काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन्।
कीर्तिपुर मैदानमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ। सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो। लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो।
सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो। पहिलोमा जनकपुरसँग र दोस्रोमा लुम्बिनीसँग हारेको सुदूरपश्चिम यसपटक च्याम्पियन बन्न चाहन्छ।
लुम्बिनी गत संस्करणको विजेता टोली पनि हो। लुम्बिनी पनि पुनः उपाधि रक्षा गर्न चाहन्छ। सुदूरपश्चिम दिपेन्द्र सिंह ऐरी र लुम्बिनी रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको छ।








