काठमाडौं- सञ्जय लिला भन्सालीको फिल्म ‘बैजू बावरा’ कारण रोकिएको छ। यो फिल्ममा रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म बजेट अभावका कारण रोकिएको हो। यो फिल्मको बजेट ३५० करोड थियो।
भन्सालीले रमान्टिक कमेडी फिल्म ‘इन्शाल्लाह’ सुरु गर्ने तयारी गरेका थिए। यसका लागि उनले शाहरुख खानसँग छलफल समेत गरेका थिए। तर, अहिले शाहरुखले यो फिल्ममा काम गर्न अस्विकार गरेका छन्। ‘शाहरुखले पहिले स्क्रिप्टमा दिलचस्पी देखाएका थिए। पछिल्लो पटकको भेटमा शाहरुखले भन्सालीलाई फिल्ममा काम गर्न असमर्थ रहेको बताएका छन्,’ बलिउड हंगामाले लेखेको छ, ‘शाहरुख अहिले रोमान्टिक कमेडी फिल्म खेल्ने मडमा छैनन्।’
यसअघि ‘इन्शाल्लाह’ सलमान खानले काम गर्ने तय भएको थियो। तर, फिल्म बन्न सकेको थिए। भन्साली भने अहिले एक रोमान्टिक फिल्म बनाउने योजनामा छन्। फिल्मको कास्टिङको काम चलिरहेको र उनले बलिउडका शीर्ष अभिनेतासँग कुरा गरिरहेका छन्।


