२०८३ मङ्सिर ६ गते आईतबार

भारतमा स्वच्छ ऊर्जा विस्तार गर्न अमेजनले साढे ६ खर्ब भारु खर्चिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २
amazon

काठमाडौँ: अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर (करिब ६ खर्ब ५४ अर्ब भारतीय रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ।

यस लगानीबाट भारतमा नवीकरणीय ऊर्जा उत्पादन क्षमता बढाउनुका साथै कम्पनीका सञ्चालनमा खपत हुने विद्युत्को कार्बन उत्सर्जन घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भारतले सन् २०३० सम्म पाँच सय गिगावाट स्वच्छ ऊर्जा उत्पादन क्षमता पुर्‍याउने लक्ष्य राखेको छ। उक्त लक्ष्य हासिल गर्न करिब दुई खर्ब २० अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्ने अनुमान छ।

अमेजनले यसअघि नै भारतको नवीकरणीय ऊर्जा क्षेत्रमा चार अर्ब डलरभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ। कम्पनीले आफ्नो विद्यमान लगानी कार्यक्रमअन्तर्गत ९३४ मेगावाट विद्युत् उत्पादन क्षमता भएका चार नयाँ सौर्य तथा पवन ऊर्जा परियोजनासमेत घोषणा गरेको छ।

अमेजनकी प्रमुख स्थायित्व अधिकारी कारा हस्र्टले भारतमा नवीकरणीय ऊर्जा क्षेत्रमा गरिएको लगानी दीर्घकालीन योजना र उद्योग क्षेत्रसँगको सहकार्यको परिणाम भएको बताएकी छन्। थप सात अर्ब डलरको लगानीले नयाँ सौर्य तथा पवन ऊर्जा परियोजना सञ्चालनमा ल्याउन सहयोग पुग्ने उनको भनाइ छ।

यद्यपि, कम्पनीले नयाँ लगानी कुन परियोजनामा र कसरी खर्च गर्ने भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन।

भारतले पछिल्लो एक दशकमा स्वच्छ ऊर्जा विस्तारलाई तीव्रता दिएको छ। हाल भारतको कुल जडित विद्युत् उत्पादन क्षमताको ५४ प्रतिशतभन्दा बढी हिस्सा सौर्य, वायु तथा जलविद्युत्लगायत गैरजीवाश्म इन्धन स्रोतबाट प्राप्त हुने गरेको छ।

बढ्दो विद्युत् माग पूरा गर्दै जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्न भारतले नवीकरणीय ऊर्जा उत्पादन विस्तारलाई प्राथमिकता दिँदै आएको छ। अमेजनको पछिल्लो लगानी पनि आफ्नो विश्वव्यापी सञ्चालन, विशेषगरी डेटा सेन्टर तथा अन्य सुविधामा खपत हुने विद्युत्को कार्बन उत्सर्जन घटाउने रणनीतिको हिस्सा हो।

प्रकाशित: २०८३ मङ्सिर २ गते बुधबार ०४:१८
प्रतिक्रिया

थप समाचार

अस्ट्रेलियामा आप्रवासन नीति थप कडा बनाउने प्रस्ताव, अभिभावक भिसा बन्द गरिने

क्यान्बेरा: अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा गरेको...

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

क्यानबेरा। जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ। सन् २०२४ मा ५५औँ स्थानमा रहेको अस्ट्रेलिया...

सुडानमा इन्धनको हाहाकार: उद्योग बन्द, महँगीले जनजीवन प्रभावित

इन्धनको निरन्तर अभावले अफ्रिकी मुलुक सुडानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ। इन्धन आपूर्ति अनियमित हुँदा उद्योग, कृषि तथा व्यापार क्षेत्रको उत्पादन र व्यावसायिक गतिविधि प्रभावित...

एन्भिडिआका सीईओ जेन्सन वाङ प्रकरणले सिङ्गापुरलाई समस्यामा पार्दै छ?

दशकौँदेखि सिङ्गापुरले अमेरिकी र चिनियाँ बजारमा खुला, व्यापार र अर्थतन्त्रमैत्री पहुँच सहजै उपलब्ध गराउने राष्ट्रका रूपमा आफ्नो प्रतिष्ठा सावधानीपूर्वक कायम राख्दै आएको छ।

कच्चा तेलको भाउ घटेर ब्यारेलको ९५ डलर

ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ९५.८४ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ।
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना