२०८३ मङ्सिर ६ गते आईतबार

स्मार्ट यात्रातर्फ हुलाक: बैंक, ई–कमर्श र लजिस्टिक अपडेट भएर अगाडि बढ्ने

 |  रेम बिक
Sanket

रेम बिक

काठमाडौँ, मङ्सिर १८
smart_hulak

काठमाडौँ: प्रविधिको अभूतपूर्व विकाससँगै अस्ताएको चिठ्ठीको युगसँगै ओझेलमा परेको हुलाक सेवालाई अब स्मार्ट अवतारमा पुनर्जीवन दिने तयारी गरिएको छ। सरकारद्वारा विशेष बजेट सुनिश्चित भएपछि परम्परागत हुलाकलाई ई–कमर्स, लजिस्टिक र आधुनिक बैंकिङसम्म विस्तार गर्ने तयारी तीव्र बनेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले हुलाकलाई स्मार्ट बनाउनको लागि रकम छुट्याईसकेको छ। स्मार्ट हुलाकले विद्युतीय व्यापार (ई–कमर्स) र ‘लजिस्टिक’ सेवालाई प्राथमिकतामा राखेर आफ्नो सक्रियता बढाउन लागेको हो। त्यस्तै ईएमएस (एक्सप्रेस मेल सर्भिस)लाई थप सुधार गरेर प्रतिष्पर्धात्मक बजारमा हुलाकले आफ्नो उपस्थितिलाई मजबुत बनाउने गरी काम अगाडि बढाएको छ।

‘पहिलो चरणमा हामीले स्मार्ट हुलाकबारे विभिन्न मापदण्डहरु तयार गरिसकेका छौँ,’ हुलाक सेवा विभागका निर्देशक जमुना मिश्रले भनिन्,‘मापदण्डको फाइनल ड्राफ्ट मन्त्रालय पठाइसकेका छौँ। त्यो स्वीकृत भएर आएलगत्तै स्मार्ट हुलाकको कामले अझैं तीव्रता पाउँछ।’ हुलाक स्मार्ट भएसँगै प्रतिस्पर्धात्मक बजारमा पनि यसको उपस्थिति रहने मिश्रले बताइन्।

ई–कमर्स, लजिस्टिक र इएमएसलाई प्राथमिकता राखेर आफूलाई स्मार्ट बनाउन खोजेको हुलाकले पहिलो चरणमा पूर्वाधारलाई जोड दिएर काम अगाडि बढाएको छ। हुलाक सेवा विभागले स्मार्ट हुलाकको लागि स्मार्ट प्रणाली निर्माणको लागि कम्प्युटर खरिद गर्न टेन्डर आह्वान गरिसकेको छ। ‘अबको केही वर्षमै सर्वसाधारणले स्मार्ट हुलाकको सुविधा उपयोग गर्न पाउनेछन्,’ मिश्रले भनिन्।

हाल देशभरका ७ सय ५३ वटै पालिकामा हुलाक कार्यालयको सञ्जाल रहेको छ। ‘देशभर ठूलो सञ्जाल र जनशक्ति रहेको हुलाकले स्मार्ट रूपमा धेरै राम्रो काम गर्न सक्छ। र, यसको उपादेयता अझैं बढ्छ,’ गोश्वारा हुलाक कार्यालयका प्रशासन तथा योजना शाखा प्रमुख रविन्द्र पोखरेलले भने, ‘यो हुलाक सेवाको अपडेटेड भर्सन हुनेछ।’

सूचना आदानप्रदानका लागि दुई दशकअघिसम्म नेपाल चिठ्ठीपत्रमा निर्भर थियो। मोबाइल फोन र इन्टरनेटको विकासपछि व्यक्तिगत चिठ्ठीपत्र आदानप्रदान शून्यमा झरेको छ। त्यसबाहेक हुलाकले सरकारी चिठ्ठीपत्र तथा आन्तरिक र बाह्य पार्सल सेवा उपलब्ध गराएको छ। उडानमार्फत १० केजी र सडकमार्फत् २० केजीसम्मको पार्सल डेलिभरीको काम पनि हुलाकमार्फत भैरहेको गोश्वारा हुलाकले जनाएको छ। त्यस्तै टिकटको उत्पादन र विक्रीवितरणको जिम्मा पनि हुलाककै मातहतमा रहेको छ।

हुलाकको आफ्नै बैंक र रेमिट्यान्स प्रणाली पनि
सञ्चार मन्त्रालयअन्तर्गत रहेको नेपालको हुलाकले कुनैवेला भारतीय लाहुरेहरूलाई लक्षित गर्दै रेमिट्यान्स सेवा पनि दिने गरेको थियो। विसं २०३१ सालमा अन्तर्राष्ट्रिय धनादेश कोष स्थापना गरेर भारतीय लाहुरे परिवारलाई रेमिट्यान्स उपलब्ध गराउने हुलाकले २०३३ सालमा नियमावली सार्वजनिक गर्दै हुलाक बचत बैंकको पनि स्थापना गरेको थियो।

तत्कालिन समयमा गाउँगाउँमा बचत गर्ने बानीको विकास गर्ने उद्देश्यसहित यो बैंक स्थापना भएको थियो। हालसम्म पनि हुलाक बचत बैंक जिवित नै छ। बचत तथा ऋण प्रवाहमा वाणिज्य बैंकसरह यो बैंकलाई सुविधा दिइएको छ।

हुलाकलाई स्मार्ट बनाउने सरकारको तयारीबीच हुलाक बचत बैंक, रेमिट्यान्स, कुरियर जस्ता फिचरलाई अपडेट गरेर अगाडि बढ्नेगरी हुलाकले मापदण्ड तयार गरेको छ। विश्व हुलाक संघको सदस्य समेत रहेको नेपालको हुलाक प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै अपडेट गर्ने हुलाक सेवा विभागले जनाएको छ।

प्रकाशित: २०८२ मङ्सिर १८ गते बिहिबार ०५:२९
प्रतिक्रिया

थप समाचार

एनभीडीया सीईओ प्रकारणले अम्बानी र अदानीलाई लाभको ढोका खुलेको हो?

कारबाहीले भारतका सबैभन्दा धनी मुकेश अम्बानी र गौतम अदानीका लागि अप्रत्याशित लाभको ढोका खोलिदिन सक्छ। यी ठूला धनी समूहहरुले अमेरिकी प्रविधि दिग्गजहरूका लागि विशाल डेटा केन्द्रसहित कृत्रिम...

भिसा र मास्टरकार्डका ग्राहकका व्यक्तिगत विवरण साइबर आक्रमणकारीको पहुँचमा

क्यानबेरा: विश्वका प्रमुख भुक्तानी सेवा प्रदायक भिसा र मास्टरकार्डसँग सम्बन्धित केही ग्राहकका व्यक्तिगत विवरण साइबर आक्रमणकारीको पहुँचमा पुगेको खुलासा भएको छ। नोभेम्बर १९ मा सार्वजनिक विवरणअनुसार,...

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना