२०८३ असोज २५ गते आईतबार

गोरखाको चुमनुब्रीमा पहिरोले थुनिएको बूढीगण्डकी नदी पुनः बग्न थाल्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
budhigandaki_badi

गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदी पुनः बग्न थालेको छ। नदी थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको सूचना प्राप्त भएको नेपाल प्रहरीले जनाएको छ।

प्राप्त जानकारीअनुसार आज बिहान ५ः३० बजे पहिरोका कारण बूढीगण्डकी नदी थुनिएको सूचना प्राप्त भएको थियो। लगत्तै प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

नदी थुनिएपछि तटीय क्षेत्रमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा रहेका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सतर्क गराइएको थियो ।

बिहान ६ः१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेको र त्यसपछि ठूलो बाढी आएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

क्षतिको विवरण आउन बाँकी

घटनाबाट भएको सम्भावित क्षतिबारे हालसम्म थप विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। बाढीले तटीय क्षेत्रमा पुर्‍याएको क्षति तथा मानवीय क्षतिबारे यकिन विवरण आउन बाँकी छ।

 

प्रकाशित: २०८३ असोज २५ गते आईतबार ०८:२४
प्रतिक्रिया

थप समाचार

बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो, मानवीय क्षति छैन

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएका बाढी धादिङसम्म पुगेको छ । बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएको छ भने नदी किनारका खेत तथा जग्गा कटान गरेको छ । धादिङमा हालसम्म मानवीय क्षति भने...

बूढीगण्डकीमा तीन चरणमा बाढीः आरूघाटमा दोस्रो बाढीले खतराको तह पार गर्यो

काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–३ क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी विभिन्न चरणमा तल्लो तटीय क्षेत्रतर्फ बढिरहेको छ। मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले...

बूढीगण्डकी नदीमा ठूलो बाढीको जोखिम, गोरखादेखि नवलपरासीसम्म सतर्क रहन आग्रह

गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित बूढीगण्डकी नदीमा आएको ठूलो बाढीलाई मध्यनजर गर्दै नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। बाढीको जोखिमलाई ध्यानमा...

बूढीगण्डकीमा भीषण बाढीः नदी खुल्ने र थुनिने क्रम जारी, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ। माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि बाढी आएको हुन सक्ने बताइएको छ। चुमनुब्री गाउँपालिकाका प्रमुख...

नारायणी बाढीले चौर बगाएर बगर बनायो, ‘सी बिच’ तटबन्ध भने सुरक्षित

चितवन: यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका-१ नारायणगढस्थित नारायणी किनारको चौर बगरमा परिणत हुँदा यहाँ समुद्री किनारको स्वरूपमा निर्माण गरिएको ‘सी बिच’ ढाँचाको तटबन्ध...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना