२०८३ कार्तिक १४ गते शुक्रबार

अविरल वर्षाले देशभर विद्युत् पूर्वाधारहरूमा कहाँ कहाँ के के भयो क्षति? [विस्तृत विवरण]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ११
photo-3_1829baf5

काठमाडौँ: अविरल वर्षाले देशभर विद्युत् पूर्वाधारहरूमा क्षति पुगेको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई हालसम्म उपलब्ध विवरणअनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रमा बाढी, लाइन फाल्ट तथा उपकरण/लाइनको ओभरलोडका कारण ठूलो परिमाणमा विद्युत् आपूर्ति प्रभावित भएको देखिन्छ।

‍वर्षा, बाढी र पहिरोले पोखरा क्षेत्रमा सबैभन्दा बढी प्रभाव परेको छ। कुस्मा–न्यू बुटवल २२० केभी लाइनमा फाल्टका कारण करिब २०० मेगावाट प्रभावित भएको छ।रौघाङ–दाना लाइन १ र २ मा करिब १५५ मेगावाट प्रभावित भएको मन्त्रालयले जनाएको छ।

कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी, मोदी लगायतका आयोजनाहरूमा बाढीका कारण उत्पादन/आपूर्ति अवरुद्ध भएको छ भने पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्र करिब ४०० मेगावाट भन्दा बढी क्षमता प्रभावित भएको देखिन्छ।

न्यू बुटवल–कुस्मा २२० केभी लाइनको फाल्टपछि करिब ११० मेगावाट प्रभावित भएको छ।बुटवल क्षेत्रमा न्यू भारतपुर–न्यू बुटवल २२० केभी लाइनमा रुख ढलेर फाल्ट भएको थियो। लाइन बिहान ९:५१ बजे चार्ज गरिएको मन्त्रालयले जानकारी दिएको छ।

चापर–पथलैया १३२ केभी लाइन आउट हुँदा कावासोती एसएस मा १ घण्टा लोड कटौती गरिएको छ। हेटौंडा क्षेत्रमा माण्डु ६६ केभीमा बाढीका कारण करिब ३२ मेगावाट प्रभावित भएको छ। कावासोती–भारतपुर १३२ केभीमा भारतपुर एसएसमा सीभीटी बर्न्ट भएको उल्लेख छ।

सिमरा एसएसमा करिब २० मेगावाट, अमलेखगञ्ज/परवानीपुर/वीरगञ्ज उद्योगमा करिब ८० मेगावाट, तथा काम्ने एसएस/उद्योगमा करिब २५ मेगावाट आपूर्ति प्रभावित छ।

काठमाडौं क्षेत्रमा पाटन एसएसमा करिब १० मिनेट अवरोध भएको थियो।

टेकुमा पनि १९ मिनेट अवरोध भएको थियो। पाटनमा पथलैया लाइन र केएल–वन स्युचाटार ६६ केभी एकै समयमा ओभरलोड भएको तथा बाढीका कारण एमआरएस इमर्जेन्सी सप्लाई प्रयोग गरिएको उल्लेख छ।

अन्य विद्युत् कटौतीतर्फ कावासोती सबस्टेसनमा २० मेगावाट विद्युत् कटौती गरिएको थियो। त्यहाँ बिहान ८:०० बजेदेखि ९:१५ बजेसम्म विद्युत् कटौती भएको थियो। हरदी सबस्टेसनमा पनि २५ मेगावाट विद्युत् कटौती गरिएको थियो। त्यहाँ पनि बिहान ८:०० बजेदेखि ९:१५ बजेसम्म विद्युत् आपूर्ति प्रभावित भएको थियो।

सुनवल–मैनिया तथा बुटवल सबस्टेसनअन्तर्गतका उद्योगमा ५० मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको थियो। उक्त क्षेत्रमा बिहान ६:०२ बजेदेखि विद्युत् कटौती भएको थियो। सिमरा सबस्टेसनमा २० मेगावाट विद्युत् भार कटौती गरिएको थियो। त्यहाँ बिहान ६:०० बजेदेखि १०:०० बजेसम्म विद्युत् आपूर्ति प्रभावित भएको थियो।

अमलेखगञ्ज, परवानीपुर तथा वीरगञ्जका उद्योगमा करिब ८० मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको थियो। उक्त क्षेत्रमा बिहान ६:०१ बजेदेखि विद्युत् कटौती भएको थियो।

प्रकाशित: २०८३ असोज ११ गते आईतबार १२:०५
प्रतिक्रिया

थप समाचार

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

जलाशययुक्त आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि...

कर्नालीका हिमाली जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

सुर्खेत: कर्नाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना