२०८३ मङ्सिर ६ गते आईतबार

सुमेरु सहकारीका बचतकर्ताले एक अर्ब २० करोड पाउँदै, सम्पत्ति बिक्रीका लागि बोलपत्र आब्हान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १६
sumeru_sevings

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ललितपुरको धापाखेलमा रहेको सुमेरु सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका बचतकर्तालाई बचत रकम फिर्ता गर्न प्रक्रिया अघि बढाएको छ।

समितिको कार्यालयले प्याकेज बनाई बचतकर्ताको रकम फिर्ता गर्न लागेको हो। पहिलो प्याकेजअन्तर्गत कार्यालयले बचतकर्तासँग प्रस्ताव माग गरेको छ। जसमा एक अर्ब २० करोड रुपैयाँ बचत रकम फिर्ता गर्ने समितिको कार्यालयले जनाएको छ।

सुमेरु सेभिङसको पूर्ण लगानी रहेको र संस्थाका सञ्चालक तथा कर्मचारीहरुको मात्र सेयर कायम रहेको सुमेरु मार्ट, सुमेरु अस्पताल (धापाखेल), सुमेरु सिटी अस्पताल (पुल्चोक), एसियन कलेज, शंकरापुर कलेज तथा सञ्चालकको नाममा रहेका सम्पत्तिसमेत राखी विभिन्न बैंकहरुबाट लिएको कर्जाको साँवा तथा ब्याज नियमित नगरी बैंकले लिलामीका लागि विभिन्न चरणका सूचना निकाली सकेको समितिले जनाएको छ।

यसरी लिलामी प्रक्रियामा मात्र जाँदा उचित मूल्य प्राप्त हुन नसक्ने बचतकर्ताहरुको सुझाव र बैंकसँगको समन्वयमा धितोको रूपमा रहेका सम्पत्तिहरुलाई बचतकर्ताहरुको पहुँचभित्र हुन सक्ने प्याकेज बनाई बैंकको किस्ता पनि घटाउँदै जाने र संस्थाका सम्पत्ति बचतकर्ताहरुले अधिक रुपमा आफ्नो बचतमा मिलान गर्न सक्ने विधि निर्माण गरी पहिलो चरणको लागि तयार गरिएको सम्पत्तिको प्याकेज प्रतिस्पर्धाका लागि बचतकर्ताहरुका बेच्ने प्रस्ताव गरेको कार्यालयले जनाएको छ।

त्यसका सर्तसमेत खुला तथा अन्य बचतकर्ताहरुका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रस्ताव पेश गर्न समितिले बचतकर्तालाई भनेको छ।

पहिलो चरणमा बिक्री तथा व्यवस्थापन गर्न तयार गरिएको सम्पत्तिको प्याकेजमा ललितपुरको धापाखेल वडा नम्बर १ स्थित सुमेरु अस्पताल प्रालि र रमेश महर्जनको नाममा रहेको जग्गा लिलाम गरेर असूल गर्ने भएको छ।

प्रतिस्पधाको लागि बचतकर्ताहरुको तर्फबाट ७० प्रतिशत आफ्नो बचत व्यवस्थापन गर्ने र ३० प्रतिशत बैंक तथा अन्य साना बचतकर्ताको फिर्ताका लागि नगद जम्मा गर्ने गरी प्रस्तावित एकमुष्ट ६० करोड रुपैँया निर्धारण गरिएको छ।

यस्तै ललितपुर महानगरपालिका वडा नम्बर ३ स्थित सुमेरु सिटी हस्पिटल प्रालिको नाममा वडान नम्बर १५ स्थित एशियन फाउण्डेसन प्रालिको नाममा रहेको जग्गा र ललितपुर महानगरपालिका वडा नम्बर १५ स्थित शंकरापुर एकेडेमी प्रालिको नाममा रहेको जग्गा र उक्त जग्गामा बनेको भवनसमेत लिलाम हुने भएको छ।

प्रतिस्पर्धाको लागि बचतकर्ताहरुको तर्फबाट बुँदा नम्बर १ कै अनुसारको एकमुष्ट रकम ६० करोड रुपैंया तोकिएको छ।

उल्लेखित सम्पत्ति र त्यसको मूल्यसहित दाबी गर्ने बचतकर्ता बाहेक एकमुष्ट खरिदका लागि सो भन्दा बढी मूल्य कबोल हुने गरी अन्य बचतकर्ताहरुको समूहले पनि प्रस्ताव पेश गर्न सकिने कार्यालयले जानकारी दिएको छ।

प्रस्ताव पेश गर्ने व्यक्ति वा समूह जसको प्रस्ताव स्विकृत हुन्छ उसले १५ दिनभित्र समितिमा बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाइ सकार्नु पर्ने समितिले जनाएको छ।

प्रस्तावसँगै धरौटी वापतको १० प्रतिशत रकम सबै पक्षका लागि अनिवार्य हुने व्यवस्था गरिएको छ।

प्रस्ताव स्वीकृत भएको १५ दिनभित्र सबै कबोल रकम नबुझाएमा धरौटी वापतको रकम जफत गरी अर्को प्रक्रिया सुरु गर्ने जानकारी समितिले दिएको छ।

बागमती प्रदेश सरकारले २०८१ पुस २८ गते सुमेरु सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो।

साढे दुई दशकदेखि सञ्चालनमा रहेको सुमेरु सहकारीको ललितपुरको पु्ल्चोक, धापाखेल, भक्तपुरको गठ्ठाघर र काठमाडौं महानगरपालिकामा कालिमाटीमा शाखा रहेको छ। सुमेरु सहकारीका सञ्चालकहरूले बचतकर्ताको १० अर्ब ३४ करोड सात लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ।

सुमेरु सहकारी समस्याग्रस्त घोषणा हुनुअघि पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले बचतकर्ताको रकम फिर्ता गरी सहकारी सञ्चालन गर्ने योजना ल्याएका थिए। सिंहले २०८१ जेठमा सुमेरु सहकारी सञ्चालनको जिम्मेवारी लिने सहमति गरेका थिए। तर, उनले ल्याएको योजना अघि बढेन।

सुमेरु सहकारीका अध्यक्ष भरत महर्जनलाई ठगीको आरोपमा नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिससमेत जारी भएको छ। महर्जन अहिलेसम्म पक्राउ परेका छैनन्। उनी बेलायतमा रहेका छन्।

महर्जन २१ वर्षसम्म आफैँ अध्यक्ष थिए । त्यसपछि संस्थाकै कर्मचारी हेमराज दाहाललाई अध्यक्ष र विनोद आचार्यलाई सचिव बनाएर सञ्चालक समितिमा अन्य आफन्त ल्याएका थिए।

प्रकाशित: २०८२ चैत १६ गते सोमबार ०८:०९
प्रतिक्रिया

थप समाचार

तीन महिनामा बैंकको कर्जा ३.१ प्रतिशत बढेर पुग्यो १८४ अर्ब

निजी क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशत अर्थात् १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले वृद्धि भई ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

बजारमा ५ रुपैयाँका करिब साढे ७९ करोड थान नोट, हजारका कति?

एक वर्षमा ४६ अर्बभन्दा बढीका नयाँ नोट बजारमा

राष्ट्र बैंकको नाफा ८३ अर्ब नाघ्यो, सरकारलाई  ४२ अर्ब

स्वदेशी मुद्राको ब्याज आम्दानी भने नकारात्मक

रश्मी पन्तसहित प्रभु बैंकका २ कर्मचारी बर्खास्त, २ जनाको पद घटुवा

काठमाडौँ: प्रभु बैंकले कर्जा प्रवाह र रेमिट्यान्स कारोबारसँग सम्बन्धित विषयमा अनुशासनात्मक कारबाही गर्दै चार कर्मचारीमाथि कारबाही गरेको छ। बैंकले चिफ बिजनेस अफिसर रश्मी पन्तसहित दुई कर्मचारीलाई...

तलबभन्दा साढे ४ गुणा बढी भत्ता, गभर्नरदेखि सञ्चालकसम्म कसले कति पाए सुविधा?

गत आवमा राष्ट्र बैंकका उच्च पदाधिकारीको तलबमा ४८ लाख ९६ हजार खर्च हुँदा अन्य भत्ता तथा सुविधामा २ करोड १५ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ।
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना