२०८३ मङ्सिर ६ गते आईतबार

भारतमा ६१५ मेगावाट बिजुली बेच्न विद्युत प्राधिकरणलाई अनुमति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
transmission_line

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ६१५.३४ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न र थप २१.३४ मेगावाट सेती खोला जलविद्युत् आयोजनाको विद्युत् निर्यात गर्न अनुमति दिएको हो।

यससँगै भारतमा विद्युत् निर्यातका लागि नेपालले पाएको कुल स्वीकृत क्षमता १ हजार १९८ मेगावाट पुगेको छ। भारतले आगामी हिउँदयामको माग व्यवस्थापनका लागि नेपाललाई १ हजार ४ मेगावाट विद्युत् आयात गर्न पनि अनुमति दिइसकेको छ।

प्राधिकरणका अनुसार भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मंसिर २ गते ५९४ मेगावाट विद्युत् आईएक्सको डे–अहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न अनुमति दिएको हो। उक्त विद्युत् आगामी १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ सम्म बिक्री गर्न सकिनेछ।

अनुमतिप्राप्त विद्युतमध्ये २०५ मेगावाट कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत भारत निर्यात गरिनेछ। बाँकी ३८९ मेगावाट ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत निर्यात हुनेछ।

नेपाल विद्युत् प्राधिकरण र भारतका एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बीच भएको द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहारमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात हुँदै आएको छ। चालु वर्षका लागि उक्त सम्झौताअनुसार विद्युत् निर्यात गर्ने अवधि अक्टोबर ३१ मा सकिएको थियो।

त्यसपछि वैकल्पिक बजारका रूपमा भारतीय ऊर्जा एक्सचेन्जमा विद्युत् बिक्री गर्न प्राधिकरणले निर्यातयोग्य आयोजनाको सूची भारतीय निकायमा पठाएको थियो। आवश्यक स्वीकृतिका लागि निरन्तर पहल गरेपछि ५९४ मेगावाट विद्युत् बिक्रीको अनुमति प्राप्त भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए। उनका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्न सकिनेछ।

प्राधिकरणले आन्तरिक खपतबाट बढी भएको वर्षायामको विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डे–अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। माग र बजार मूल्यका आधारमा विद्युत् बिक्री गर्न सकिने भएकाले आईएक्सलाई द्विपक्षीय सम्झौताबाहेकको वैकल्पिक बजारका रूपमा उपयोग गर्दै आएको छ।

यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत् निर्यात गर्न पनि स्वीकृति दिएको छ। सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् आगामी १८ नोभेम्बर २०२६ देखि ३१ अगस्ट २०२७ सम्म आईएक्समा बिक्री गर्न अनुमति प्राप्त भएको हो।

यसले नेपालका लागि भारतीय बजारमा विद्युत् बिक्रीको स्वीकृत परिमाण थप बढाएको छ। हालसम्म भारतमा निर्यातका लागि स्वीकृत कुल क्षमता १ हजार १९८ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।

नेपालले वर्षायाममा आन्तरिक मागभन्दा बढी हुने विद्युत् भारत र बंगलादेशमा बिक्री गर्दै आएको छ। तर हिउँदयाममा नदीमा पानीको बहाव घट्दा आन्तरिक उत्पादन कम हुने भएकाले भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ।

त्यसैले आगामी हिउँदमा भारतबाट १ हजार ४ मेगावाट विद्युत् आयात गर्ने अनुमति प्राप्त भइसकेको छ। वर्षायाममा विद्युत् निर्यात र हिउँदयाममा आयात गर्नुपर्ने नेपालको अवस्थाले क्षेत्रीय विद्युत् व्यापार तथा प्रसारण पूर्वाधार विस्तारको आवश्यकतालाई थप स्पष्ट पारेको छ।

प्रकाशित: २०८३ मङ्सिर ३ गते बिहिबार ०२:५७
प्रतिक्रिया

थप समाचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...

वंशजको नागरिकता निरन्तरता भए नेपालमा एनआरएनए लगानी १० गुणासम्म बढ्छ: डा.काफ्ले

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका संस्थापक तथा पूर्वअध्यक्ष डा.मित्र काफ्लेले विदेशमा रहेका वंशजका नेपाली नागरिकलाई पुरानै नागरिकताको निरन्तरता दिए नेपालमा लगानी उल्लेख्य...

३०० को सामान किनेका राम श्रेष्ठले जिते १० लाख, १ लाख जित्ने १५ मा तपाईँ पर्नुभयो कि? [सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमका पछिल्लो १५ दिनका विजेता  घोषणा भएको छ। कात्तिक १६ देखि ३० गतेसम्मको कारोबारका आधारमा यस पटक भक्तपुरका राम श्रेष्ठले १०...

सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाह, बैंकतर्फ नबिल

पछिल्लो १५ वर्षमा शाह परिवारका सदस्यले ९ पटक सर्वाधिक व्यक्तिगत आयकर दाखिला गर्ने करदाताको सम्मान पाएका छन्।

जापानदेखि जर्मनीसम्म पुग्छ ताप्लेजुङको हातेकागज

ताप्लेजुङ: ताप्लेजुङमा परम्परागत प्रविधिबाट उत्पादन हुँदै आएको नेपाली हातेकागज स्वदेशसँगै जापान, चीन र जर्मनीसम्म निर्यात हुँदै आएको छ। स्थानीय स्रोतसाधन र सीपमा आधारित यस उद्योगको उत्पादनले...
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना