२०८३ कार्तिक २९ गते शनिवार

चलचित्र‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक, मंसिर ११ देखि प्रर्दशन हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २८
saarthi_film

काठमाडौं । नेपाली चलचित्र ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ।  कुमार गजुरेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र आगामी मंसिर ११ गते (नोभेम्बर २७) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ।

सार्वजनिक पोस्टरमा म्याग्दीको गुर्जा क्षेत्रको हिमाली परिवेश, प्राकृतिक सौन्दर्य र चलचित्रका मुख्य पात्रहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। पोस्टर सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु र कलाकारको भूमिकालाई लिएर दर्शकमाझ उत्सुकता बढ्ने अपेक्षा गरिएको छ।

चलचित्र ‘सारथी’मार्फत गिरि विश्वकर्मा र गायत्री जोशी नव नायक तथा नव नायिकाका रूपमा दर्शकमाझ प्रस्तुत हुँदैछन्। यस चलचित्रमा नेपाली चलचित्र क्षेत्रका परिचित कलाकार निरुता सिंह र उत्तम प्रधानको पनि अभिनय रहेको छ।

करिब दुई दशकपछि निरुता र उत्तमलाई एउटै चलचित्रमा देख्न पाउनु ‘सारथी’को अर्को विशेष आकर्षण बनेको छ।

चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र के.सी., सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्र किम्भे प्रोडक्सनको निर्माण तथा धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा तयार भएको हो। चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्।

कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन् भने सह–निर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा रहेका छन्। चलचित्रको लाइन प्रोड्युसर अमिर के.सी. हुन्।

चलचित्रको छायांकन संकल्प भुजेलले गरेका छन् भने सम्पादन तारा थापा ‘किम्भे’को रहेको छ। मुख्य सहायक निर्देशक राजु खतिवडा तथा सहायक निर्देशक यमुना आचार्य र आशिष श्रेष्ठ रहेका छन्।

चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ। गीतमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ।

गीतकार प्रशान्त शिवाकोटी हुन्। नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् भने कला निर्देशन श्याम कार्कीको रहेको छ। ड्रेस कोअर्डिनेटर गोविन्द खड्का हुन्। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको चलचित्रले हिमाली जनजीवन, स्थानीय संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र मानवीय संवेदनाका विविध पक्षलाई समेटेको छ। प्राकृतिक सौन्दर्यसँगै स्थानीय जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास चलचित्रको विशेष पक्षका रूपमा रहेको छ।

अफिसियल पोस्टर सार्वजनिक भएसँगै ‘सारथी’को प्रचारप्रसारले थप गति लिने निर्माण पक्षको अपेक्षा छ। नयाँ कलाकारको आगमन र स्थापित कलाकारको उपस्थितिले चलचित्रप्रति दर्शकको चासो बढाउने विश्वास निर्माण टिमले गरेको छ।

नेपाली चलचित्र ‘सारथी’ आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ।

प्रकाशित: २०८३ कार्तिक २८ गते शुक्रबार ०६:४५
प्रतिक्रिया

थप समाचार

बाटुलो जूनले प्रर्दशनमा आएको पहिलो दिनमा कमायो १ करोड २० लाख

काठमाडौं। हिजो कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बाटुलो जून’ ले प्रदर्शनको पहिलो दिन नै सुखद व्यापार गरेको छ पहिलो दिन नेपालभरबाट १ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको...

नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी कमाइ

फिल्मलाई पहिलो दिन बिहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन्।

६०० बढी स्रष्टामा सर्वाधिक रोयल्टी पाउने कस्तुप पन्त, दोस्रो राजनराज र तेस्रोमा दुर्गेश थापा

काठमाडौँ: गायक, गीतकार तथा संगीतकार कस्तुप पन्त यस वर्ष नेपाली संगीत क्षेत्रबाट सर्वाधिक रोयल्टी प्राप्त गर्ने स्रष्टा बनेका छन्। संगीत रोयल्टी संकलन समाज नेपालले तिहार तथा छठ पर्वको अवसरमा...

दशैँमा किन चलेनन् नेपाली फिल्म? सिक्वेलले पनि तानेनन् दर्शक

दशैँको बिदा र चर्चित फिल्मका सिक्वेलले समेत दर्शकलाई हलसम्म किन तान्न सकेनन्?

कबड्डी ५ ले ९ दिनमा कमायो १० करोड बढी

काठमाडौँ: गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ। दसैँमा प्रदर्शन भएका फिल्मको व्यापार कमजोर देखिँदा टीकाको भोलिपल्टदेखि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
Kerung_ktm_train
विचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...
cyber_thagi
बैंकिङ

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।
loan
विचार

ऋण वर्गीकरण: यथार्थ एकातिर, नियम अर्कैतिर !

समग्रमा, नेपालको ऋण वर्गीकरण प्रणालीलाई अनावश्यक रूपमा खुकुलो बनाउने होइन, अन्तर्राष्ट्रिय मापदण्डअनुरूप थप वैज्ञानिक, जोखिममा आधारित र व्यावहारिक बनाउनु उचित हुन्छ।
photo_07993b9a (1)
सूचना प्रविधि

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना