२०८३ मङ्सिर ६ गते आईतबार

दूधको मूल्य बढाउन सहमति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
milk_meeting

काठमाडौं। दूधको मूल्य बढाउन डेरी क्षेत्रका सरोकारवालाहरूबीच सहमति जुटेको छ। करिब चार वर्षदेखि दूधको मूल्य वृद्धि नभएको भन्दै किसान, दुग्ध उत्पादक सहकारी तथा उद्योगीहरूले मूल्य बढाउनुपर्नेमा एकमत भएका हुन्।

राष्ट्रिय दुग्ध विकास बोर्डको हलमा बिहीबार दूधको उत्पादन लागतसम्बन्धी अध्ययनका लागि आयोजित छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले दूध उत्पादन तथा प्रशोधनमा बढेको लागतलाई आधार बनाएर वैज्ञानिक ढंगले मूल्य समायोजन गर्नुपर्ने धारणा राखेका छन्।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले पछिल्लो चार वर्षदेखि दूधको मूल्य नबढ्दा किसानदेखि उद्योगीसम्म समस्यामा परेको बताए। उनले सबै वस्तुको मूल्य बढे पनि दूधको मूल्य स्थिर रहनु उपयुक्त नभएको उल्लेख गरे।

उनले भने, ‘दुधको मूल्य नबढेको लगभग चार वर्ष भयो। सबै कुराको मूल्य बढिरहेको बेलामा दुधको मात्र मूल्य नबढ्दाखेरि अप्ठ्यारो भयो भनी किसान, उद्योगी, हामी छलफलमा बस्यौँ।

यसमा सबै जनाले मूल्य बढ्ने कुरामा सबैको एकरूपता भयो। तर कति बढ्ने भन्ने कुराको यति नै बढाउने भन्ने विषय हुँदैन। यसको सबै कुराहरू क्यालकुलेसन गर्नुपर्‍यो।’

दूधको मूल्य निर्धारण गर्दा किसानको उत्पादन लागत, उद्योगीको खर्च तथा बजार मूल्यमा आएको परिवर्तनलाई अध्ययन गर्नुपर्ने उनको भनाइ छ।

सरोकारवाला संघसंस्थाले आफ्नो धारणा लिखित रूपमा बोर्डमा पेस गर्ने र बोर्डले अध्ययन गरी मन्त्रालयमा सिफारिस गर्ने प्रक्रिया अघि बढेको उनले बताए।

दूधको मूल्य वृद्धिको माग गर्दै किसानहरूले आन्दोलन गर्ने घोषणा गरेको विषयमा दाहालले आन्दोलनभन्दा वार्ता र छलफलबाट समस्या समाधान गर्नुपर्ने बताए।

उनले भने, ‘आन्दोलनले आफैँ समस्या समाधान हुँदैन। वार्तामा छलफल गरेर सरकारले इनिसिएसन लिन्छु भनेकै छ। बोर्ड पनि एउटा सरकार मातहतकै एउटा बडी भएको हुनाले बोर्डले म गर्छु भनेको छ। उहाँहरूले बोर्डले गर्दै गर्दागर्दै अथवा मन्त्रालय गर्ने कुरामा आन्दोलन गर्छु भन्नुभएको हैन। यदि भएन भने आन्दोलन गर्छु भन्नुभएको हो, भएन भने त आन्दोलन गर्न परिहाल्छ।’

यस्तै, केन्द्रीय दुग्ध सहकारी संघ नेपालका अध्यक्ष अमरबहादुर कुँवरले किसानको समस्या र मर्कालाई ध्यानमा राखेर दूधको मूल्य बढाउनुपर्ने माग आफूहरूले यसअघि नै सरकारसमक्ष राखेको बताए।

उनका अनुसार संघले भदौ ८ गते नै दूधको मूल्य वृद्धि गर्न निर्णय गरी भदौ ९ गते सरकारलाई मागपत्र बुझाएको थियो। लामो समयसम्म मूल्य वृद्धि नहुँदा किसानहरू दूध उत्पादन व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको उनले बताए।

उनले भने, ‘किसानहरूले यत्रो समयसम्म पीडा बोकेर बसिराखेको अवस्था छ। किसानहरूले धमाधम गाईहरूलाई दूध दिन खुवाउन आहारविहार खुवाउन नसकेर गाईहरू धमाधम धपाउन थालिसकेको अवस्था छ। त्यसले गर्दा यो समस्या हेर्ने, यसको आवाज उठाउने सारा कुरा केन्द्रीय दुग्ध सहकारी संघ हो।’

कुँवरले दूधको मूल्य वृद्धि नहुँदा उत्पादन घट्दै गएको र किसानहरू व्यवसायबाट बाहिरिन थालेको बताए। किसानका मागप्रति जिल्ला दुग्ध उत्पादक सहकारी संघहरूले पनि विभिन्न स्थानबाट आवाज उठाइरहेको र त्यसप्रति आफ्नो संघको ऐक्यबद्धता रहेको उनको भनाइ छ।

उनले सरकारले मंसिर १० गतेभित्र दूधको नयाँ मूल्य घोषणा गर्ने र मंसिर १६ गतेदेखि लागू गर्ने अपेक्षा गरेको बताए।

उनले भने, ‘आशा छ हामीलाई पक्कै पनि कम्ती १० गतेभित्र सरकारले मूल्य घोषणा गरेको कुरा सुन्न पाउनेछौँ र १६ गतेबाट पक्कै यो लागू हुनेछ र हुनै पनि पर्छ। यदि अन्यथा भयो भने किसानहरू यसमा सहेर बस्न सक्ने अवस्था हुँदैन। सडकमा आएर भने पनि आफ्नो अवस्थाको प्रदर्शन किसानहरूले गर्छन्।’

कुँवरले छलफल सकारात्मक रूपमा सम्पन्न भएको भन्दै सरकारबाट मूल्य वृद्धि हुनेमा आफूहरू आशावादी रहेको बताए। किसानका माग सम्बोधन नभए आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी छ।

छलफलमा सहभागी सरोकारवालाहरूले दूधको उत्पादन तथा प्रशोधन लागतको अध्ययन गरी मूल्य वृद्धिको आधार तय गर्नुपर्नेमा जोड दिएका छन्। बोर्डले सरोकारवालाहरूबाट प्राप्त सुझाव र आफ्नो अध्ययनका आधारमा मन्त्रालयलाई सिफारिस गर्नेछ।

प्रकाशित: २०८३ मङ्सिर ३ गते बिहिबार ०७:४५
प्रतिक्रिया

थप समाचार

प्रतिकूल वर्षाको मारमा पर्साका किसान, तरकारी खेतीमा पुगेन सरकारको प्रविधि र बाली बीमा

वीरगञ्ज। पर्साको ठोरी गाउँपालिका किसानहरुलाई बेमौसमी पानिले ठुलो मारमा पारेको छ। समयमा प्राविधिक जानकारीको अभाव र बाली बीमाको पुहच नपुग्दा किसानले लाखौको नोक्सानी उठाउनु परेको हो। ठोरी...

प्रधानमन्त्रीको भारत भ्रमणमा दिल्ली जाने यी हुन् ५२ उद्योगी, को कुन क्षेत्रका ? [सूची]

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह आगामी मंसिर ६ गते छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदैछन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने...

स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ: उद्योगमन्त्री साह

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको समृद्धिका लागि आयात बढाउनेभन्दा स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन्। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण...

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...

हिम पर्वत हाइड्रोले सिटिजन्स बैंकको ऋण तिर्न ५९ करोडको आईपीओ ल्याउदै

कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/०८३मा १७ करोड रुपैयाँ खुदनाफा कमाएको छ।
New Project – 2026-11-18T133215.819
उद्योग

जलविद्युत्‌मा आक्रामक पिपुल्स हाइड्रोपावर, १२८ मेगावाटका ४ आयोजनामा लगानी

कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत...
balen
आर्थिक नीति

बैंकमा तरलता, व्यवसायीमा त्रास: सरकारले किन जित्न सकेन निजी क्षेत्रको विश्वास?

सरकारका पछिल्ला रवैयाहरूले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिएको निजी क्षेत्र झनै त्रसित बन्न पुग्दा लगानीमैत्री वातावरण खलबलिएको छ।
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
nnnn
राजनीति

नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत, ६ महिनाभित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी

काठमाडौँ: नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत भएका छन्। संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना