२०८३ कार्तिक १३ गते बिहिबार

८ वनमा जङ्गली जनावरका लागि पोखरी निर्माण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २५
pond for animals in chitwan

भरतपुर – वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९–८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो।

कालिका नगरपालिका–१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका–७ को कालिका पिपलटार सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वन, रत्ननगर नगरपालिका–११ को पञ्चकन्या सामुदायिक वनमा नयाँ पोखरी निर्माण गरिएको हो।

पञ्चकन्या सामुदायिक वनमा दुईवटा पोखरी निर्माण गरिएको छ भने अन्य वनमा एउटा–एउटा पोखरी निर्माण गरिएको छ। केही ठाउँमा पानीको प्राकृतिक स्रोतबाट र केही ठाउँमा सोलार बोरिङको माध्यमबाट पोखरी निर्माण गरिएको सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिए। वन्यजन्तुलाई पानी खान, आहाल खेल्न र प्रकृतिको रिचार्जका लागि पोखरी निर्माण गरिएको उनले बताए।

भरतपुर महानगरपालिका–२९ को वागेश्वरी सामुदायिक वनमा पनि नयाँ पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालयले क्यामेरा ट्रयापिङमा दुइवटा पाटेबाट देखेपछि सो क्षेत्रमा पोखरी निर्माण गरिएको वन अधिकृत खनालले बताए। यहाँ सोलार बोरिङसहितको पोखरी निर्माण गरिएको छ।

वन कार्यालयले नयाँ पोखरी निर्माणसँगै पुराना पोखरीमा पानीको स्रोत व्यवस्थापन र संरक्षणका काम पनि गरेको अधिकृत खनालले जानकारी दिए। उनका अनुसार इच्छाकामना गाउँपालिका–७ को सोमरी सामुदायिक वन, राप्ती–७ को बागदेवी सामुदायिक वन, राप्ती–१० को सत्यदेवी सामुदायिक वन, कालिका नगरपालिका–८ को देवीढुङ्गा सामुदायिक वन, कालिका–८ कै मङ्गलादेवी सामुदायिक वन, भरतपुर–१६ को सिद्धीगणेश सामुदायिक वन, कालिका–५ को भीमवली सामुदायिक वन र कालिका–२ को थाङ्खोला सामुदायिक वनमा पुराना पोखरीको व्यवस्थापन गरिएको छ।

पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयले रु ३१ लाख खर्च गरेको छ। यो आर्थिक वर्षमा पनि पोखरी निर्माण र व्यवस्थापनको कामलाई निरन्तरता दिने वन अधिकृत खनालको भनाइ छ। नयाँ सिमसार क्षेत्रको खोजी गर्ने र पुराना सिमसारलाई संरक्षण गर्दै जाने योजना वन कार्यालयको रहेको उनले बताए।

डिभिजन वन कार्यालयअन्तर्गत चितवनमा ९३ सामुदायिक वन रहेका छन्। यी वनमा साना ठूला वन्यजन्तु छन्। बाघ, गैँडा, चित्तल, बँदेल, स्याललगायतका जनावर यहाँका सामुदायिक वनमा पाइन्छन्। चर्तुमुखी सामुदायिक वनका अध्यक्ष हरि गुरुङले सुक्खा याममा वनमा पानीको अभाव हुने हुँदा पोखरी निर्माणपछि वन्यजन्तुका लागि धेरै सहज भएको बताए। चर्तुमुखी वनमा तीन पोखरी निर्माण गरिएको छ। दुई प्राकृतिक स्रोतबाट पानी ल्याइएको छ भने एउटा पोखरीमा सोलारसहितको बोरिङ खनिएको छ। उनले पोखरी संरक्षणका लागि सामुदायिक वनले आन्तरिक स्रोतबाट पनि बजेट विनियोजन गरेर काम गर्ने गरेको बताए।

प्रकाशित: २०८० असार २५ गते सोमबार १२:०९
प्रतिक्रिया

थप समाचार

चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर

नारायणगढ (चितवन)- माछा, मासु, दूध र अण्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ। यहाँ उत्पादित माछा, मासु, दूध र अण्डा प्रतिव्यक्ति आवश्यकता भन्दा बढी उत्पादन हुने गरेको छ। पशुसेवा कार्यालय चितवनका...

चितवनमा बाघ देख्न अब भाग्य चाहिन्न!

चितवन- चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ। भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन्। अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन। भरतपुरतर्फबाट निकुञ्ज...

ध्रुवेको उपद्रो नरोकिएपछि रेडियोकलर

चितवन-  चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गर्ने भएको छ। वन क्षेत्रबाट बस्ती प्रवेश गर्न थालेपछि निकुञ्जले हात्तीलाई रेडियोकलर जडान गरेर निगरानी गर्न लागेको...

प्रहरीको फन्दामा खाग ‘तस्कर’, बन्दुकलगायतका सामग्री बरामद

चितवन- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय...

चितवनको माडीमा चक्रशिला

भरतपुर- चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ। पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ। बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना