२०८३ असोज २५ गते आईतबार

बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो, मानवीय क्षति छैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
gorkha-motreable-bridge

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएका बाढी धादिङसम्म पुगेको छ । बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएको छ भने नदी किनारका खेत तथा जग्गा कटान गरेको छ ।

धादिङमा हालसम्म मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै गौतमले बाढीको सूचना प्राप्त भएपछि जिल्लाका सबै सुरक्षाकर्मी परिचालन गरिएको बताइन् ।

स्थानीय तहसँगको समन्वयमा माइकिङ तथा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको उनले जानकारी दिइन् ।

‘बाढीको सूचना प्राप्त भइसकेपछि सबै सुरक्षाकर्मी परिचालन गरेका छौँ। स्थानीय पालिकाहरूले माइकिङ गरेर र सामाजिक सञ्जालबाट पनि प्रचारप्रसार गरेर सबै नागरिकहरुलाई सुरक्षित स्थानतर्फ लगिएको छ,’ उनले भनिन् ।

उनका अनुसार बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएपछि गोरखा जाने तथा चितवनलगायतका क्षेत्रसँगको सडक सम्पर्क प्रभावित भएको छ ।

‘पुल बगाएपछि गोरखालगायत विभिन्न ठाउँ र चितवनतिर जाने सबै कनेक्सन टुट्यो,’ उनले भनिन्।

बाढीमा लेदोसहित ठूला चट्टान बगेर आएको उनले बताइन् । ‘बाढी ठूलै आएको छ । लेदोसहित घरजत्रा ठूला चट्टान बगाएर ल्याएको अवस्था छ,’ उनले भनिन्।

बाढी धादिङ पार गरेर त्रिशूली नदीमा मिसिइसकेको पनि गौतमले जानकारी दिइन् । उनका अनुसार बाढीको बहाव घट्ने र फेरि बढ्ने क्रम जारी छ ।

धादिङमा नदी किनारका खेत तथा जग्गामा कटान भए पनि अन्य ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभएको उनले बताइन् । गोरखामा भने बाढीले बस्तीसमेत बगाएको प्रारम्भिक जानकारी आएको र त्यहाँको पछिल्लो अवस्थाबारे सम्पर्क हुन नसकेको उनले उल्लेख गरिन् ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता र उद्धारसम्बन्धी तयारीलाई निरन्तरता दिएको छ।

प्रकाशित: २०८३ असोज २५ गते आईतबार १०:४४
प्रतिक्रिया

थप समाचार

बूढीगण्डकी बाढीले ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...

५७ पैसा महँगो हो भने पनि हामी रिभ्यु गर्न तयार छौंः अध्यक्ष धिताल

काठमाडौं। विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले विद्युत् क्षेत्रमा खुला पहुँच (ओपन एक्सेस) लागू हुँदा बजारमा प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले सस्तोमा बिजुली पाउने बताएका छन्। शुक्रबार...

लेदो पन्छाएपछि बिपी राजमार्गमा यातायात पुनः सञ्चालन

काठमाडौं। रातभर परेको अविरल वर्षाका कारण बिपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ। शनिबार विहान बिपी राजमार्गअन्तर्गत नार्के र पिन्थलीबीचको...

पहिरोले मुख्य राजमार्गहरू प्रभावितः पृथ्वी र बिपी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं। वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार शनिबार (आज) बिहानसम्म विभिन्न प्रदेशका महत्त्वपूर्ण...

१०५ मेगावाटका दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

काठमाडौँः लगानी बोर्डले १०५.६२ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। बोर्डको ६८औँ बैठकले ५८।९ मेगावाटको...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना