काठमाडौं- बलिउड अभिनेता सलमान खानलाई गत वर्ष ‘वाई प्लस’ सुरक्षा थिइएको थियो। जब सलमानलाई ज्यान मार्ने धम्कीयुक्त पत्र उनका पितालाई प्राप्त भएको थियो। ग्याङस्टार लोरेन्स बिश्नोई सलमानलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ। यही क्रममा हालै सलमानको फार्म हाउस तोडफोड गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।
यो घटना जनवरी ४ को हो। दुई जना सलमानको पनेवल फार्म हाउसमा पर्सने प्रयास गरिरहेका थिए। उनीहरु कम्पाउन्ड छेउको रुखमा चढेर फार्म हाउस छिर्ने प्रयासमा थिए। तर, पक्राउ परेपछि ती दुई जनाले आफूहरु सलमानको फ्यान रहेको बयान दिएका छन्। उनीहरुले सलमानलाई हेर्न फार्म हाउस छिर्न खोजेको बताएका छन्।
तर बलिउड समचार साइट कोइमोइका अनुसार ती दुवै व्यक्तिले प्रहरी समक्ष फर्जी नाम र आधार कार्ड पेश गरेका छन्। प्रहरीले उनीहरु माथि अनुसन्धान भइरहेको जनाएको छ। २०२३ को मार्चमा बिश्नोइले तिहाड जेलबाट आफ्नो जीवनको लक्ष्य सलमानलाई मार्नु रहेको बताएका थिए। मुम्बई पुलिसले सलमानलाई धम्की दिएको आरोपमा बिश्नोई र रोहीत गर्ग उजुरी दर्ता गरेको छ।
अहिले सलमानको ग्यालेक्सी अपार्टमेन्ट आसपास सुरक्षा बढाइएको छ। यसअघि सलमानका पिता सलिम खानले भेटेको धम्कीयुक्त पत्रमा लेखिएको थियो, ‘मुसावालेको जस्तै हालत बनाइदिन्छु।’ सन् २०२२ को मे २९ मा सिद्धु मुसावालाई उनकै कारमा गोली हानेर हत्यास गरिएको थियो। त्यसको जिम्मा विश्नोईले लिएका थिए।


