२०८३ कार्तिक १३ गते बिहिबार

जलविद्युत आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ९
gagan_ippan

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जलविद्युतका निर्माणाधीन आयोजनामा स्थानीय तहबाट अवरोध गर्ने आफ्नै पार्टीका नेता–कार्यकर्तामाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को राजनीतिक दलहरुसँग छलफल तथा संवाद गर्ने क्रममा बिहीबारको कार्यक्रममा उनले कानुनसम्मत रूपमा ऊर्जाका आयोजना निर्माण गर्न खोजिरहेका ऊर्जा उद्यमीलाई कांग्रेससम्बद्ध स्थानीय तह वा कार्यकर्ताले दुःख दिए त्यसको उजुरी पार्टीको संस्थागत संयन्त्रमा गर्न सकिने र दोषी देखिए कारबाहीको प्रक्रियामा लैजाने बताएका हुन्।

सभापति थापाले स्थानीय तहमा राजनीतिक पहुँचका आधारमा ऊर्जा आयोजनामाथि अनावश्यक दबाब र अवरोध सिर्जना गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए।

छलफलका क्रममा इप्पानका पदाधिकारीहरूले स्थानीय तह तथा राजनीतिक कार्यकर्ताबाट आयोजना निर्माणमा हुने अवरोध पछिल्लो समय गम्भीर बन्दै गएको गुनासो गरेपछि थापाले कांग्रेसभित्र स्थानीय सरकारलाई प्रशिक्षण, सशक्तीकरण र नियमन गर्ने उद्देश्यले ‘गभर्नेन्स इन्स्टिच्युट’ निर्माण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिँदै त्यसैमार्फत पार्टीले स्थानीय तहका समस्या सम्बोधन गर्ने बताए।

‘कुनै पनि नेपाली कांग्रेस आबद्ध स्थानीय सरकारले कहीँ कतै निजी क्षेत्रलाई कानुनसम्मत रूपमा काम गर्न अवरोध गर्यो भने पार्टीको संयन्त्रमा गुनासो गर्न सकिने व्यवस्था हुन्छ,’ उनले भने, ‘जुन कुनै स्थानीय सरकारले मलाई कानुनी रूपमा काम गर्न दिइरहेको छैन भनेर यहाँ आएर भन्नुभयो भने त्यसमा हाम्रो जिम्मेवारी हुन्छ।’

उनले पार्टीसँग जोडिएको स्थानीय सरकार वा जनप्रतिनिधिले निजी क्षेत्रलाई अनावश्यक रूपमा दुःख दिने अवस्था स्वीकार्य नहुने संकेत गर्दै आवश्यक परे पार्टीको तहबाटै कारबाही गरिने पनि बताए। थापाले भोटेकोशी–त्रिशूली जस्तो बाढीको विपद्मा परेका आयोजनाकाबारेमा सुरुको केही दिनसम्म सबै तिर चर्चा हुने गरे पनि यो दुखः सम्बन्धित प्रवद्र्धकको नै हुने गरेको पनि बताए।

कतिपय आयोजनामा स्थानीय समुदायका नाममा अस्वाभाविक माग राख्ने, निर्माण सामग्री तथा उपकरण ढुवानी रोक्ने, बाटो अवरुद्ध गर्ने र आयोजनासँग पटक–पटक थप रकम माग गर्ने प्रवृत्ति देखिएकोले काम गर्न समस्या आउने गरेको गुनासो प्रवद्र्धकहरूले गरेका छन्।

इप्पान अध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रले ठूलो योगदान गरे पनि सरकारी नीति र कार्यान्वयनबीचको खाडल अझै कायम रहेको बताए।

उनले निजी क्षेत्रले साना आयोजनाबाट सुरुवात गरेर अहिले स्वदेशी पूँजी परिचालन गरेर ४४० मेगावाटका जलविद्युत आयोजनामा लगानी गर्न सक्ने गरी क्षमता अभिवृद्धि गरिसकेको स्मरण गराउँदै नीतिगत व्यवस्था गरी यसको जग बसाउनमा विगतमा नेपाली काँग्रेस नेतृत्वको सरकार र तत्कालिन जलस्रोत मन्त्री शैलेजा आचार्यको भूमिका अविस्मरणीय रहेको बताए।

सरकारले हरेक वर्ष नीति, बजेट र कार्यक्रममार्फत ऊर्जा क्षेत्रलाई प्राथमिकता दिने गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर नै रहेने प्रवृत्ति अझै कायम रहेको बताए।

‘वन तथा वातावरणसम्बन्धी कानुन र प्रक्रियाका कारण जलविद्युत् आयोजना, प्रसारण लाइन तथा अन्य पूर्वाधार निर्माणमा ठूलो समस्या भइरहेको छ,’ उनले भने, ‘अदालतका अन्तरिम आदेश तथा विभिन्न कानुनी प्रक्रियाका कारण आयोजना लामो समय रोकिने अवस्था पनि अन्त्य गर्ने खबरदारीका लागि प्रमुख प्रतिपक्ष दलले पनि महत्त्वपूर्ण भूमिका खेल्छ सक्छ।’

उनले हालै भोटेकोशी तथा त्रिशूली नदी बेसिनमा आएको विपद्का कारण करिब १३ वटा आयोजनामा असर परेकोले यी आयोजनाको पुनर्निर्माणको लागि सरकारले विषेश नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए। निजी क्षेत्रलाई सरकार तथा प्रतिपक्ष दलहरूले राजनीतिक दृष्टिकोणबाट नभई आर्थिक विकासको साझेदारका रूपमा हेर्नुपर्ने उनको भनाई छ।

यस्तै, इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाले स्थानीय समुदायलाई आयोजनाबाट लाभ दिने विषयमा निजी क्षेत्र सकारात्मक रहे पनि राजनीतिक पहुँचका आधारमा माग थपिँदै जाने प्रवृत्तिले आयोजना लागत बढाउने गरेको बताए।

‘कुनै आयोजना निर्माणमा स्थानीयलाई लाभ पुर्याउने गरी सम्झौता भइसकेपछि समेत राजनीतिक व्यक्तिहरूले थप रकम दिलाउने आश्वासन दिँदै स्थानीय समुदायलाई उचाल्ने गरेका उदाहरण छन्। यसले आयोजना निर्माणको वातावरण बिगार्नुका साथै लगानी जोखिमसमेत बढाएको छ,’ उनले भने।

स्थानीय समुदायलाई लाभ दिनुपर्ने भए पनि त्यसका नाममा अनियन्त्रित माग र राजनीतिक दबाब स्वीकार गर्न नसकिनेमा उनले जोड दिए।

इप्पान सचिव सुमन जोशीले ऊर्जा उद्यमीलाई राजनीतिक दलको ‘लेन्स’बाट हेर्न नहुने बताइन्। उनले ऊर्जा उद्यमीले ठूलो पूँजी र दीर्घकालीन जोखिम लिएर आयोजना निर्माण गर्ने भएकाले उनीहरूलाई देशको आर्थिक विकासका साझेदारका रूपमा व्यवहार गर्नुपर्ने बताइन्।

प्रकाशित: २०८३ असोज ९ गते शुक्रबार ०५:००
प्रतिक्रिया

थप समाचार

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

जलाशययुक्त आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि...

कर्नालीका हिमाली जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

सुर्खेत: कर्नाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना