२०८३ मङ्सिर ६ गते आईतबार

४२ करोडको सडक चार वर्षदेखि अधुरै, अर्को सडकको ठेक्का पनि अलपत्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
photo-3_cb6b3360

सुर्खेत: पश्चिम सुर्खेतका दुई महत्त्वपूर्ण सडक निर्माण अलपत्र परेपछि चौकुने गाउँपालिकाले कर्णाली प्रदेश सरकारसँग गुहार मागेको छ।

गाउँपालिकाको प्रशासनिक केन्द्र गुटुदेखि घाटगाउँ जोड्ने सडक र राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–खम्बागाडे सडक निर्माणमा ढिलाइ भएपछि गाउँपालिकाले मुख्यमन्त्रीसमक्ष तत्काल निर्माण अघि बढाउन माग गरेको हो।

गाउँपालिका अध्यक्ष खड्क बिक (विवश)ले मंसिर २ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई छुट्टाछुट्टै पत्र पठाउँदै दुवै सडक निर्माणमा आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।

पश्चिम सुर्खेतका नागरिकको दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका यी सडक लामो समयदेखि अलपत्र पर्दा स्थानीयले आवागमन, कृषि उपज ढुवानी, शिक्षा र स्वास्थ्य सेवामा समस्या भोग्नुपरेको गाउँपालिकाले जनाएको छ।

४२ करोडको सडक चार वर्षमा पनि बनेन

मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौरदेखि खम्बागाडेसम्मको करिब १३.९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि अनक–जयदेव जेभी बाँकेसँग २०७९ असार १४ गते ठेक्का सम्झौता भएको थियो।

४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा निर्माण गर्ने गरी सम्झौता भएको सडक २०८१ असार २४ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेन।

सडक निर्माणको जिम्मेवारी पाएको अनक–जयदेव जेभीमध्ये सहायक निर्माण व्यवसायी जयदेव जेभीले प्रभावकारी काम गर्न नसकेपछि मुख्य निर्माण कम्पनी अनक कन्स्ट्रक्सनले पछिल्लो समय निर्माणको जिम्मेवारी आफैँ सम्हालेको छ।

जग्गा प्राप्ति, रुख कटानलगायत सरकारी प्रक्रियामा भएको ढिलाइ र निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनले सडक निर्माण प्रभावित भएको हो।

२०८३ भदौ ३० गते प्रकाशित विवरणअनुसार सडकको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत मात्रै पुगेको थियो। पूर्वाधार विकास निर्देशनालयले निर्माण सम्पन्न गर्न २०८४ जेठ २४ सम्म म्याद थपका लागि मन्त्रालयमा प्रस्ताव पठाएको जनाएको छ।

गुटु–घाटगाउँ सडक पनि अधुरै

गाउँपालिकाको प्रशासनिक केन्द्र गुटुदेखि घाटगाउँसम्म जोड्ने सडकको निर्माण कार्य पनि ठेक्का सम्झौता भएर अधुरै छाडिएको गाउँपालिकाले मुख्यमन्त्रीलाई पठाएको पत्रमा उल्लेख गरेको छ।

निर्माण व्यवसायीले बीचमै काम छाडेपछि सडक जीर्ण बनेको र स्थानीय नागरिकलाई आवतजावतमा कठिनाइ भएको गाउँपालिकाको भनाइ छ।

यस सडकसँग जोडिएको घाटगाउँ–गुटु–सालघारी–कोइरालाबास–कुइनेभिर सडक आयोजना पनि कर्णाली प्रदेश सरकारको रुग्ण आयोजना रुपमा लिएको छ। आयोजनाको ठेक्का २०७९ असार ८ गते भएको थियो। २०८२ पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने आयोजनाको काम निर्धारित समयमा पूरा हुन सकेको छैन। मन्त्रालयसम्बन्धी सार्वजनिक विवरणमा यसको भौतिक प्रगति ४० प्रतिशत रहेको उल्लेख छ।

मुख्यमन्त्रीलाई तत्काल पहल गर्न आग्रह

गाउँपालिकाले दुवै सडकको निर्माण कार्य तत्काल अघि बढाउन सम्बन्धित निर्माण व्यवसायीलाई कार्यक्षेत्रमा परिचालन गर्न माग गरेको छ।

निर्माण व्यवसायीले काम नगरे प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाएर सडक निर्माण सम्पन्न गराउन गाउँपालिकाले प्रदेश सरकारसँग आग्रह गरेको छ।

गुटु–घाटगाउँ सडकको दुरवस्थाले दैनिक उपभोग्य वस्तु तथा कृषि उपज ढुवानी, विद्यार्थीको विद्यालय आवतजावत र बिरामीलाई आकस्मिक अवस्थामा अस्पताल पु¥याउनसमेत समस्या भइरहेको पत्रमा उल्लेख छ।

त्यस्तै, बड्डीचौर–खम्बागाडे सडकमा हिउँदमा धुलो र वर्षायाममा हिलो तथा पहिरोका कारण यातायात सञ्चालनमा समस्या हुने गरेको गाउँपालिकाले जनाएको छ। दुवै पत्रको बोधार्थ भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय, मदन भण्डारी राजमार्ग आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई समेत पठाइएको छ।

वर्षौँदेखि सडकको सास्ती खेप्दै आएका पश्चिम सुर्खेतका नागरिकका लागि यी सडक कहिले सम्पन्न हुन्छन् भन्ने प्रश्न अझै अनुत्तरित छ। गाउँपालिकाले मुख्यमन्त्रीसमक्ष ध्यानाकर्षण गराएसँगै अब प्रदेश सरकार र सम्बन्धित आयोजना कार्यालयले कस्तो कदम चाल्छन् भन्ने चासो बढेको छ।

प्रकाशित: २०८३ मङ्सिर ३ गते बिहिबार ०७:५४
प्रतिक्रिया

थप समाचार

संघीयतापछि कर्णालीमा फेरिएको विकासको चित्र

सुर्खेत। कुनै समय कर्णालीका दुर्गम बस्तीका नागरिकलाई जिल्ला सदरमुकाम पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो। बिरामीलाई अस्पताल पुर्याउन, खाद्यान्न ढुवानी गर्न र सरकारी सेवा लिनसमेत कठिन...

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ठेक्का आह्वान

काठमाडौँ: कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ। सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका...

भारतबाट बिजुली किन्न प्राधिकरणले माग्यो नयाँ बोलपत्र

काठमाडौँ: आगामी सुख्खायाममा विद्युत आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ। प्राधिकरणले जनवरी २०२७ देखि...

सरकार स्वामित्वका १ हजार मेगावाट आयोजनाको पीपीए, निजी क्षेत्रको कहिले?

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा प्राधिकरणले एक हजार मेगावाट क्षमताका विभिन्न सरकारी कम्पनीसँग पीपीए गर्न लागेको हो।

यसकारण रोकियो ८० करोडको सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइन परियोजना

सुर्खेत: कर्नाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना