काठमाडौँ– बलिवुड अभिनेता अखिल मिश्रको मंगलबार निधन भएको छ। ६७ वर्षको उमेरमा अभिनेता मिश्रको निधन भएको हो।
उनको निधन भएको पुष्टि श्रीमती सुजन बर्नाटले गरेकि छन्। अभिनेता अखिल लामो समयदेखि रक्तचापको समस्याबाट ग्रसित थिए।
मंगलबार भान्सामा उनै लडेका थिए। उनलाई तुरुन्तै अस्पताल लगिएको थियो। अस्पतालमा केही घण्टा उपचार भएपछि चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे।
अभिनेता अखिलकी पत्नी सुजन बर्नाट भने त्यतिबेला सुटिङका लागि हैदराबाद गएकी थिइन्। दुर्घटनाको जानकारी पाएलगत्तै उनी सुटिङबाट फर्किएकी थिइन्।
अखिलले सर्वकालीन लोकप्रिय बनेको फिल्म ‘थ्री इडियट्स’मा लाइब्रेरियन दुबेको भूमिका निभाएका थिए। उनको उक्त भूमिकालाई धेरैले रुचाएका थिए। यसबाहेक उनले ‘हजारों ख्वाइसेन ऐसी’, ‘वेल डन अब्बा’, ‘कलकत्ता मेल’ र शाहरुख खानको ‘डन’लागयतमा पनि काम गरेका थिए।
अखिल सानो पर्दामा पनि देखिएका थिए। ‘दो दिल बाँधे एक डोरी से’, ‘उत्तरन’, ‘परदेस मे मिला कोई अपना’ र ‘श्रीमानश्रीमती’जस्ता शोहरूमा उनको अभिनय देखिएको थियो।
सुजन एक जर्मन अभिनेत्री हुन्। उनले अनुपम खेरको फिल्म एक्सिडेन्टल प्राइम मिनिस्टरमा काम गरेकी थिइन्। सुजनका अनुसार श्रीमानले काम छोडीछोडी उनलाई हिन्दी सिकाएका थिए।


