि बजेट शाखाका युवराज श्रेष्ठले भने, ‘ठूलो बजेटको परियोजना भएकोले यसबारे गम्भिर छलफल र योजनाहरू बन्न जरुरी भने छ।’

पहिलो चरणको अध्ययनले रसायनिक मल कारखाना उद्योग स्थापनाका लागि सामान्यतः ३ खर्बसम्म लगानी लाग्ने अनुमान गरेको छ। जुन नेपालको वार्षिक बजेटको १५ प्रतिशतभन्दा ज्यादा हिस्सा हो। चालु आर्थिक वर्षको नेपालको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रहेकोमा ३ खर्ब त्यसको १५.२८ प्रतिशत हो।

यद्यपि,  लगानी बोर्डले विदेशी लगानीकर्ताहरूलाई यो परियोजनामा जोड्न भने सक्छ।  यसअघि पनि बोर्डले जर्मनको कम्पनीसँग प्रारम्भिक छलफल गरेको थियो। तर कुनै प्रतिफल आउन सकेन।

यता कृषि मन्त्रालयले पनि रसायनिक मल कारखानाको परियोजना अगाडि बढाउन चासो देखाइरहेको छ।  ‘नेपालमा वर्षेनि मल अभाव हुँदै आएको छ।  सरकारले कृषिसँग प्रत्यक्ष जोडिने मल कारखानाको परियोजना संचालन गर्ने भन्ने विषयमा हाम्रो पनि चासो छ,’ कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी महानन्द जोशीले भने,‘परियोजना सञ्चालन गर्न सके नेपालको कृषि क्षेत्रलाई सहज हुनुका साथै त्यसले समग्र अर्थतन्त्रलाई नै सुधार गर्न पनि सक्छ। ’

रसायनिक मल उत्पादनको लागि ठूलो मात्रामा प्राकृतिक मिथेन ग्यास भण्डार चाहिने र ग्यास उत्पादनको पूर्वाधारसँगै एउटा छुट्टै पावरप्लान्ट पनि त्यसका लागि आवश्यक हुने विज्ञहरू बताउँछन्।  पछिल्लो समय दैलेखमा भेटिएको १ अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यासको भण्डारबाट ठूलो मात्रामा रसायनिक मल उत्पादन गर्न सकिने नेपाल आयल निगमका इन्जिनियरिङ तथा परियोजना विभागका निर्देशक विनितमणि अधिकारीले बताए।  ‘हामीले सरकारलाई दैलेखको ग्यास भण्डारबाट रसायनिक मल उत्पादन गर्न सकिने रिपोर्ट बुझाइसकेका छौँ,’ दैलेखको ग्यास उत्खनन सम्भाव्यतासम्बन्धि सरकारले बनाएको समितिका अध्यक्ष समेत रहेका अधिकारीले भने, ‘यसरी उत्पादित मल नेपालमा प्रयोगसँगै अन्य देशमा पनि निर्यात गर्न सकिने सम्भावना छ।’

आयातमा निर्भर, सँधै अभाव
रसायनिक मलको लागि नेपाल आयातमै निर्भर छ।  कृषि सामग्री कम्पनी लिमिटेड र नेसनल ट्रेडिङले नेपालमा रसायनिक मल आयात गर्ने गरेका छन्।  अघिल्लो सिजनजस्तो यो पटक भने नेपालमा मल अभाव नरहेको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ।

हाल कम्पनीसँग मात्रै ६० हजार मेट्रिक टन रसायनिक कृषि मल स्टक छ।  त्यस्तै नेसनल ट्रेडिङले पनि आफूहरूसँग प्रशस्त स्टक रहेको जनाएको छ।  सामान्यत रसायनिक मलको अत्याधिक माग जेठ असार र कात्तिक मंसिरमा बढी हुने गर्छ।  यो पटक सिजनमै पनि मल स्टक रहँदा समस्या नरहेको कृषि सामाग्री कम्पनीले जनाएको छ।

ग्लोबल बिडिङ’मार्फत यी दुई सरकारी कम्पनीहरूले नेपाल आउने मल खरिद गर्दै आएका छन्।  पछिल्लो पटक सरकारले २८ अर्ब ८२ करोड रुपैयाँ रसायनिक मल खरिदको लागि बजेट छुट्याएको छ।  जसले ६ लाख मेट्रिक टन मल आयात गर्ने प्रक्षेपण गरिए पनि, त्यो अन्तराष्ट्रिय बजारमा बढेको मूल्यको कारण ५ लाख मेट्रिक टन मात्रै खरिद गर्न सकिने कृषि सामग्री कम्पनीका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायले बताए।

नेपालमा वार्षिक १० लाख मेट्रिक टन मलको माग रहेकोमा माग अनुसारको सप्लाई भने गर्न नसकिएको उपाध्याय बताउँछन्।  कम्पनीले कोटा प्रणालीबाट मलको वितरण गर्दै आएको छ।  ग्लोबल मार्केटमै मल अभाव हुँदा नेपालमा त्यसको असर देखिने गरेको उपाध्यायले बताए।  ‘मल उत्पादक र वितरण कम्पनी ग्लोबल्ली नै ५/६ वटा भन्दा छैनन्,’ उपाध्यायले भने,‘ग्लोबल्ली नै मलको ठूलो माग रहेकोले नेपालमा रसायनिक मल उत्पादनको परियोजना संचालन गर्न सके धेरै राज्यले धेरै आम्दानी गर्न सक्छ।’

प्रकाशित: २०८२ मङ्सिर १८ गते बिहिबार ११:११
प्रतिक्रिया

थप समाचार

आक्रामक लगानी विस्तार गर्दै रामेश्वर साह, सौरहा र जनकपुरपछि मुक्तिनाथ र बर्दियामा होटल खोल्ने

चितवनको सौराहामा ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेका शाहले जनकपुरधाममा २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल मिथिला निर्माण गरिरहेका छन्।

बूढानीलकण्ठ फरेष्ट हिल्सले लक्जरी वेलनेस रिसोर्ट बनाउदै, लागत १ अर्ब ११ करोड

होटल बनाउन १ अर्ब ११ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कूल लगानीमा स्वपुँजी र ऋण लगानी हिस्सा आधा हुने बूढानीलकण्ठ फरेष्ट हिल्सले जनाएको छ।

सेना, प्रहरी र सशस्त्रलाई पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। विकास आर्थिक...

सीएसआरको पैसा कब्जा गर्ने सरकारको तयारी, प्रस्तावित कम्पनी विद्येयकमा निजी क्षेत्रको असहमति

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको कम्पनी ऐनसम्बन्धी विधेयकको मस्यौदामा वार्षिक २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनीले आफ्नो खुद नाफाको कम्तीमा १ प्रतिशत रकम ‘संस्थागत...

रारा चाउचाउ गुणस्तरहीन, बिक्रीमा लगाइयो रोक

काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना