काठमाडौं- सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म ‘फाइटर’मा अभिनेता ऋतिक रोशन शमशेर पठानियाको भूमिकामा देखिँदैछन्। जनवरी २५ मा रिलिज हुने फिल्मका तीन गीत ‘शेर खुल गए’, ‘इश्क जैसा कुछ’ र ‘हिर आसमानी’ रिलिज भइसकेका छन्। अब निर्माण कम्पनीले ट्रेलर रिलिज गर्ने तयारी गरेको छ।
ऋतिकसँगै दीपिका पादुकोण र अनिल कपूरको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर १५ जनवरीमा रिलिज हुनेछ। यो एरियल एक्सन थ्रिलर फिल्म हो। फिल्मलाई भायाकाम १८ र मार्फ्लिक्स पिक्चर्सले निर्माण गरेका हुन्। यो ऋतिक र सिद्धार्थको तेस्रो फिल्म हो। यसअघि यी दुईले ‘व्याङ व्याङ’ र ‘वार’मा एकसाथ काम गरेका थिए।


