२०८३ मङ्सिर ६ गते आईतबार

एनसेलले एक महिनाभित्रै थ्रीजी पूर्णरूपमा बन्द गर्दै, ग्राहकलाई भोल्टेमा जान आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
NCELL

काठमाडौँ: एनसेलले आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। कम्पनीले आगामी एक महिनाभित्र बाँकी रहेका सबै थ्रीजी साइट बन्द गर्ने योजना अघि बढाएको हो।

एनसेलका अनुसार कम्पनीका कुल ३ हजार १२९ थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा बन्द भइसकेका छन्। अब बाँकी २ हजार १३७ साइटमा पनि थ्रीजी सेवा बन्द गरिनेछ। कम्पनीले आगामी पुस २ गतेदेखि थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने जनाएको छ।

थ्रीजी सेवा बन्द गर्ने प्रक्रिया चार चरणमा कार्यान्वयन हुनेछ। पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका थ्रीजी साइट बन्द गरिनेछन्। दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका साइट बन्द हुनेछन्।

त्यस्तै, तेस्रो चरणमा २१ मंसिरमा मधेश र गण्डकी प्रदेशका बाँकी स्थान तथा चितवनमा थ्रीजी सेवा बन्द गरिनेछ। चौथो तथा अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका बाँकी साइट बन्द गरिने कम्पनीले जनाएको छ।

सन् २०१७ मा सुरु भएको थ्रीजी सेवा बन्द भएसँगै ग्राहकले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधि प्रयोग गर्न सक्नेछन्। यसबाट ग्राहकले स्पष्ट आवाजमा कुराकानी गर्न, छिटो कल कनेक्सन प्राप्त गर्न तथा फोनमा कुरा गर्दागर्दै फोरजी डेटा प्रयोग गर्न सक्नेछन्।

भोल्टे सेवा प्रयोग गर्न फोरजी सिम र उक्त प्रविधि सपोर्ट गर्ने मोबाइल आवश्यक पर्नेछ।

एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले पुरानो प्रविधिलाई विस्थापित गरी नयाँ र प्रभावकारी प्रविधिमा रूपान्तरण गर्न थ्रीजी सेवा बन्द गर्ने निर्णय गरिएको बताइन्।

उनका अनुसार यसबाट पुराना प्रणालीको सञ्चालन तथा मर्मतसम्भार खर्च घट्नुका साथै फोरजी नेटवर्कको क्षमता र गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्नेछ। थ्रीजी सेवा बन्द भएपछि कम्पनीले भोल्टेसहितको फोरजी नेटवर्क थप सुदृढ बनाउन र भविष्यमा फाइभजी प्रविधि भित्र्याउन आवश्यक तयारी गर्न सक्ने उनको भनाइ छ।

थ्रीजी सेवा बन्द हुँदा कुनै पनि ग्राहक आधारभूत दूरसञ्चार सेवाबाट वञ्चित नहुने पनि कंसाकारले बताइन्। फोरजीमा अपग्रेड हुन बाँकी रहेका ग्राहकले टुजी नेटवर्कमार्फत आधारभूत भ्वाइस कल र एसएमएस सेवा प्रयोग गर्न सक्ने उनले स्पष्ट पारिन्।

एनसेलका अनुसार थ्रीजी सेवा बन्द भएपछि त्यसका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी नेटवर्कलाई थप सुदृढ बनाउन पुनः प्रयोग गरिनेछ। यसले नेटवर्कको क्षमता बढाउनुका साथै कनेक्टिभिटी र सेवा गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा कम्पनीको छ।

हाल एनसेलको फोरजी सेवा नेपालको करिब ९५ प्रतिशत जनसंख्यामा पुगिसकेको छ। तर, कम्पनीका कुल सक्रिय ग्राहकको करिब ५ प्रतिशतले अझै फोरजी सिम प्रयोग गरेका छैनन्।

थ्रीजी सेवा बन्द हुँदा ग्राहकलाई पर्न सक्ने असुविधा कम गर्न कम्पनीले थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको छ। ग्राहकले नजिकैको एनसेल सेन्टर वा प्वाइन्ट अफ सेल्समा पुगेर आफ्नो सिम फोरजीमा अपग्रेड गर्न सक्नेछन्।

फोरजी सिम लिँदा ग्राहकले सात दिन समयसीमा भएको २ जीबी डेटा पनि निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २०८३ मङ्सिर ३ गते बिहिबार ०३:४३
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका १३० विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

काठमाडौँ: सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३०...

६ दिनमा २६ हजार ३०० घट्यो सुनको मूल्य, शुक्रबार एकैदिन १२ हजार २०० रुपैयाँले गिरावट

मंसिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ।

सुरक्षा रणनीति सुदृढ बनाउन जेम्ल्यान्स्की याङ्गोको ग्लोबल हेड अफ सेफ्टी नियुक्त

काठमाडौँ: विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना सबै बजारमा मोबिलिटी सेवाको सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन रोमन जेम्ल्यान्स्कीलाई ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको...

आईएमई ग्रुपको ग्रुप ‘भाइस प्रेसिडेन्ट’मा जगदीश खड्का नियुक्त

काठमाडौँ: आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। समूहका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्य अभिवृद्धि गर्दै व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने जिम्मेवारीसहित...

तोलामा ६ हजार ३०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: बुधबार सुनको मूल्यमा गिरावट आएको छ। यसदिन अघिल्लो दिनको तुलनामा सुनको मूल्य ६ हजार ३०० रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य बुधबार २...
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना