जागरुक व्यक्तिको कथामा आधारित ‘जवान’मा क्रुरतापूर्वक घाइते बनाइएका एक रहस्यमय व्यक्ति (शाहरुख खान)लाई सीमा नजिकै बस्ने गाउँलेहरूले बचाउँछन्। केही महिनापछि उग्रवादीहरुले उक्त गाउँमा हमला गर्छन्। गाउँलेमाथि हमला हुँदा ती रहस्यमयी व्यक्ति ठिक भइसकेका हुन्छन् उनैले गाउँलेलाई बचाउँछन्। यद्यपि उनले आफ्नो स्मरण शक्ति गुमाइसकेका छन्।
३० वर्षपछि रहस्यमय व्यक्तिले लक्ष्मी (प्रिया मणि), ईरम (सान्या मल्होत्रा), इशक्रा (गिरिजा ओक), कल्कि (लहर खान), हेलेना (संजीता भट्टचार्य) सहित आफ्नो गिरोहका महिलाहरुको सहयोगमा मुम्बईमा एउटा मेट्रो रेललाई अपहरण गर्छन्। रेल अपहरणपछि उनले सरकारसँग ४० हजार करोड फिरौती माग गर्छन्।
तर फिरौती उनी आफैंलाई भने चाहिएको होइन। उनी यो पैसाले समस्यामा परेकाहरुलाई सहयोग गर्न चाहन्छन्। नर्मदा (नयनतारा)ले अतितमा यस्ता अपहरणका केसलाई राम्रोसँग ह्यान्डेल गरिसकेकी हुन्छिन्। यो केस ह्यान्डल गर्ने पनि उनैलाई जिम्मा दिइन्छ।
यसै दौरान ती रहस्यमय व्यक्ति फरार हुन्छन्। उनका महिला सहयोगी पनि भाग्छन्। विश्वका सबैभन्दा ठूलो हतियार डिलरमध्येका एक गाली गायकवाड (विजय सेतुपति) यो गडबडीमा सामेल हुन्छन्। अघि के हुन्छ भनेर पुरै फिल्म हेर्नुपर्ने हुन्छ।
एटलीको कथा केवल मनोरञ्जक मात्रै छैन राजनीतिक व्यवस्थामाथि पनि टिप्पणी छ। एटली र रामनागिरीवासनको पटकथा चाखलाग्दो छ। फिल्ममा थुप्रैपटक रोमाञ्चक क्षण आउँछन्। यद्यपि केही हिस्सामा तर्क पछि पर्छन्। सुमित अरोडाका डाइलग दमदार लाग्छ।
एटलीको निर्देशन निकै राम्रो छ। उनले कथालाई बहुत सरल बनाएका छन्। कथा थोरै दक्षिण भारतीय सिनमाको शैलीमा छ। फिल्मले सामाजिक मुद्दालाई छुन्छ। अनि मनोरञ्जनका हिसाबले पनि निकै राम्रो छ। कथामा धेरै फ्याल्सब्याक छन्। यसले रोचकता थप बढाएको छ। किनकि दर्शक पछाडिको कथा जान्नका लागि लगातार उत्सुक रहन्छन्।
कमजोरीका कुरा गर्ने हो भने सेकेन्ड हाफ पहिलो हाफको तुलनामा कमजोर छ। एटलीले धेरै पात्रलाई देखाएका छन् तर एक बिन्दुपछि ती पात्र कतै देखा पर्दैनन्।
जवानको सुरुवात धमाकेदार छ। शाहरुख खानको एन्ट्रीले सिनेमाघरमा अर्कै रोमाञ्चकता पैदा गर्छ।
फिल्मको कथा तुरुन्तै मेट्रो अपरण एपिसोडमा पुगिहाल्छ। सुजी (सिन्जा सरोझ महेता)का दृश्य निकै रोचक छन्। हस्पिटल सिक्वेनसका साथ फिल्म फेरि नयाँ लेभलमा पुग्छ।
मध्यान्तरतिरको सिन गजबकै छ। सकेन्ड हाफमा पनि केही रोमाञ्चक दृश्य छन्, तर पहिलो भागको तुलनामा ती दृश्य फिक्का पर्छन्। यद्यपि क्लाइमेक्समा फिल्म नेक्स्ट लेभलमा पुग्छ।
शाहरुख खान पुरै फिल्ममा छाउँछन्। साथै सरप्राइज पनि दिन्छन्। पछिल्ला ३१ वर्षमा दर्शकले उनलाई यस्तो अवतारमा कहिलै देखेका थिएनन्। उनका सबै भेष मनोरञ्जक छन्। फिल्ममा उनले धेरै कुरा जोड्छन्।

विजय सेतुपति सुरुवातमा ठिकठाक देखिन्छन् तर दोस्रो हाफमा उनी धेरै साइन गर्छन्। नयनतारा पनि शानदार देखिन्छन्। यद्यपि उनी र शाहरुखका बीचको केमेस्ट्री उतिसारो प्रभावशाली छैन। किनकी निर्देशकले उनीहरुबीचको प्रेम कहानी विकसित गर्नका लागि समय दिएका छैनन्।
महिलाहरुको टिममध्ये प्रिया मणि, सान्या मल्होत्रा र लहर खानले गहिरो छाप छाडेका छन्। गिरिजा ओक र सञ्जिता भट्टचार्यको अभिनय पनि तारिफयोग्य छ।
सिंजा सरोज महेता, सुनिल ग्रोवर (ईरानी), एजाज झान (मनीष), रिद्धि डोगरा (कावेरी) र अश्लेषा (आलियाः कालीको छोरी)लाई धेरै स्कोप दिइएको छैन। ओंकार दास मानिकपुरी (कल्लिका पिता)ले राम्रो अभिनय गरेका छन्।
नरेश गेसाईँ (कृषि मन्त्री), अश्विन कोशल (स्थास्थ्यमन्त्री) मुकेश छावडा (पप्पुः स्वास्थ्य मन्त्रीका पिए) उपर्युक्त भूमिकामा छन्। दीपिका पादुकोण (ऐश्ववर्या राठौंड) फिल्ममा लगभग २० मिनेट देखिन्छन्। सञ्जय दत्त (माधवन नाइक)ले दर्शकलाई खुसी बनाउँछन।
अनिरुद्धको संगीत फिल्मको कमजोर पक्ष मध्ये एक देखिन्छ। यद्यपि फिल्मका गीतलाई भव्य रुपमा फिल्माइएको छ। शीर्ष गीत फिल्मको मर्मका रुपमा सबैभन्दा राम्रो छ।
‘रमैया वास्तावैया’ र ‘जिन्दा बन्दा’ प्लेसमेन्टका कारण चल्न सक्दैनन्। यही कुरा ‘आरारारी रारो’ माथि पनि लागू हुन्छ। जीके विष्णुको सिनेमेटोग्राफी निकै राम्रो छ। टी मुथुराजको प्रडक्सन डिजाइन पनि राम्रो छ। अनिरुद्ध र दीपीका लालको भेषभुषा पनि आकर्षक छ।
स्पाइरो रन्जाटोस, एनल आरासू, क्रेग म्याक्रे, यानिक वेन, केचा खम्पाकडी र सुनील रोड्रिग्सको एक्सन पनि निकै आकर्षक छ। भिएफएक्स र रुबेनको एडिटिङ पनि प्रसंशायोग्य देखिन्छ। यसरी हेर्दा ‘जवान’ एक मनोरञ्जक फिल्म हो।
–बलिउड हंगामाबाट भावानुवाद गरिएको।


