२०८३ कार्तिक १३ गते बिहिबार

कम बजेट बनेका साउथका ७ फिल्म, जसले बक्स अफिसमा धूम मच्चाए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ४
south_film

काठमाडौं- पछिल्ला केही वर्ष यता दक्षिण भारतीय फिल्म उद्योगले आफ्नो बजेमा लगातार बृद्धि गरिरहेको छ। हरेक वर्ष यस्तो एउटा फिल्म आउँछ, जसको बजेट अर्को फिल्मको भन्दा धेरै हुन्छ। तर, ठूला बजेटका सबै फिल्म हिट भने हुँदैनन्। केही फिल्म मात्रै बक्स अफिसमा सफल हुन्छन्।

केही यस्ता फिल्म पनि छन्, जो सानो बजेटमा बन्छन्। ती फिल्म दर्शकले औधी मन पराउँछन्। त्यस्ता फिल्मले बक्स अफिसमा धूम मच्चाउँछन्। यसको पछिल्लो उदाहरण हो बक्स अफिसमा कमाल गरिररहेको फिल्म ‘हनुमान’। यो फिल्मलाई प्रशान्त वर्माले निर्देशन गरेका हुन्। २५ देखि ३० करोडको बजेटमा बनाइएको यो फिल्मले बक्स अफिसमा दोब्बर भन्दा धेरै कमाइ गरिसकेको छ।

यी हुन् सानो बजेटमा बनेर बक्स अफिसमा कमाल गरेका ७ दक्षिण भारतीय फिल्मः

१. २०१८ः एभ्रिवन इज अ हिरो (२०२०३) 

लेखक/निर्देशकः जूड एन्थोनी जोसेफ

रन टाइमः २ घण्टा ३४ मिनेट

आईएमडीबी रेटिङः ८.४/१०

कलाकारः टोविनो थोमस, असिफ अली, कुन्चको बोमन, अर्पणा बालमुरली, विनित श्रीनिवासन

शैलीः थ्रिलर/ड्रामा

कहाँ हेर्नेः सोनी लिभमा

सन् २०१८ मा केरलमा आएको भयानाक बाढीमा आधारित फिल्म ‘२०१८ः एभ्रिवन इज अ हिरो’ मा केरलका मानिसहरुले देखाएको धर्य र इच्चाशक्ति दर्शाइएको छ। करिब २६ करोडमा बनेको फिल्मले १७७ करोड कमाएको थियो। यो अहिलेसम्मकै सबैभन्दा सफल मलयालम फिल्म हो।

२. लभ टुडे (२०२२)

लेखक/निर्देशकः प्रदीप रंगनाथन

रनटाइमः २ घण्टा ३४ मिनेट

आईएमडीबी रेटिङः ८/१०

कलाकारः प्रदीप रंगनाथन, इवाना, रवीना रवी

शैलीः रोमान्स/कमेडी

कहाँ हेर्नेः नेटफ्लिक्समा

यो एक रोमान्टिक कमेडी फिल्म हो। युवा लक्षित फल्म ‘लभ टुडे’ले बक्स अफिसमा सबैलाई आश्चर्य चकित बनाइदिएको थियो। केवल ५/६ करोडको बजेटमा बनेको फिल्मले बक्स अफिसमा ५७ करोड भन्दा बढी कमाएको थियो। निर्देशक प्रदीपले फिल्मको गुणस्तरमा कुनै सम्झौता गरेका थिएनन्।

३. कान्तारा (२०२२)

लेखक/निर्देशकः ऋषभ शेट्टी

रनटाइम:  २ घण्टा ३० मिनेट

आईएमडीबी रेटिङ: ८.२/१०

कलाकार: ऋषभ शेट्टी, सप्तमी गौडा, किशोर

शैली: एक्शन/थ्रिलर

कहाँ हेर्नेः प्राइम/नेटफ्लिक्समा

‘कान्तारा’ एक यस्तो फिल्म हो, जसले धेरै कोणबाट दर्शकलाई आश्चर्यमा पार्छ। यो फिल्म केवल १६ करोडमा बनेको थियो। ऋषभ शेट्टी सिमित बजेटमा यस्तो फिल्म कसरी बनाए? फिल्मको लाइटिङ देखि लिएर कलरसम्मको काम उत्कृष्ट देखिन्छ। बजेटका कारणले मात्रै फिल्म राम्रो बन्न सक्दैन भन्ने उदाहरण हो-‘कान्तारा’। फिल्म जुनून र योजनाले सफल हुन्छ भन्ने उदाहरण पनि हो यो। ऋषभले आफ्नो जुनून र कडा मेहनतका साथ बनाएको यो फिल्मले ३९८ करोड कमाएको थियो। यो ‘केजिएफ २’पछिको सबैभन्दा ठूलो कन्नड फिल्म हो।

४. कार्तिकेय २ (२०२२)

लेखक/निर्देशकः चन्दू मोन्डेती

रनटाइम: २ घण्टा ३० मिनेट

आईएमडीबी रेटिङ: ७.९/१०

कलाकार: निखिल सिद्धार्थ, अनुपमा परमेश्वरन, अनुपम खेर

शैली: रहस्य/एक्सन

कहाँ हेर्नेः जी ५

‘कार्तिकेय’को दोस्रो भाग ‘कार्तिकेय २’ले बक्स अफिसमा धुम मच्चाएको थियो। यो फिल्म भगवान कृष्णबाट प्रभावित थियो। १५ करोडमा बनेको यो फिल्मले भारतभरमा ८६.७५ करोड र विश्वभरमा १ करोड भन्दा बढीको कलेक्सन गरेको थियो।

५. ७७७ चार्ली (२०२२)

लेखक/निर्देशकः किरणराज के

रनटाइम:  २ घण्टा ४४ मिनेट

आईएमडीबी रेटिङ: ८.८/१०

कलाकार: रक्षित शेट्टी, संगीता श्रृंगेरी, राजबी शेट्टी

शैली: एडभेन्चर/कमेडी

कहाँ हेर्नेः  जियो सिनेमामा

माया, धोका र दुःखको कथा रहेको फिल्म ‘७७७ चार्ली’ भारतीय सिनेमामा अहिलेसम्म बनेका यादगार फिल्म मध्येको एक हो। यो फिल्म २० करोडको बजेटमा बनेको थियो। यो फिल्मले बक्स अफिसमा ७१ करोडको कलेक्सन गर्‍यो।

६. किरिक पार्टी (२०१६)

लेखकः रक्षित शेट्टी र द सेवन आड्स

निर्देशकः ऋषभ शेट्टी

रनटाइमः २ घण्टा ३९ मिनेट

आईएमडीबी रेटिङ: ८.३/१०

कलाकार: रक्षित शेट्टी, रश्मिका मन्दाना, संयुक्ता हेगडे

शैली: कमेडी/रोमान्स

कहाँ हेर्नेः जियो सिनेमामा

यो फिल्मले रश्मिका मन्दानाको करियरलाई उचाईमा पुर्‍यायो। यो फिल्म केवल ४ करोडको बजेटमा बनेको थियो। फिल्मले बक्स अफिसमा ५० करोड भन्दा बढीको कमाइ गरेको थियो। यो फिल्म ऋषभ शेट्टीले निर्देशन गरेको पहिलो फिल्म हो।

७. रंगीतरंगा (२०१५)

लेखक/निर्देशकः अनुप भण्डारी

रनटाइम: २ घण्टा २९ मिनेट

आईएमडीबी रेटिङ: ८.२/१०

कलाकार: निरूप भण्डारी, राधिका नारायण, साई कुमार

शैली: मिस्ट्री/थ्रिलर

कहाँ हेर्नेः एमएक्स प्लेयर

‘रंगीतरंगा’ अनुप भण्डारीको निर्देशनमा बनेको पहिलो फिल्म हो। यो फिल्म १.५ करोड बनेको थियो। फिल्मले बक्स अफिसमा ४३ करोडको कलेक्सन गरेको थियो। यो  कन्नडको फिल्म उद्योगको क्लासिक फिल्म बनेको थियो।

-पिंकभिल्ला डकटमबाट

प्रकाशित: २०८० माघ ४ गते बिहिबार ०५:०४
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना