२०८३ असोज २५ गते आईतबार

बूढीगण्डकीमा भीषण बाढीः नदी खुल्ने र थुनिने क्रम जारी, उच्च सतर्कता अपनाउन आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
photo_b6f83caa

काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ। माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि बाढी आएको हुन सक्ने बताइएको छ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा केही विद्यालयमा क्षति पुगेको खबर आएको बताएका छन्।

सापकोटाका अनुसार नदीमा पानीको बहाव पटकपटक थुनिने र खुल्ने भइरहेको छ। बाढीको ठूलो झड्काले नदी आसपासको करिब १५० देखि २०० मिटर माथिसम्मको क्षेत्र प्रभावित भएको उनले बताए।

‘हामी यही तटीय क्षेत्रमा छौँ। गाउँपालिका आसपासमै छौँ। ठूलो बाढी आएको छ। माथि सुक्खा पहिरो गयो र नदी थुनिएर बाढीको रूप लिएको छ भन्ने भनिएको छ। हामीले त्यहाँ सम्म यही हेरिराख्या छौँ। त्यो थुनिँदै खोलिँदै, थुनिँदै खोलिँदै गरिराख्या छ। बाढीको ठूलो झड्का आएको छ। करिब १५०–२०० मिटर जति माथिको एरियासम्म त्यसले कभरेज गर्या छ, उनले भनेर्, तल्लो तटीय क्षेत्रका बस्तीहरू बग्यो भन्ने खबर आएको छ। मानवीय क्षतिबारे अहिलेसम्म कुनै सूचना आएको छैन।’

उनका अनुसार नदी किनारमा रहेका जगत, सल्लेरीलगायत तल्लो तटीय क्षेत्रका बस्ती तथा बजारमा क्षति पुगेको खबर प्राप्त भएको छ। ती क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा ट्रेकिङ एजेन्सीसम्बद्ध होटलहरू बगाएको र केही विद्यालयसमेत बाढीले बगाएको सूचना आएको उनले जानकारी दिए।

बाढीबाट मानवीय क्षति भए–नभएकोबारे अहिलेसम्म आधिकारिक जानकारी प्राप्त नभएको सापकोटाले बताए। क्षतिको वास्तविक विवरण संकलन तथा अवस्था बुझ्ने काम भइरहेको र सम्बन्धित निकायबीच समन्वय भइरहेको उनले बताए।

नदीमा पानीको बहाव निरन्तर परिवर्तन भइरहेकाले तत्काल क्षतिको यकिन विवरण सार्वजनिक गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ।

बाढीको जोखिम कायमै रहेकाले बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदी किनारबाट सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

 

प्रकाशित: २०८३ असोज २५ गते आईतबार ०८:१९
प्रतिक्रिया

थप समाचार

बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो, मानवीय क्षति छैन

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएका बाढी धादिङसम्म पुगेको छ । बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएको छ भने नदी किनारका खेत तथा जग्गा कटान गरेको छ । धादिङमा हालसम्म मानवीय क्षति भने...

बूढीगण्डकीमा तीन चरणमा बाढीः आरूघाटमा दोस्रो बाढीले खतराको तह पार गर्यो

काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–३ क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी विभिन्न चरणमा तल्लो तटीय क्षेत्रतर्फ बढिरहेको छ। मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले...

बूढीगण्डकी नदीमा ठूलो बाढीको जोखिम, गोरखादेखि नवलपरासीसम्म सतर्क रहन आग्रह

गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित बूढीगण्डकी नदीमा आएको ठूलो बाढीलाई मध्यनजर गर्दै नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। बाढीको जोखिमलाई ध्यानमा...

गोरखाको चुमनुब्रीमा पहिरोले थुनिएको बूढीगण्डकी नदी पुनः बग्न थाल्यो

गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदी पुनः बग्न थालेको छ। नदी थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको सूचना प्राप्त...

नारायणी बाढीले चौर बगाएर बगर बनायो, ‘सी बिच’ तटबन्ध भने सुरक्षित

चितवन: यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका-१ नारायणगढस्थित नारायणी किनारको चौर बगरमा परिणत हुँदा यहाँ समुद्री किनारको स्वरूपमा निर्माण गरिएको ‘सी बिच’ ढाँचाको तटबन्ध...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना