काठमाडौँ: सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकको हेटौंडा शाखाको पहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई ट्र्याकसुट तथा आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो। कार्यक्रमले चेपाङ समुदायका बालबालिकाको शैक्षिक यात्रामा सहयोग पुग्नुका साथै अध्ययनप्रति थप उत्साह र प्रेरणा मिल्ने विश्वास बैंकले लिएको छ।
कार्यक्रममा बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौंडा शाखा प्रबन्धक बिनेश कार्कीलगायत बैंकका कर्मचारी तथा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो।
बैंकिङ सेवा प्रवाहसँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत उच्च प्राथमिकतामा राख्दै आएको बैंकले समुदायको आवश्यकता, शिक्षा तथा सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

