काठमाडौं- आजभली बलिउड फिल्म ‘टुवेल्थ फेल’काे चर्चा भइरहेको छ। खासगरी युवाहरुलाई उत्प्रेरणा जगाउने फिल्मलाई निकै मन पराइएको छ। यो मात्रै होइन्, बलिउडमा अन्य यस्ता फिल्म छन्। जसले युवाहरुमा उत्प्रेरणा जगाउँछन्। तिनै बलिउड फिल्मबारे यो सामाग्रीमा चर्चा गरिएको छ।
१. छिछोरे
सन् २०१९ मा आएको दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘छिछोरे’ युवाहरु माथि आधारित छ। यो फिल्म कथाले युवाहरुलाई हारपछि पनि जीवनमा अघि बढ्न सिकाउँछ। यो फिल्ममा सुशान्त डिभोर्स गरेका पिताको भूमिकामा देखिन्छन्, जसको छोरा तनावबाट गुज्रिरहेको हुन्छ। छोरा जब फेल हुन्छ, तब आत्महत्याको कोसिस गर्छ।

सुशान्तले आफ्नै कलेज लाइफको कथा छोरालाई सुनाउँछन्। आफ्नो कलेज लाइफमा आफू पनि कमजोर रहेको र हौसला राखेर मेहनतपूर्वक पढ्दा टपर बनेको कथा उनले छोरालाई सुनाउँछन्। यो फिल्ममा सुशान्तसँगै श्रद्धा कपूर, वरुण शर्माको मुख्य भूमिका थियो। यो फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका हुन्।
२. टुभेल्थ फेल

निर्देशक विधु विनोद चोपडाको फिल्म ‘टुभेल्थ फेल‘ ले हरेक ती युवाहरुका लागि प्रेरणा दिन्छ, जो गरिबीको चक्र तोड्ने प्रयासमा छन्। यो फिल्ममा एक गरिब परिवारको छोरालाे कसरी संघर्ष गर्छ अनि आईपिएस अफिस बन्छ भन्ने देखाइएको छ। यो फिल्म युवाहरुको धर्य र श्रमको एक साँचो कथा हो। फिल्ममा विक्रान्त मैसीले मुख्य भूमिका निभाएका छन्।
३. जिन्दगी न मिलेगी दोबरा

जोया अख्तरको निर्देशनमा बनेको फिल्म ‘जिन्दगी न मिलेगी दोबारा’ पनि युवाहरुको कथामा आधारित छ। यो फिल्ममा ऋतिक रोशन, अभय देओल, फरहान अख्तर, कल्की र कटरिना कैफको मुख्य भूमिका थियो। यो फिल्मले कुनै पछुतो विना जिन्दगी जिउँने सन्देश दिन्छ। यो फिल्म बक्स अफिसमा समेत सफल भएको थियो।
४. जाने तू या जाने ना

अभिनेता प्रतिक बब्बरको डेब्यू फिल्म ‘जाने तू या जाने ना’ युवामाथि केन्द्रीत फिल्म हो। यो फिल्ममा प्रतिकसँगै जेनेलिया डिसूजा र इमरान खानको मुख्य भूमिका छ। यो फिल्मको कथा मोर्डन लभ र मित्रतामा केन्द्रीत छ। यो फिल्म सन् २००८ मा रिलिज भएको थियो। फिल्मलाई दर्शकले निकै रुचाएका थिए।
५. रंग दे बसन्ती

युवामाथि केन्द्रीत अर्को फिल्म हो- ‘रंग दे बसन्ती’। यो फिल्ममा सबै युवा साथीहरुले मिलेर सत्यलाई बाहिर ल्याउन भगन सिंह र राजगुरु जस्ता क्रान्तिकारीले लिएको बाटो पक्रिन्छन्। यो फिल्ममा आमिर खान, सोहा अली खान, कुणाल कपूर र माधवन मुख्य भूमिकामा छन्। यो फिल्म सन् २००६ मा रिलिज भएको थियो।


