२०८३ मङ्सिर ६ गते आईतबार

पर्यटन कूटनीतिमा मन्त्री पौडेलको सक्रियता, भारतसँग हवाई सहकार्य विस्तारको पहल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
3783af94-d8a7-4883-8ee1-b82e2a8d9916

नयाँ दिल्ली: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। उनले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य विस्तार आवश्यक रहेको बताएका हुन्।

नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा बुधबार साँझ भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा मन्त्री पौडेलले नेपाल-भारत पर्यटन साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखेका हुन्।

कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत, उत्तराखण्डका संस्कृति तथा पर्यटनमन्त्री सतपाल महाराजलगायत दुवै देशका सरकारी अधिकारी, कूटनीतिक प्रतिनिधि, पर्यटन व्यवसायी तथा निजी क्षेत्रका अगुवाहरूको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, “नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशको कूटनीतिक सम्बन्धमा सीमित छैन, यो हाम्रो साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतासँग जोडिएको छ। पर्यटनले यस सम्बन्धलाई अझ गहिरो बनाउने र दुवै देशका नागरिकबीचको सम्पर्क तथा आर्थिक अवसर विस्तार गर्ने महत्वपूर्ण भूमिका खेल्न स क्छ। नेपाल भारतीय पर्यटकलाई स्वागत गर्न सधैँ तयार छ।”

मन्त्री पौडेलले नेपालका धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता र स्वास्थ्य तथा आरोग्य पर्यटन भारतीय पर्यटकका लागि विशेष आकर्षण बन्न सक्ने उल्लेख गरे। साथै, पर्यटन प्रवर्द्धनसँगै हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिएका छन्।

कार्यक्रमका अवसरमा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्तासमेत गरेका छन्। भेटमा नेपाल–भारतबीचको हवाई उड्डयन क्षेत्रको विकास, द्विपक्षीय सहकार्य विस्तार तथा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सौहार्दपूर्ण छलफल भएको बताइएको छ। हवाई सम्पर्क विस्तारलाई पर्यटन आवागमन वृद्धि गर्ने महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।

कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले नेपाल र भारतबीचको पर्यटन सम्बन्ध तथा साझा सांस्कृतिक सम्पदाको महत्व उजागर गरे। उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराजले पनि नेपाल र उत्तराखण्डबीच पर्यटन सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले सहभागीहरूलाई स्वागत गरेका थिए। भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसहित भुटान, पोल्यान्ड र भियतनामका कूटनीतिक नियोगका प्रतिनिधिहरूले समेत ‘नेपाल कलिङ’ अभियानप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेका थिए।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अभियानमार्फत भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि पुनः आमन्त्रण गर्दै नेपाल सुरक्षित, खुला, संकटसँग जुधेर अघि बढिरहेको र पर्यटक स्वागतका लागि पूर्ण रूपमा तयार रहेको सन्देश दिएका छन्। उनले आफ्नो प्रस्तुतीकरणमा नेपालका धार्मिक, आध्यात्मिक, साहसिक, सांस्कृतिक, प्राकृतिक, वेलनेस तथा अनुभवमा आधारित पर्यटनका विविध सम्भावना प्रस्तुत गरेका थिए।

कार्यक्रममा भारतीय टुर अपरेटर संघ (आईएटीओ) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत दुवै देशका पर्यटन क्षेत्रका प्रतिनिधिहरूको सहभागिताले निजी क्षेत्रबीच सहकार्य र नयाँ पर्यटन अवसर सिर्जना गर्ने सम्भावनालाई थप बल पुर्‍याएको छ। नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक निकटता र धार्मिक सम्बन्धलाई पर्यटनमार्फत आर्थिक तथा सामाजिक साझेदारीमा रूपान्तरण गर्ने उद्देश्यसहित आयोजित यस कार्यक्रमले दुई देशबीच पर्यटन सहकार्य विस्तारका लागि थप आधार तयार गरेको छ।

प्रकाशित: २०८३ मङ्सिर ३ गते बिहिबार ०२:०८
प्रतिक्रिया

थप समाचार

स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ: उद्योगमन्त्री साह

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको समृद्धिका लागि आयात बढाउनेभन्दा स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन्। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण...

आईएमएफबाट प्राप्त १०७ मिलियन ऋण मन्त्रिपरिषद्‌द्वारा स्वीकार, प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृति

काठमाडौँ: सरकारले भोटेकोशी बाढी प्रभावितका लागि चीन सरकारबाट प्राप्त हुने २०० मिलियन (२० करोड रुपैयाँ) अनुदान र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट र्‍यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत...

प्रधानमन्त्रीको भारत भ्रमणमा ३४ सदस्यीय सरकारी टोली, निजी क्षेत्रबाट ५२ जना

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह आगामी मंसिर ६ गते छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदैछन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने भारत...

प्रधानमन्त्रीको भारत भ्रमण: ‘नेपाली आकाशको सैन्य प्रयोजन र उड्ड्यनबीच स्पष्ट भिन्नता राख्नुपर्छ’

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन्। २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा सम्पन्न निर्वाचनबाट...

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना