काठमाडौं- नेपाल एसबिआई बैंकका कर्मचारीहरूले ‘बैंकको सेवाहरु, माध्यमहरु र खाताहरु सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउने प्रतिवद्धता गरेका छन् ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण दिवस’ को अवसरमा बैंकका कर्मचारीहरूले यस्तो प्रतिवद्धता गरेका हुन् । सो अवसरमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र अन्य पदाअधिकारीहरूको उपश्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराइएको थियो ।


