२०८३ मङ्सिर ६ गते आईतबार

रजहरमा प्राकृतिक चिकित्सा विज्ञानको पढाइ सुरु गर्ने तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २
rajhar_college

नवलपुर। नेपालमा पहिलो पटक प्राकृतिक चिकित्सा विज्ञानको पढाइ सुरु गर्ने गरी नवलपुरको रजहरमा तयारी तीब्र पारिएको छ।

पोखरा विश्वविद्यालयबाट सम्बन्ध लिएर देवचुली–१६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान पढाउने गरी शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्ने तयारी तीब्र पारिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए।

सापकोटाका अनुसार आगामी आर्थिक वर्षदेखि त्यहाँ प्राकृतिक चिकित्सा विज्ञानको पढाइ सुरु हुने निश्चित छ। ‘यो नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा विज्ञानको पढाइ हुने पहिलो शिक्षण अस्पताल हुनेछ। विश्वविद्यालयसँग पहिलो चरणको स्वीकृति लिएर काम धमाधम अघि बढेको छ,’ सापकोटाले भने।

पोखरा विश्वविद्यालयले अस्पताललाई संयुक्त आंगिक स्वीकृति दिएको हो। यसरी स्वीकृति प्रदान गर्ने पोखरा पहिलो विश्वविद्यालय हो। सापकोटाले पहिलो वर्ष चिकित्सालयमा ब्याचलर इन नेचुरोपेथी एन्ड योगा साइन्सको कक्षा सञ्चालन गर्ने गरी प्रस्ताव विश्वविद्यालयमा पेस गरिएको बताए।

अस्पताल सञ्चालन समितिका अध्यक्ष प्रदीपराज घिमिरेले पहिलो वर्ष आफूहरूले चिकित्सा शिक्षा आयोगसँग ४० जना विद्यार्थीको संख्या माग गरेको बताए।

‘आयोगबाट निर्णय हुनासाथ पढाउने तयारी सुरु हुन्छ, विद्यार्थीले अध्ययन गर्ने स्रोतको सुनिश्चितताका लागि अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयमा पहल भइरहेको छ, अरू सबै तयारी हामीले पूरा गरेका छौँ,’ घिमिरेले भने।

सरकारले छात्रवृत्ति प्रदान गरेर अध्ययन गर्ने जुनसुकै चिकित्साशास्त्रको अध्ययनमा विद्यार्थीको ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने गर्दछ।

प्राकृतिक चिकित्सा शिक्षण अस्पताल निर्माणका लागि राष्ट्रिय योजना आयोगले विशेष अनुदानमार्फत गत वर्ष १२ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको थियो।

त्यसबाट हाल १२० कोठे भवन निर्माणाधीन अवस्थामा छ। यस वर्ष पनि संघीय सरकारले २ करोड बजेट विनियोजन गरेको र त्यसबाट थप काम हुने प्रक्रियामा रहेको व्यवस्थापक सापकोटाले बताए।

‘हाम्रो तर्फबाट पूर्वाधार लगायतका काम तयारी अवस्थामा छन्। हाम्रो तर्फबाट तयारीमा कुनै कमी छैन, चिकित्सालयलाई हामी देशकै गौरवको योजनाको रूपमा विकास गर्न चाहन्छौँ,’ सापकोटाले भने।

लामो समयदेखि रजहरमा प्राकृतिक चिकित्सा अध्ययन गराउने पहलमा रहेका त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक देवीभक्त ढकालले नेपालका लागि अत्यन्तै आवश्यक चिज भएका कारण आफू स्वेच्छिक रूपमा यो अभियानमा लागेको बताए।

‘नेपालमै यो विषय पढाइ हुँदैन, आवश्यक सम्पूर्ण पूर्वाधार भएको रजहरको प्राकृतिक चिकित्सालय योग्य संस्था हो,’ अब योजनाले एउटा आकार लिएको भन्दै अर्को वर्षदेखि पढाइ सुरु गर्न सकिने उनले बताए।

यज्ञ लगाएर सुरु भएको थियो चिकित्सालय, उत्कृष्ट आइसोलेसन

रजहरस्थित प्राकृतिक चिकित्सालय स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरी स्थापना गरेका हुन्। विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो।

‘यज्ञ लगाएर, सहयोगी दाता, मुठीदान र स्वतस्फूर्त सहयोगबाट चिकित्सालय स्थापना भएको हो, यसलाई अब शिक्षण अस्पताल बनाउन आवश्यक ठानेर काम भएको हो,’ सापकोटाले भने।

सापकोटा आफैँ पनि पेटसम्बन्धी रोगका कारण झन्डै मृत्युको मुखमा पुगेका व्यक्ति हुन्। प्राकृतिक उपचारबाट स्वास्थ्यलाभ गरेपछि उनी यो अभियानमा लागेका हुन्।

कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनको रूपमा यस चिकित्सालयले सेवा दिएको थियो। सरकारले उत्कृष्ट आइसोलेसनको रूपमा चिकित्सालयलाई सम्मानसमेत गरेको थियो। चिकित्सालयमा बसेका सबै कोरोनाका बिरामी निको भएर फर्किएका थिए।

प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिनाऔषधि उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस, एक्युपञ्चर, फिजियोथेरेपी, योग र ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ।

प्रकाशित: २०८३ मङ्सिर २ गते बुधबार ०८:०४
प्रतिक्रिया

थप समाचार

भीमफेदीमा क्षमताभन्दा बढी सिट राखिएका ११ ईभीलाई कारवाही

हेटौंडा। सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मकवानपुर प्रहरीले क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका विद्युतीय (ईभी) गाडीमाथि कारबाही अघि बढाएको छ। हिजो...

टमाटरखेतीबाट फेरिँदै टोड्केका किसानको जीवनशैली, वार्षिक करोडौँको कारोबार

इलाम: इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ। गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन्। यहाँबाट वार्षिक रु एक करोड २० लाखभन्दा...

मासु जाँच ऐन कार्यान्वयन सुरु, उपत्यकामा छाप लगाइएको मासु मात्र बिक्री

काठमाडौं। पशु सेवा विभागले काठमाडौँ उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ। विभागले दिएको जानकारी अनुसार ऐन लागु भएको पहिलो दिन आज मंगलबार २० हजार कुखुरा,...

प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने...

धनगढीबाट काठमाडौँ आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, ३३ जना घाइते [सूची]

काठमाडौँ: धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। सोमबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११...
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना