काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट पाउने भएको छन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै अघि बढेको बैंकले स्वास्थ्य, र होटलतथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग छुटसमवन्धी सम्झौता गरेको हो ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्तगर्न सकिने छुट निम्नलिखित छन्ः

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


