२०८३ मङ्सिर ६ गते आईतबार

मासु जाँच ऐन कार्यान्वयन सुरु, उपत्यकामा छाप लगाइएको मासु मात्र बिक्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १
meat_stamp

काठमाडौं। पशु सेवा विभागले काठमाडौँ उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ।

विभागले दिएको जानकारी अनुसार ऐन लागु भएको पहिलो दिन आज मंगलबार २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासुको परीक्षण गरी छाप लगाउने कार्य प्रारम्भ गरिएको हो।

उपत्यकाका विभिन्न वधशालाहरू जस्तै काठमाडौँको बालाजुस्थित भ्याली कोल्डस्टोर, टोखाको सिन्धु चिकेन र थ्रिस्टार फुड प्रालि, मध्यपुर ठिमीको न्यु पञ्चकन्या सप्लायर्स तथा टेकुको राँगाको मासु पसलमा पशु चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा पशु तथा मासुको ‘एन्टी–मार्टम’ (वध पूर्व) र ‘पोस्ट–मार्टम’ (वध पछि) जाँच गरी छाप लगाउने कार्य थालिएको छ।

स्वच्छ तथा स्वस्थ मासु मात्र उपभोक्तामाझ पुर्याउने उद्देश्यले सुरु गरिएको यस अभियानमा विभागले विभिन्न स्थानमा मासु निरीक्षक (पशु चिकित्सक) समेत खटाएको छ।

विभागका अनुसार बालाजुमा डा. कमलेश्वर भाट, टोखामा डा. गौरीमान श्रेष्ठ र डा. जस्मिन अधिकारी, भक्तपुरमा डा. पुजन सिंह कुँवर र टेकुमा डा. उदय लाल खत्रीले मासु निरीक्षकको जिम्मेवारी सम्हालेका छन्।

जाँचका क्रममा मरेका पन्छी तथा अस्वस्थ मासुलाई तत्कालै हटाएर स्वस्थ मासुमा मात्र छाप लगाउने गरिएको छ। साथै, मासुमा छाप लगाउन प्रयोग गरिने मसी पूर्ण रूपमा ’फुड ग्रेड’ (खान योग्य) भएकाले यसबाट मानव स्वास्थ्यमा कुनै पनि किसिमको नकारात्मक असर नपर्ने पशु सेवा विभागले स्पष्ट पारेको छ।

प्रकाशित: २०८३ मङ्सिर १ गते मङ्गलबार ०८:५४
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका १३० विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

काठमाडौँ: सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३०...

६ दिनमा २६ हजार ३०० घट्यो सुनको मूल्य, शुक्रबार एकैदिन १२ हजार २०० रुपैयाँले गिरावट

मंसिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ।

एनसेलले एक महिनाभित्रै थ्रीजी पूर्णरूपमा बन्द गर्दै, ग्राहकलाई भोल्टेमा जान आग्रह

काठमाडौँ: एनसेलले आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। कम्पनीले आगामी एक महिनाभित्र बाँकी रहेका सबै थ्रीजी साइट बन्द गर्ने योजना अघि बढाएको हो। एनसेलका...

सुरक्षा रणनीति सुदृढ बनाउन जेम्ल्यान्स्की याङ्गोको ग्लोबल हेड अफ सेफ्टी नियुक्त

काठमाडौँ: विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना सबै बजारमा मोबिलिटी सेवाको सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन रोमन जेम्ल्यान्स्कीलाई ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको...

आईएमई ग्रुपको ग्रुप ‘भाइस प्रेसिडेन्ट’मा जगदीश खड्का नियुक्त

काठमाडौँ: आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। समूहका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्य अभिवृद्धि गर्दै व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने जिम्मेवारीसहित...
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना