२०८३ असोज १८ गते आईतबार

चौथो औद्योगिक क्रान्ति अवधारणा अघि बढाउँदै सरकार, कहिलेदेखि होला कार्यान्वयन?

 |  रेम बिक
Sanket

रेम बिक

काठमाडौँ, मङ्सिर २३
industry_4.0

काठमाडौँ: नेपालले विकास भैरहेका प्रविधिहरूको उच्चतम् प्रयोग गर्न सरकारले चौथो औद्योगिक क्रान्ति (‘इन्डष्ट्री फोर’) अवधारणा अघि बढाउँदैछ। चालू आर्थिक वर्षको बजेटमा सरकारले उद्योगमा प्रविधि प्रोत्साहन गर्न ‘इन्डष्ट्री फोर’को अवधारणा समावेश गरेको थियो। उक्त अवधारणा निजी क्षेत्रको पहलमा लागू गर्न लागिएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नीतिगत रूपमा उद्योगहरूको पछिल्लो अपडेटेड भर्सनलाई प्रवर्द्धन र नियमन गर्न कार्यविधि तयार गर्दैछ। अवधारणामा नेपालले साना, मझौला र ठुला उद्योगहरूलाई उत्पादन, ब्राण्डिङ र नियमनमा सहजीकरण गर्ने बजेटमा उल्लेख छ।

मन्त्रालयको पूर्वाधार महाशाखाले ‘इन्डष्ट्री ४.०’ लाई लिएर विभिन्न अवधारणापत्रहरू निर्माणलाई तीव्रता दिएको छ। ‘आन्तरिक रूपमा हामीले पहिलो चरणको कामहरू शुरु गरिसकेका छौँ,’ मन्त्रालयका पूर्वाधार महाशाखाका प्रमुख शम्भु मरासिनीले नेपाल क्लिक्ससँग भने, ‘कन्सेप्ट पेपरहरू तयार भैरहेका छन्। यो आर्थिक वर्षमा अवधारणाको मस्यौदाले मूर्त रूप पाइसक्छ।’

विश्वबजारमा उद्योगहरू प्राविधिक रूपमा आफूलाई अपग्रेड गर्दै पूर्ण एआई प्रणालीमा गैरहँदा नेपालमा पनि ‘इन्डष्ट्री ४.०’को अवधारणामा त्यसलाई राज्यले प्रबर्द्धनसँगै नियमन विधिलाई अपडेट गर्न लागेको उनको भनाइ छ। पहिलो चरणमा ‘इन्डष्ट्री ४.०’ नेपालको लागि नयाँ अवधारणा भएकोले यसको विषयमा विज्ञता हासिल गर्नका लागि प्राविधिक जनशक्तिहरूलाई अन्तर्राष्ट्रियस्तरमा तालिममा सहभागी गराइरहेको जानकारी दिएको छ।

‘नेपालमा इन्डष्ट्री ४.० को अवधारणा भर्खरै मात्र आएको हो। सबैभन्दा पहिला त हामी आफैँ यो विषयमा विज्ञता हासिल गर्न आफ्ना प्राविधिक कर्मचारीहरूलाई एजुकेट गर्ने काम गरिरहेका छौं’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सूचना अधिकारी लक्ष्मीकुमारी शाहीले भनिन्, ‘त्यसपछि यो विषयमा के के गर्न सकिन्छ भन्ने एउटा खाका आउँछ।’

चौथो चरणको औद्योगिक अवधारणामा जान उन्नत मेसिन र सफ्टवेयर प्रविधिमा व्यवसायीले ठूलो लगानी गर्नुपर्ने हुन्छ। ‘इन्डष्ट्री फोर’ भनेको उद्योगमा डिजिटल टान्सफर्मेसन हो। यो अवधारणा सबैभन्दा उन्नत हुन्छ। म्यानुअलबाट मेकानिकल हुँदै आएकोमा अब डिजिटल हुनेछ। यसबाट नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालमा उत्पादन हुने वस्तुको लागत घटेर प्रतिस्पर्धा क्षमताका साथै गुणस्तर बढेर अन्तर्राष्ट्रियस्तर कायम हुनेछ।

‘इन्डष्ट्री फोर’ अवधारणा नेपालमा नौलो अभ्यास हो। यद्यपि, विकसित र उदीयमान अर्थतन्त्र फोर अवधारणा भन्दा माथि पुगेका छन्। तर, नेपाल भने भर्खर यो अवधारणामा प्रवेश गर्न लागेको छ। छिमेकी भारत र चीनका साथै बंगलादेश पनि ‘इन्डष्ट्री फोर’को अवधारणामा गैसकेका छन्।

के हो ‘इन्डष्ट्री ४.०’ ?
‘इन्डष्ट्री ४.०’ उद्योगहरूको अपडेटेड भर्सन हो। संसार उद्योगको युगमा गए पनि कुनै बेला त्यसको सञ्चालनका लागि ‘म्यानुअल’ रूपमा ठूलो संख्यामा जनशक्ति चाहिन्थ्यो। धेरै मात्रामा जनशक्ति प्रयोग हुँदा पनि उद्योगहरूले उत्पादन क्षमता बढाउन सकेका थिएनन्।

जब सन् १७७० मा पहिलोपटक ब्रिटेनमा कोइला र तेल इन्धनबाट ठूला उद्योगहरू सञ्चालन हुन थाले र स्वचालित उद्योग सामग्रीहरूबाट उत्पादन गर्न थालियो, त्यही समयलाई उद्योग युगको पहिलो चरण, अर्थात् ‘इन्डष्ट्री १.०’ भनिन्छ। म्यानुअल तरिकाले चल्ने उद्योगहरूले त्यसपछि आफ्नो उत्पादकत्व बढाए। कम लागतमा धेरै उत्पादन हुने भएपछि तत्कालिन समयमा यसलाई उद्योग क्षेत्रमा ठूलो उपलब्धि मानियो।

जब सन् १८३० को दशकमा उद्योगहरू बिजुलीबाट सञ्चालन हुन थाले, त्यसपछि त झन् उद्योगहरू अझै फस्टाए। बिजुलीबाट उद्योगका सामग्रीहरू सञ्चालन गर्दा उत्पादन क्षमता अझै बढ्न थाल्यो। यो युगलाई उद्योग क्षेत्रले ‘इन्डष्ट्री २.०’ मान्छ। पछि सन् १९६० देखि ७० को दशकमा विश्वयुद्धको क्रममा उद्योग क्षेत्रमा अझ धेरै प्रविधिको विकास हुन थाल्यो। उद्योग क्षेत्र पनि अपडेट हुँदै गयो। यो समयमा ‘फुल्ली अटोमेटेड’ शैली उद्योगहरूले अपनाउन थाले। उद्योग इतिहासले समयको यो कालखण्डलाई ‘इन्डष्ट्री ३.०’ भन्छ।

२१औँ शताब्दीको शुरुवातसँगै संसारभर प्रविधिको विकास अत्यधिक तीव्र गतिमा हुन थाल्यो। त्यसको प्रभाव उद्योग क्षेत्रमा नपर्ने कुरै भएन। इन्टरनेटको तीव्र विकास हुँदै सेन्सर सिस्टमबाट डाटा सेन्टर र कन्ट्रोल रूपमार्फत नै उद्योगहरू ‘फुल अटोमेटेड’ प्रणालीमा सञ्चालन हुँदा त्यसले थप नवीनतासँगै उत्पादन क्षमतामा आफूलाई अब्बल बनाउँदै लग्यो। त्यसयताको उद्योगको युगलाई ‘इन्डष्ट्री ४.०’ मानिन्छ।

‘हाल विश्वका उद्योगहरू इन्डष्ट्री ४.० संस्करणमा प्रवेश गरिरहेका छन्। प्रविधिको अत्यधिक विकास र प्रयोग पनि यही समयमा भइरहेको छ,’ उद्योग विभागका वरिष्ठ इन्जिनियर खगेन्द्र बस्नेतले भने, ‘त्यसैले नेपालमा पनि नीतिगत रूपमा यो विषयलाई स्पष्ट बनाउनुपर्ने अहिलेको आवश्यकता हो।’

बस्नेतले नेपालका उद्योगहरू पूर्ण रूपमा इन्डष्ट्री ४.० को अवधारणाअनुसार अपडेट नभए पनि आंशिक रूपमा भने यो अवधारणामा गैसकेको बताए।

‘जस्तो, रिद्धिसिद्धि सिमेन्ट उद्योगले यसअघि चुनढुंगामा कति क्याल्सियम, सिलिकन छ भन्ने कुरा पत्ता लगाउन स्याम्पल ब्वाइ मात्र २० जना राखेको थियो। तर अहिले डिजिटल्ली मेसिनले नै स्याम्प्लिङ गर्छ। सिमेन्ट उत्पादनका लागि मेसिनबाटै फुल्ली अटोमेटेड ल्याब परीक्षण गरेर चुनढुंगालाई अगाडि सप्लाइ गर्छ,’ उनले भने, ‘यस्ता धेरै उद्योगहरूले आफूलाई पछिल्लो प्रविधिसँग अभ्यस्त गराउनु नै अबको विकल्प हो।’

प्रविधिको विभिन्न अपडेटेड भर्सन आउँदा हालको अवस्थामा काठमाडौं बसेर पोखराको उद्योगलाई ह्यान्डल गर्न सकिने सुविधा आइसकेको बस्नेत बताउँछन्। यतिसम्म कि एउटा कोठामा बसेर इन्टरनेट र अन्य प्रविधिको प्रयोगले ट्र्याक्टरले खेत जोत्नेदेखि ड्रोनबाट बिउ छर्ने कामसम्म गर्न सकिने भएकाले उद्योगहरूले यसलाई आफ्नो उत्पादन क्षमता बढाउन अझ बढी प्रयोग गर्न सक्ने उनको भनाइ छ।

एआई प्रणालीको तीव्र विकास भइरहेको अहिलेको समयमा ‘इन्डष्ट्री ४.०’ लाई नीतिगत रूपमा सम्बोधन नगर्दा यहाँका उद्योगहरू अपडेट हुन नसक्ने खतरा रहने बस्नेतको बुझाइ छ। ‘सरकारले उद्योग अपडेट भइरहँदा कतिपय कुरामा सहुलियत दिन आवश्यक हुन्छ। कतिपय कुरामा प्रोत्साहन र प्रवर्द्धन गर्नुपर्ने हुन्छ। र, कतिपय विषयमा नियमन पनि गर्नैपर्छ,’ बस्नेतले भने, ‘त्यसका लागि सरकारकै प्रणाली पनि सोही अनुसार अपडेट हुन जरुरी छ।’

प्रकाशित: २०८२ मङ्सिर २३ गते मङ्गलबार ०६:०१
प्रतिक्रिया

थप समाचार

यसै वर्ष आर्थिक सुधारका २७ नयाँ कानुन ल्याउन सरकारको तयारी

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालू आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी...

नेप्से सुधारदेखि आईपीओ प्रणाली पुनरावलोकनसम्म, अर्थ समितिका ५ निर्देशन

काठमाडौँः नेपाली पुँजी बजारमा देखिँदै आएका कानुनी अस्पष्टता, प्रविधिगत कमजोरी र अस्वस्थ कारोबार नियन्त्रणका लागि प्रतिनिधिसभाको अर्थ समितिले सरकार तथा नियामक निकायलाई कडा निर्देशन दिएको...

भारतद्वारा जुट आयातमा एन्टी डम्पिङ शुल्क परिमार्जन

काठमाडौँ: भारत सरकारले नेपाल र बंगलादेशबाट जुट आयातमा एन्टी डम्पिङ शुल्क परिमार्जन गरेको छ। जसमा उत्पादन र उत्पादकको आधारमा विशिष्ट उत्पादकहरूका लागि शून्य शुल्क र बाँकीका लागि उच्च दर तोकिएको...

सेयर किन्न सजिलो, बेच्न झन्झट ! नयाँ नियमले बढायो झमेला

१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका ‘आधारभूत सेयरधनी’ले आफूले धारण गरेको सेयरको ५ प्रतिशतभन्दा बढी बिक्री गर्नुपरेमा कम्तीमा १५ दिन अगावै सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने व्यवस्था...

व्यवसायमा बाधा पुर्‍याउने कुन कानुन संशोधन गर्नुपर्छ? निजी क्षेत्रसँग सरकारले माग्यो सुझाव

काठमाडौँ: सरकारले उद्योग–व्यवसायमा बाधा पुर्‍याइरहेका कानुनी व्यवस्था पहिचान गरी सुधारका लागि निजी क्षेत्रसँग सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी क्षेत्रका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना